प्रभु क्यापिटल जाल्पा लघुवित्तको सेयर रजिष्ट्रारमा नियुक्त

<p>काठमाडौं । प्रभु क्यापिटल जाल्पा लघुवित्त वित्तिय संस्थाको सेयर रजिष्ट्रारमा नियुक्त भएको छ । सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि जाल्पा लघुवित्त वित्तिय संस्था र प्रभु क्यापिटल लिमिटेडबीच फागुन १३ गते सम्झौता भएको हो । सम्झौतामा जाल्पा लघुवित्त वित्तिय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिमला योगी र प्रभु क्यापिटलको तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर [&hellip;]</p>

काठमाडौं । प्रभु क्यापिटल जाल्पा लघुवित्त वित्तिय संस्थाको सेयर रजिष्ट्रारमा नियुक्त भएको छ । सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि जाल्पा लघुवित्त वित्तिय संस्था र प्रभु क्यापिटल लिमिटेडबीच फागुन १३ गते सम्झौता भएको हो ।

सम्झौतामा जाल्पा लघुवित्त वित्तिय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिमला योगी र प्रभु क्यापिटलको तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

सेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले जाल्पा लघुवित्त वित्तिय संस्थको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।

Share News