सेलपेका ग्राहकलाई हरेक सेवामा क्यासब्याक, हवाई टिकट काट्दा १२ सयसम्म फिर्ता पाइने
काठमाडौं । सेलपे सेवाले दशैंको अवसरमा आफ्ना ग्राहकहरुका लागि आकर्षक अफर लिएर आएको छ । यस योजना अन्तर्गत हवाई सेवामा १२ सयसम्मको क्यासब्याक, बस टिकटमा १० प्रतिशत क्यासब्याक, सुबिसु र भायनेटको इन्टरनेट बिल तिर्दा ५ प्रतिशत क्यासब्याक र साथसाथै रिचार्ज गर्दा ६ प्रतिशत क्यासब्याक पाइनेछ । कम्पनीको अनुसार यो योजना असोज १ गतेदेखि असोज ३१ गतेसम्म लागु हुनेछ । सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, सेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी गर्न सकिन्छ । साथै, यसबाट फोनपे नेटवर्कका करिब ५० हजार मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पिटुपी, पिठुबी, बिटुपी, बिटुबी आदि वास्तविक समयमा गर्न सकिन्छ ।
तनहुँमा पशुपन्छी बीमामा किसानलाई अनुदान
तनहुँ । भेटेरिनरी अस्पतालत तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले आर्थिक वर्ष ०७९/०८० मा पशुधन सुरक्षाअन्तर्गत पशुपन्छी बीमा कार्यक्रमलाई प्रोत्साहन दिएको छ । कार्यालयले एक लाख ३५ हजार रुपैयाँ छ सय ६४ पशुपन्छीको २० प्रतिशत प्रिमियमका दरले ४५ लाख ४८ हजार रुपैयाँ अनुदान दिएको हो । जिल्लामा कुखुरा एक लाख २८ हजार आठ सय २२ रुपैयाँ, गाई एक हजार छ सय ९७, भैँसी एक हजार दुई सय ६२, बाख्रा दुई हजार चार सय ६८ र बङ्गुर एक हजार चार सय १४ रहेका छन् । तनहुँमा ५२ हजार छ सय १५ परिवार पशुपालनमा संलग्न हुँदै आएको कार्यालयका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । केन्द्रले पशुपन्छी पालन किसानका लागि बीमाङ्क ४५ करोड ४८ लाख रुपैयाँ बराबरको बीमा गरिदिएको छ । ‘पशुपालन किसानमा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न बीमा कार्यक्रमलाई प्रोत्साहन गरिएको हो’, उनले भने, ‘बीमाका साथसाथै अनुदानका कार्यक्रम पनि ल्याइएको छ ।’ त्यसैगरी, जिल्लाका १११ वटा दुग्ध सहकारीमार्फत अनुदानमा आधारित कार्यक्रमअन्तर्गत ४१ लाख ४१ हजार तीन सय ६५ रुपैयाँ अनुदान वितरण गरेको छ । कार्यालयका अनुसार दुई लाख ३४ हजार छ सय ३६ लिटर दूध उत्पादनमा किसानलाई वितरण गरिएको हो । व्यासमा छ, शुक्लागण्डकीमा दुई बन्दीपुर, भानुमा र म्याग्देमा एक/एक वटा सहकारीमार्फत उक्त अनुदान रकम प्रदान गरेको हो । कार्यालयले किसानलाई पाडी बाच्छी हुर्काउन प्रोत्साहन कार्यक्रम ल्याएको छ । प्रतिपाडी बाच्छीका लागि दश हजार रुपैयाँका दरले अनुदान वितरण गरिएको कार्यालयले जनाएको छ । रासस
आइएमई पे मार्फत हिमाल डेन्टलमा भुक्तानी गर्दा १५ प्रतिशत छुट
काठमाडौं । आइएमई पे र चाबहिलस्थित हिमाल डेन्टल होस्पिटलबीच साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पेका प्रयोगकर्ताहरुले हिमाल डेन्टल होस्पिटलमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट पाउनेछन् । हालको लागि यो सम्झौता १ वर्षको लागि लागु हुने कम्पनीले बताएको छ । यस्तै आइएमई पेका प्रयोगकर्ताहरुले आइएमई पेको ४६ दिने ‘डिजिटल दशैँ तिहार २०७९’ क्याम्पेन भरी आइएमई पेमा कुनै पनि कारोवार गरेको आर्थिक विवरण हिमाल डेन्टलमा देखाएमा निःशुल्क ओपिडि चेक–अप सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।