बरुण हाइड्रोले पनि स्थगित गर्यो वार्षिक साधारण सभा

<p>काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले आफ्नो १८औं वार्षिक साधारण सभा स्थगित गरेको छ । पुस २९ गते हुने भनिएको उक्त सभा गणपुरक संख्या नपुगे पछि स्थगित भएको हो । कम्पनीले पुस २९ गते बिहान ९ बजे काठमाडौंको अनामनगरस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बोलाएको थियो । जहाँ कम्पनी ऐन २०६३, को दफा ७३ (२) बमोजिम गणपुरक संख्या [&hellip;]</p>

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले आफ्नो १८औं वार्षिक साधारण सभा स्थगित गरेको छ । पुस २९ गते हुने भनिएको उक्त सभा गणपुरक संख्या नपुगे पछि स्थगित भएको हो ।

कम्पनीले पुस २९ गते बिहान ९ बजे काठमाडौंको अनामनगरस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बोलाएको थियो । जहाँ कम्पनी ऐन २०६३, को दफा ७३ (२) बमोजिम गणपुरक संख्या नपुगेको भन्दै सभा हुन नसकेको कम्पनीले जनाएको छ ।

यससँगै कम्पनीले अर्को सभा कम्तीमा ७ दिन अगावै जानकारी गराउने गरी सूचना जारी गर्ने छ ।

Share News