काठमाडौं । प्रतिकूल मौसमका कारण सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले आयोजना गर्न लागेको गल्फ प्रतियोगिताको मिति परिवर्तन गरिएको छ ।
कम्पनीले अक्टोबर ३१ (शनिबार) गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना गर्ने तय भएको ‘सलिको गल्फ प्रतियोगिता २०२६’ स्थगित गरेको हो ।
कम्पनीका अनुसार अब उक्त प्रतियोगिता नोभेम्बर १४ (शनिबार) मा सोही स्थान अर्थात् गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुनेछ ।
हालै देशमा देखिएको प्रतिकूल मौसमका कारण प्रतियोगिताको मिति परिवर्तन गर्नुपरेको कम्पनीले जनाएको छ ।
मिति परिवर्तनबाट सहभागी तथा सम्बन्धित सबैमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमायाचना गरेको छ । साथै, प्रतियोगिताप्रति देखाइएको उत्साह, चासो र सहयोगका लागि आभार व्यक्त गर्दै नयाँ मितिमा पनि सक्रिय सहभागिताको अपेक्षा गरेको छ ।