राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर जिल्ला प्रशासन कार्यालय काभ्रेमा

<p>काठमाडाैं । राष्ट्रिय वाणिज्य बैकले धुलिखेल नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्र संचालनमा ल्याएकाे छ । बैंकले उकत स्थानमा ५१ औं एक्सटेन्सन काउन्टर संचालनमा ल्याएकाे हाे । उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले गरेका थिए । बैंककाे अनुसार शाखा कार्यालय धुलिखेलमार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिईने [&hellip;]</p>

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैकले धुलिखेल नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्र संचालनमा ल्याएकाे छ । बैंकले उकत स्थानमा ५१ औं एक्सटेन्सन काउन्टर संचालनमा ल्याएकाे हाे ।

उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले गरेका थिए ।

बैंककाे अनुसार शाखा कार्यालय धुलिखेलमार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिईने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी संचय कोष, नागरिक लगानी कोष लगायतको रकम जम्मा गर्न सकिने छ ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

Share News