सिभिल र रिलायन्स फाइनान्सको सेयर मूल्य समायोजन
काठमाडौं । मंगलबार दुई संस्थाको सेयर मूल्य समायोजन भएको छ । पुस २० गते एकैदिन सिभिल बैंक र रिलायन्स फाइनान्सको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये सिभिल बैंकको ५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । यससँगै बैंकको समायोजित मूल्य प्रतिकित्ता २४५.७१ रुपैयाँ कायम भएको छ । त्यस्तै, रिलायन्स फाइनान्सको पनि १५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । यसअघि अन्तिम कारोबार प्रतिकित्ता ५२० रुपैयाँमा भएको संस्थाको समायोजित मूल्य प्रतिकित्ता ४५२.१७ रुपैयाँ कायम भएको छ । यससँगै पुस १९ गतेसम्म यी दुई कम्पनीको सेयर किन्ने तथा होल्ड गर्नेले गत वर्षको प्रस्तावित लाभांश पाउने छन् ।
अरुण भ्याली हाइड्रोको बोनस सेयर सूचीकृत
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको १० प्रतिशत बोनस सेयर पुस २० गते नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । यससँगै दोश्रो बजारमा कम्पनीको १५ लाख ७२ हजार ३५९ कित्ता बोनस सेयर थपिएको छ ।
सूर्या लाइफ इन्स्योरेन्सको १३ प्रतिशत लाभांश पारित, सञ्चालकमा ६ जना निर्विरोध
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको प्रस्तावित लाभांश पारित भएको छ । पुस १९ गते सम्पन्न इन्स्योरेन्सको तेह्रौं वार्षिक साधारणसभाले प्रस्तावित १३.३६८४ प्रतिशत लाभांश पारित गरेको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १२.७० प्रतिशत बोनस शेयर तथा ०.६६८४ प्रतिशत नगद लाभांश पाउने भएका छन् । १२.७० प्रतिशत बोनस सेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूजी वृद्धि भई २ अर्ब ५५ करोड रुपैयाँ कायम हुनेछ । सभाले संचालक समितिमा संस्थापक सेयरधनी समुह “क” बाट प्रतिनिधित्व गर्ने ४ जना संचालक र सर्वसाधारण शेयरधनी समूह “ख” बाट प्रतिनिधित्व गर्ने २ जना संचालकहरुको निर्वाचित गरेको छ । संस्थापक सेयरधनी समुह “क” बाट केशवप्रसाद भट्टराई, हेमन्त नाहटा, विशाल अग्रवाल तथा विवेक झा निर्वाचित भएका छन् भने सर्वसाधारण सेयरधनी समूह “ख” बाट कृति टिवडेवाल तथा बीरेन्द्र बाबु श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । कम्पनीले चालु आर्थिक वर्षको मंसिरसम्ममा १ लाख २२ हजार ९७० बीमालेखबाट २ अर्ब एक करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । साथै, इन्स्योरेन्सले सो अवधिमा २९ करोड १८ लाख रुपैयाँ बराबरको कुल दावी भुक्तानी गरेको छ । कम्पनीको सभा विराटनगर स्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको छ । साभारणसभाको अध्यक्षता कम्पनीका संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेका थिए ।