काठमाडौं । नेरुडे लघुवित्तले वित्तीय साक्षरता तथा पङ्खा वितरण कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तले सुनसरीको देवानगंज गाउँपालिका ५ साहेवगंजमा रहेको अमरसिंह माध्यमिक विद्यालयका विद्यार्थी तथा सरोकारवालाहरुसँग वित्तीय साक्षरता तथा पङ्खा वितरण कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा नेरुडेका संचालक समिति सदस्य मणिकुमार अज्र्यालले विद्यालय प्रधानाध्यापक इन्द्रदेव गुप्ता मार्फत विद्यालयलाई १० थान सिलिङ्ग पङ्खा हस्तान्तरण गरेका थिए । विगतका दिनहरुमा नेरुडेले सोही क्षेत्रका नागरिकहरुसँग घर–घरमा गएर सचेतना मूलक कार्यक्रम तथा लघुवित्तीय कार्यक्रम सूरु गरेको अज्र्यालले बताए ।
नेरुडेका नायव महाप्रबन्धक भागनारायण साहूले संस्थागत परिचयका साथै सामाजिक कार्यमा नेरुडेले खेलेको भूमिका तथा भावि कार्य योजनाका विषयमा चर्चा गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि देवानगंज गाउँपलिका ५ का वडा अध्यक्ष मनोज कुमार मण्डल रहेका थिए । कार्यक्रममा नेरुडेका सुमन थापाले वित्तीय साक्षरता सम्बन्धी कर्जा, बचत, रेमिट्यान्स, लघुउद्यम, बीमा र पारिवारिक बजेट सम्बन्धमा सहजिकरण गरेका थिए ।
वडा अध्यक्ष मण्डलले नेरुडेले सामाजिक क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै प्रगतिको कामना गरेका थिए । यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान प्राप्त भएको र आउँदा दिनहरुमा नेरुडेसँग सहकार्य गरी कार्य गर्ने प्राध्यानाध्यापक इनद्रदेव गुप्ताले बताए । कार्यक्रममा नेरुडे र अमरसिंह माविबीच वित्तीय साक्षरता, उद्यम विकास, वातावरण संरक्षण लगायतका कार्यहरु सम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्ने ७ बुँदे समझदारी समेत भएको छ ।