९३ अर्ब भुक्तानी, साढे ४९ अर्ब बाँकी

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) सम्म बीमा कम्पनीहरुले करिब ९३ अर्ब रुपैयाँको दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिविम्बअनुसार सञ्चालनमा रहेका बीमा कम्पनीहरुले ११ महिनामा कुल ९२ अर्ब ९७ करोड ८६ लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन् । अघिल्लो आवको तुलनामा चालु आवमा कम्पनीहरुले भुक्तानी गर्ने दाबी रकम २७.३७ प्रतिशतले बढेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीहरुले ७२ अर्ब ९४ करोड २१ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए । चालु आवको जेठ मसान्तसमममा जीवन बीमा कम्पनीहरुबाट २ लाख ६५ हजार २०४ वटा दाबीको ६६ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ । अघिल्लो आवको यही अवधिसम्म जीवन बीमकहरुले २ लाख ३८ हजार ६०८ वटा दाबीको ५२ अर्ब ६४ करोड १८ लाख रुपैयाँ भुक्तानी गरेका थिए । अघिल्लो अवाको तुलनामा समीक्षा अवधिमा जीवन बीमकहरुको दाबी भुक्तानी संख्या ११.१५ प्रतिशत र रकम २६.१७ प्रतिशतले घटेको छ । त्यस्तै चालु आवको जेठ मसान्तसम्ममा निर्जीवन बीमकहरुले १ लाख ४० हजार ३५१ वटा दाबीको २६ अर्ब ५६ करोड १९ लाख रुपैयाँ भुक्तानी गरेका छन् । अघिल्लो आवको यही अवधिमा निर्जीवन बीमकहरुले १ लाख २७ हजार २८२ वटा दाबीको २० अर्ब ३० करोड ३ लाख रुपैयाँ भुक्तानी गरेका थिए । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा निर्जीवन बीमकहरुको दाबी संख्या र रकम क्रमशः १०.२७ प्रतिशत र ३०.८४ प्रतिशतले बढेको छ । चालु आवको जेठ मसान्तसम्ममा जीवन र निर्जीवन बीमकहरुले अझै ४९ अर्ब ४४ करोड १६ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको देखिएको छ । ११ महिनाको अवधिमा जीवन बीमकहरुले मात्रै ६० हजार ९५४ वटा दाबीको ५ अर्ब ५४ करोड ७१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । जुन गत आवको यही अवधिको तुलनामा दाबी संख्या र रकम क्रमशः १२ प्रतिशत र २१ .१२ प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा जीवन बीमकहरुले ५४ हजार ४२२ संख्याको ४ अर्ब ५७ करोड ९७ लाख रुपैयाँ बाँकी थयो ।  चालु आवको जेठसम्ममा निर्जीवन बीमकहरुले १ लाख १७ हजार १८२ वटा दाबीको ४३ अर्ब ८९ करोड ४४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । जुन गत आवको तुलनामा संख्या र रकम क्रमशः ९.७७ र ४४.१० प्रतिशतले बढी हो । गत आवको यही अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १ लाख ६ हजार ७५७ दाबी संख्याको ३० अर्ब ४६ करोड १६ लाख रुपैयाँ भुक्तानी हुन बाँकी थियो । 

११ महिनामा १२ अर्ब ५९ करोड पोलिसी सरेण्डर

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन–जेठ) सम्ममा ८३ हजार ४४२ वटा बीमालेख सरेण्डर अर्थात समर्पण भएका छन् । जसअन्तर्गत १२ अर्ब ५९ करोड २६ लाख रुपैयाँ सरेण्डर रकम रहेको छ ।  ११ महिनामा भएको पोलिसी सरेण्डर रकम गत आवको सोही अवधिको तुलनामा ७.०१ प्रतिशतले घटेको छ । गता आवको यही अवधिमा ९८ हजार ४१ बीमालेखको १३ अर्ब ५४ करोड १५ लाख रुपैयाँ पोलिसी सरेण्डर भएको थियो ।  ११ महिनामा बीमितले तोकिएको समयमा पोलिसी नविकरण र किस्ता नतिर्ने बीमितको संख्या भने बढेको छ । प्राधिकरणको तथ्यांकअनुसार चालु आवको ११ महिनामा १० लाख २७ हजार ९६३ बीमालेख व्यतित भएका छन् । उक्त संख्याको बीमालेख व्यतित हुँदा ३८ अर्ब ३७ करोड ६० लाख रुपैयाँ बीमा कम्पनीलाई घाटा भएको छ । गत आवको यही अवधिमा १२ लाख ४३ हजार ७६९ बीमालेख व्यतित हुँदा ३६ अर्ब ५१ करोड ४७ लाख रुपैयाँ कम्पनीलाई घाटा भएको थियो ।   

बीमा प्राधिकरणमा ५६८ वटा मुद्दा दर्ता, २२८ फछ्र्यौट

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्ममा नेपाल बीमा प्राधिकरणमा १७४ वटा उजरी दर्ता भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनि गरेको बीमा प्रतिबीम्बअनुसार समीक्षा अवधिमा केन्द्रिय कार्यालयमा १२५ वटा र प्रदेश कार्यालयमा ४९ वटा मुद्दा परेका हुन् । जसमा गत आर्थिक वर्षका बाँकी रहेका ३९४ वटासहित कुल ५६८ वटा मुद्दा रहेका छन् । जेठ मसान्तसम्मको अवधिमा १७० वटा मुद्दमा फैसला सुनाएको छ भने ५८ वटा मुद्धामा सहमति गराएको छ । यसरी फैसला र सहमति गरी कुल २२८ मुद्धा फछ्र्यौट भएका छन् । गत वर्षको तुलनामा प्राधिकरणको उजुरी फछर्यौटमा सुधार देखिएको छ । प्राधिकरणले गत आवको सोही अवधिमा ८५ वटा फैसला र ४६ वटा सहमति गरी कुल १३१ वटा उजुरी फछ्र्यौट गरेको थियो । चालु आर्थिक वर्षको जेठसम्ममा कुल ३४० वटा उजुरीहरु फछर्यौट हुन बाँकी रहेको छ । गत आवको यही अवधिमा ३९४ वटा उजरी फछ्र्योट हुन बाँकी थियो ।