स्वावलम्बन लघुवित्तको कामु सीइओमा गोविन्द चापागाईं

काठमाडौं । स्वावलम्बन लघुवित्तको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द चापागाईं नियुक्त भएका छन् । संस्थाको सीइओ उदय राज खतिवडाको राजीनामा स्वीकृत भएसँगैं अर्को निर्णय नभएसम्मको लागि चापागाईंलाई कामु सीइओ नियुक्त भएका हुन् । खतिवडाको राजिनामा सोमबार स्वीकृत भएको हो ।  

सानिमा बैंकले भुक्तानी गर्यो १० लाख रुपैयाँको दुर्घटना बीमा

काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत दिर्घायु तलब बचत खातावालाको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ । धनगढी शाखाका खातावाला गणेश प्रसाद ओझाको दुर्घटनाका कारण मुत्यु भएकोले बैंकले उनको हकवाला श्रीमती कमली पन्त ओझालाई १० लाख दुर्घटना बीमा रकम दिएको हो । मृतककी श्रीमती कमली पन्त ओझालाई सानिमा बैंकका तर्फबाट सुदूरपश्चिम प्रदेश प्रमुख मेघराज खड्का र बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख घनश्याम जोशीले संयुक्त रुपमा उक्त बीमाको रकम हस्तान्तरण गरेका हुन् । सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, ३ लाख रुपैयाँसम्मको ६ जटिल रोगको उपचार बीमा, ५० हजार रुपैयाँसम्मको औषधी उपचार बीमा, १० हजार रुपैयाँ बराबरको ओपिडि सेवा र ५ हजार रुपैयाँसम्मको स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।

नेष्ठो समृद्ध लघुवित्तको आईपीओमा आवेदन दिने म्याद सकियो, कतिले भरे ?

काठमाडौं । नेष्ठो समृद्ध लघुवित्त वित्तीय संस्थाले जारी गरिरहेको आईपीओमा आवेदन दिने म्याद सकिएको छ । गत फागुन ११ गतेदेखि आवेदन खुला गरिएको उक्त कम्पनीको आईपीओ बिक्री फागुन १५ गते बन्द भएको हो । उक्त आईपीओमा करिब साढे २५ लाख जना सर्वसाधारणले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार अन्तिम दिन साझसम्ममा कूल २५ लाख ४८ हजार ३२५ जनाले २ अर्ब ९१ करोड ४३ लाख रुपैयाँ बराबरको आवेदन दिएका हुन् । उनीहरुले कूल २ करोड ९१ लाख ४३ हजार ३०० कित्ता सेयर माग गरेका छन् । जुन कम्पनीले माग गरेको तुलनामा ३७.६२ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा ७ लाख ७४ हजार ५६३ कित्ता सेयर माग गरेको थियो ।