दुई लघुवित्तसहित ५ कम्पनीको सेयर मूल्य समायोजन, कसको मूल्य कति ?
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा ५ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । एकैदिन दुई लघुवित्त वित्तीय संस्थासहित ५ कम्पनीको सेयर मूल्य समायोजन भएको हो । मूल्य समायोजन हुनेमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था, समीट लघुवित्त वित्तीय संस्था, मञ्जुश्री फाइनान्स, चिलिमे हाइड्रोपावर कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट रहेका छन् । जसमध्ये इन्फिनिटी लघुवित्तको २७.७० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको छ । मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १३०७.७५ रुपैयाँ कायम भएको छ । नेप्सेले समीट लघुवित्तको २५.२८५३ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन गरेको हो । यससँगै संस्थाको समायोजित मूल्य प्रतिकित्ता ११६५.३४ रुपैयाँ तोकिएको छ । त्यसैगरी, मञ्जुश्री फाइनान्सको ४० प्रतिशत बोनसको लागि मूल्य समायोजन भएको छ । यससँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ६७०.७१ रुपैयाँ कायम भएको छ । जुन पछिल्लो कारोबारको तुलनामा २६८.२९ रुपैयाँले घटी हो । बुधबारको बजारमा कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ९३९ रुपैयाँमा भएको थियो । चिलिमे हाइड्रोपावर कम्पनीको ७.५० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ४६७.८१ रुपैयाँ कायम भएको छ । बुधबारको सेयर बजारमा कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ५०२.९० रुपैयाँमा भएको थियो । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ५ प्रतिशत बोनसको लागि मूल्य समायोजन भएको हो । प्रतिकित्ता ५३७ रुपैयाँलाई आधार मानेर गरिएको समायोजित मूल्य प्रतिकित्ता ५११.४३ रुपैयाँ कायम भएको छ । यससँगै, अबको कारोबारमा यी ५ वटै कम्पनीको पहिलो सेयर कारोबार समायोजित मूल्यलाई नै आधार मानेर हुने छ । र, पुस १४ गतेसम्म यी कम्पनीको सेयर किन्नेले प्रस्तावित उक्त लाभांश पाउने छन् ।
सूर्या लाइफ इन्स्योरेन्स बन्यो बीमा समितिको निर्देशन मान्ने पहिलो जीवन बीमा कम्पनी
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी नियमनकारी नियका बीमा समितिको निर्देशन पालना गर्ने पहिलो जीवन बीमा कम्पनी बनेको छ । कम्पनीले सेवामा उत्कृष्टता कायम गर्ने प्रतिबद्धताका साथ साईन बोर्डमा बीमा समितिको “बीमा समितिबाट इजाजतप्राप्त” भन्ने वाक्यांश राख्न दिएको निर्देशन पालन गर्ने पहिलो जीवन बीमा कम्पनी बनेको हो । इन्स्योरेन्स नेपालको जीवन बीमा ब्यवसायमा मौलिक पहिचान तथा नयाँ उचाईमा पुग्ने लक्ष्यका साथ अगाडी बढिरहेको छ । बीमा समितिको मंसिर २ को पत्रबाट प्रत्येक बीमकले आफ्नो केन्द्रीयरप्रदेशिक कार्यालय लगायत सम्पूर्ण शाखा उपशाखाहरुमा साइन बोर्डमा २०७८ मंसिर मसान्तभित्र अनिवार्यरुपमा “बीमा समितिबाट इजाजतप्राप्त” भन्ने वाक्यांश राख्न निर्देशन दिएको थियो । र, सोही निर्देशन बमोजिम निर्धारित अवधि भित्रै सूर्या लाइफ इन्स्योरेन्सले आफ्नो कर्पोरेट कार्यालयको साथै सबै शाखा कार्यालयहरुमा निर्देशन बमोजिम “बीमा समितिबाट इजाजतप्राप्त” भन्ने वाक्यांश सहितको नाम पेटिका राखेको छ ।
‘बीमा समितिले भ्रम फैलायो, अब कडा रुपमा उत्रिन्छौं’
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (ईप्पान) ले पुनर्बीमा निर्देशिका, २०७८ मा बीमाको दररेट र शर्तहरु संशोधन सम्बन्धमा संशोधन गरिएको भनी जानकारी गराइएको संशोधित व्यवस्थाप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन् । बुधबार संयुक्त विज्ञप्ति निकाल्दै महासंघ र ईप्पानले पुष ९ को ज्ञापन-पत्र मार्फत उठाएका मागहरुका बारेमा बीमा समितिको पुष १३ को पत्रमा कुनै पनि संशोधन नगरी भ्रम सृजना गर्ने कार्य मात्र भएको ठहर गरेका हुन् । ‘हाम्रो तर्फबाट ज्ञापन-पत्रमा उल्लेख गरिएको माग सम्बोधन भएको भनी बीमा समितिबाट भ्रम फैलाएको प्रति समेत हामी कडा रुपमा खेद प्रकट गर्दै घोर भत्र्सना गर्दछौं । ’ महासंघका अध्यक्ष रवि सिंह र ईप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा उल्लेख छ । दुई संस्थाले संयुक्त निर्धारण गरिएका संघर्षका कार्यक्रमहरु समेत यथावत रुपमा हुने विज्ञप्तिमा जनाइएको छ । बीमा समितिले बीमाको दररेट संशोधन गरेको भनिए पनि निर्माण आयोजनाहरूको सम्झौता गर्दाको समयमा बीमा गर्दा बीमा कम्पनीहरूले अत्याधिक रुपमा वृद्धि गरेको बीमा शुल्क यथावत् नै रहेको विज्ञप्तिमा उल्लेख छ । खरिद सम्झौता गर्दा बीमा गर्नुपर्ने प्रावधान बमोजिम साबिकमा बीमाको प्रिमियम शुल्क खुल्ला बजार नीति अनुसार बीमा कम्पनीहरूले प्रतिस्पर्धा गर्दै आएकोमा हाल बीमा समितिको समेत संलग्नतामा बीमा कम्पनीहरूले कार्टेलिङ गरी विगतको दररेट भन्दा ५ देखि ८ गुणा वृद्धि गरी बढी शुल्क तिर्न बाध्य पारिएको निर्देशिकाको प्रावधानमा संशोधन नभएको महासंघ र ईप्पानको निचोड छ । यसबाट निर्माण लागत बढ्न गई ठूलो आर्थिकभार पर्ने तथ्यलाई बीमा समितिद्वारा अनदेखा गरिएको र बीमा समितिले बीमा शुल्कको लागि न्युनतम तोकेको दररेटलाई खारेज गरी स्वच्छ प्रतिस्पर्धा हुने गरी अधिकतम दररेट कायम गरी बीमाशुल्क लिने मापदण्ड कायम गर्नका लागि महासंघ र ईप्पानबाट विभिन्न मितिमा पत्राचार गरी भएको पहलकदमीलाई बेवास्ता गरिएको विज्ञप्तिमा जनाइएको छ । यसैगरी एक्सेस् भ्यालु पनि अव्यवहारिक र बिमितलाई मात्र मर्का पर्ने गरी अधिकांश बीमा दावी भुक्तानी नै गर्न नपर्ने गरी तोकिएको र पुष १३ को संशोधनमा पनि केही औपचारिकतामात्र पुरा गरी भ्रम फैलाउने काम भएको भन्दै दुबै संस्थाले खेद व्यक्त गरेका छन् । न्यूनतम एक्सेस भ्यालु खुल्ला राखी अधिकतम एक्सेस भ्यालु मात्र तोकी खुल्ला बजार नीतिअनुरुप संशोधन गरी बीमा कम्पनीहरुलाई पुनःनिर्देशन जारी गर्न विज्ञप्तिमा मार्फत् जोडदार माग गरिएको छ । जायज मागहरू यही पुष १७ सम्म सम्बोधन नभएमा सशक्त आन्दोलनमा जान बाध्य हुने चेतावनी महासंघ र ईप्पानले दिएका छन् । यो पनि पढ्नुहोस् बीमा कम्पनीहरु भन्छन्ः कम ट्यारिफमा बीमा गराउन सकिँदैन बीमाको दर वृद्धि र नयाँ सर्तहरू सम्बन्धी निर्देशिका खारेज गर्न माग