सनराइज बैंकले भित्र्यायो दुई अर्ब ३७ करोड वैदेशिक ऋण

<p>काठमाडौं । सनराइज  बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृतीसँगै जेनेभाको सिम्बायोटिक्स एसएबाट ३ वर्षको लागि दुई अर्ब ३७ करोड (अमेरिकी डलर १ करोड ८६ लाख) को वैदेशिक ऋण भित्राएको छ । भित्राएको उक्त रकम बैंकले आफ्नो लघु र साना तथा मझौला उद्योगीहरुलाई ऋण विस्तार गर्नेका लागि प्रयोग गर्ने जनाएको छ । उक्त ऋण रकमले बैंकको तरलता [&hellip;]</p>

काठमाडौं । सनराइज  बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृतीसँगै जेनेभाको सिम्बायोटिक्स एसएबाट ३ वर्षको लागि दुई अर्ब ३७ करोड (अमेरिकी डलर १ करोड ८६ लाख) को वैदेशिक ऋण भित्राएको छ ।

भित्राएको उक्त रकम बैंकले आफ्नो लघु र साना तथा मझौला उद्योगीहरुलाई ऋण विस्तार गर्नेका लागि प्रयोग गर्ने जनाएको छ । उक्त ऋण रकमले बैंकको तरलता केहि हदसम्म मजबुद पार्न मद्दत गर्ने बैंकको जनाएको छ ।

सिम्बायोटिक्स एसएले सनराइज बैंकको वित्तीय सूचांक, बैंकमा विद्यमान व्यापार गर्ने शैली तथा तरिका, पारदर्शिताका साथै देशको विद्यमान आर्थिक सूचांकलाई समेत मध्यनजर गरी सो ऋण प्रदान गरेको बैंकले जनाएकाे छ ।

Share News