काठमाडौं । सेलपे सेवाले दशैंको अवसरमा आफ्ना ग्राहकहरुका लागि आकर्षक अफर लिएर आएको छ ।
यस योजना अन्तर्गत हवाई सेवामा १२ सयसम्मको क्यासब्याक, बस टिकटमा १० प्रतिशत क्यासब्याक, सुबिसु र भायनेटको इन्टरनेट बिल तिर्दा ५ प्रतिशत क्यासब्याक र साथसाथै रिचार्ज गर्दा ६ प्रतिशत क्यासब्याक पाइनेछ ।
कम्पनीको अनुसार यो योजना असोज १ गतेदेखि असोज ३१ गतेसम्म लागु हुनेछ ।
सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, सेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी गर्न सकिन्छ ।
साथै, यसबाट फोनपे नेटवर्कका करिब ५० हजार मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पिटुपी, पिठुबी, बिटुपी, बिटुबी आदि वास्तविक समयमा गर्न सकिन्छ ।