स्वावलम्बन लघुवित्तले २५ प्रतिशत लाभांश दिने

<p>काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को २० औं वार्षिक साधारण सभा विहीवार काठमाडौंमा सम्पन्न भयो । संचालक समितिका अध्यक्ष राम कुमार श्रेष्ठको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई १९ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ मा ६८ करोड ६२ लाख [&hellip;]</p>

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को २० औं वार्षिक साधारण सभा विहीवार काठमाडौंमा सम्पन्न भयो । संचालक समितिका अध्यक्ष राम कुमार श्रेष्ठको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई १९ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ मा ६८ करोड ६२ लाख ५१ हजार ५ सय ७१ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । साधारण सभाले आ.व. २०७७/७८ को वासलात, नाफा/नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको हो ।

संस्थाको अधिकृत पूँजी १ अर्ब १५ करोड रुपैयाँ तथा चुक्ता पूँजी १ अर्ब १२ करोड २१ लाख ७० हजार कायम गर्ने निर्णय साधारण सभाले पारित गरेको छ ।

चालु आवको मंसिर मसान्तसम्म ६१ जिल्लाका १४५ शाखा÷उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालयबाट २ लाख ५४ हजार बढी महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । सो अवधिमा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जा रकम १९ अर्व ४९ करोड पुगेको छ ।

वित्तीय संस्थाको आन्तरिक पूँजी निर्माणमा सहयोग पुग्ने सदस्यको बचत यस अवधिसम्ममा ११ अर्व ३ करोड ६३ लाख ४५ हजार पुगेको जनाईएकोे छ ।

Share News