कामना सेवा विकास बैंकको २१ औं शाखारहित बैंकिङ्ग सेवा सलकपुरमा
काठमाडौं । कामना सेवा विकास बैंकले इलाम जिल्लाको सलकपुरमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बिहीबारबाट उक्त स्थानमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । उक्त शाखा रहित बैंकिङ्ग सेवाको सुरुवात वडा नं। ०६ का वडा सदस्य धिरज राईले गरेका थिए । बैंकले सलकपुरस्थित अधिकारी एग्रो बनानाज फुड जोन ९प्रो। याम प्रसाद अधिकारी० लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ । शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने बैंकले जनाएको छ ।
गभर्नरविरुद्ध अख्तियारमा उजुरी
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन वाइसिएल नेपालले आफ्नो शैक्षिक योग्यता ढाँटेर नेपाल राष्ट्र बैंकको गर्भनरमा नियुक्त भई भ्रष्टाचारजन्य कसुर गरेको अभियोगमा महाप्रसाद अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ । वाइसिएलका संयोजक सुमन देवकोटालगायतले आज आयोगको कार्यालय टङ्गालमा पुगेर अधिकारीविरुद्ध उजुरी दर्ता गरेको हो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २१ को क बमोजिम गभर्नर कुनै राजनीतिक दलको सदस्य वा पदाधिकारी हुन नहुने व्यवस्था छ तर अधिकारी नेकपा(एमाले)को अर्थ तथा योजना विभागको सदस्यका रुपमा एक अधिकारीका रुपमा रहको पाइएको वाइसिएलको उजुरीमा उल्लेख छ । गभर्नर हुनका लागि कम्तीमा स्नातकोत्तर तह बराबरको शैक्षिक योग्यता हुनुपर्नेमा अधिकारीले स्नातक मात्रै उत्तीर्ण गरेको पाइएको वाइसियलको आरोप छ । कुनै पनि दलमा संलग्न व्यक्ति गभर्नर हुन नपाउने व्यवस्था भए पनि उहाँ एम अधिकारीका रुपमा एमालेको अर्थ तथा योजना विभागमा रहेको पाइएकाले कारबाहीको माग गर्दै उजुरी दर्ता गराइएको वाइसिएलका संयोजक देवकोटाले जानकारी दिए । बुधबार मात्रै वाइसिएल र अखिल (क्रान्तिकारी)ले गभर्नर अधिकारीलाई बर्खास्त गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए । सङ्घीय संसद्मा समेत यो विषयले प्रवेश पाएको छ । आज मात्रै राष्ट्रियसभाको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद नारायणकाजी श्रेष्ठले गभर्नर अधिकारीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरे । रासस
नेपाल एसबिआई बैंकको एक्सटेन्सन काउन्टर लुम्बिनी विकास कोषमा
काठमाडौं । नेपाल एसबिआई बैंकले लुम्बिनीस्थित लुम्बिनी विकास कोष परिसरमा एक्सटेन्सन काउन्टर खोलेर आफ्नो सञ्जाल विस्तार गरेको छ । सो काउन्टरको उद्घाटन दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका महासचिव इसाला रुवान विराकूनले गरेका थिए । सो उद्घाटन कार्यक्रममा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनी विकास कोषलाई १०० वटा डस्टबिन हस्तान्तरण गरेको थियो । सोही कार्यक्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका महासचिव इसाला रुवान विराकुनले पीओएस मेसिन मार्फत डिजिटल डोनेशनको पनि उद्घाटन गरे । बैंकले देशका विभिन्न स्थानमा ९१ शाखा, २१ एक्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२९ एटिएमबाट सेवा प्रदान गर्दै आएको छ ।