आइएमई जनरल इन्स्योरेन्स र इसान चिल्ड्रेन अस्पतालबीच नगदरहित सम्झौता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र इसान चिल्ड्रेन एण्ड वेमेन्स हस्पिटल प्रा. लि. बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरलका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र इसान चिल्ड्रेनका हस्पिटल डाइरेक्टर रामनन्दन प्रसाद चौधरीले हस्ताक्षर गरेका हुन् । यो सम्झौता पश्चात आइएमई जनरलबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकको बीमालेखको सीमासम्म इसान चिल्ड्रेन हस्पिटलबाट नगद रहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सकिने छ । कार्यक्रममा आइएमई जनरलका नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले अस्पतालले आफना ग्राहकलाई आइएमई जनरल इन्स्योरेन्ससँग आइजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राखे । साथै, अस्पताल र अस्पतालसँग आवद्ध सदस्यलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्सबाट प्राप्त गर्न सक्ने हुनाले ढुक्क भएर सेवा लिन उनले आग्रह समेत गरे ।
आइएमईको दोस्रो हप्ताको दैनिक र साप्ताहिक विजेता सार्वजनिक
काठमाडौं । चाडपर्वको अवसरमा आइएमईले संचालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी दशैं अफर अन्तर्गत दोस्रो हप्ताका विजेता सार्वजनिक गरेको छ । बिहीबार काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत कम्पनीले विजेता सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको नतिजा अनुसार अस्तबहादुर महर्जन र कृष्णबहादुर बस्नेत साप्ताहिक विजेता छनोट भएका छन् । उनीहरुले उपहार स्वरुप २५ हजार प्राप्त गर्नेछन् । त्यस्तै, सेवाग्राहीहरू ममता गुरुङ, कमला बुढाथोकी, सरिता लामा, रामसुन्दर कुशुवाहा महतो, लक्ष्मी जीसी, आयुष तमाङ्ग र बिदुर तमाङ्ग मोक्तान दैनिक विजेता छनोट भएका छन् । उनीहरू प्रत्येकले एकरएक सामसुङ् मोबाइल सेट उपहार स्वरूप प्राप्त गर्नेछन् ।
नेपाल लाइफ इन्स्योरेन्सले बढायो लाभांशदर, सेयरधनीलाई नगद मात्रै
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १५.७८९५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सो मात्राको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमा ०.७८९५ प्रतिशत भने कर प्रयोजनको लागि हुने समेत कम्पनीले खुलाएको छ । कूल लाभांशदर अघिल्लो वर्षको तुलनामा भने बढी हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट बोनस र नगद गरी कूल १४.७३६८ प्रतिशत लाभांश वितरण गरेको थियो । विगतका वर्षमा नगदभन्दा बोनस सेयरमा फोकस भएको कम्पनी यो पटक भने नगदमा मात्रै केन्द्रित भएको देखिन्छ । कम्पनीको यो प्रस्तावलाई नियामक निकाय बीमा समितिले स्वीकृति दिनुपर्ने छ । र, कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्रै सेयरधनीमा वितरण हुने छ ।