काठमाडाैं । सनराईज बैंककाे चैनपुर शाखाले प्रतिक्षालय निर्माण गरेका छ । बैंकले साे शाखाले सामाजिक उत्तरदायित्त्व कार्यक्रम अन्तर्गत जयपृथ्वी नगरपालिकास्थित श्री बाल विकास माद्यामिक विद्यालयमा प्रतिक्षालय निर्माण गरेकाे हाे ।
बुधबार एक कार्यक्रम गरी बैंकले विद्यालयका प्रधानध्यापक केशबहादुर खातिलाई प्रतिक्षालय हस्तान्तरण गरेकाे छ । विद्यालय प्राङ्गणमा प्रतिक्षालाय निर्माण गरिदिएको भन्दै विद्यार्थी र शिक्षकले बैंकलाई धन्यवाद पनि दिए ।
शिक्षक अभिभावक संघका अध्यक्ष पुर्ण नेपालीको सभाध्यक्षमा संचालन भएको कार्यक्रमका प्रमुख अथिती जयपृथिवी नपा ४ का वार्ड अध्यक्ष इश्वर बहादुर खाती र अथिती बैकका साखा प्रबन्धक नवराज मिश्र रहेका थिए । 
साथै कार्यक्रममा बैंकका अपरेसन इन्चार्ज नवराज रोकाया, कर्जा फाँटका लक्षमण सिह , मेसेन्जर कासिराम कोइराला लगायत नगरपालिकाका जनप्रतिनिधिहरु र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
बैंकहरुले नाफाकाे एक प्रतिशत सामाजिक उत्तरदायीत्त्व कार्यक्रम अन्तर्गत खर्च गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काम गर्दै आएका छन् ।