सहकारीको योगदान थप वृद्धि गर्न सरकार र अभियानबीचको सहकार्य आवश्यक छ : सचिव थपलिया

<p>काठमाडौं । राष्ट्रिय सहकारी बैंकले आफ्नो २० औं स्थापना दिवस तथा कारोबार शुभारम्भ दिवस साउन १९ गते विविध कार्यक्रमका साथ मनाएको छ । स्थापना दिवसका अवसरमा आयोजित मुख्य कार्यक्रमको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव राम प्रसाद थपलियाले गरेका थिए । सो अवसरमा बोल्दै सचिव थपलियाले सहकारी क्षेत्रमार्फत समाज रुपान्तरण गर्न सकिने [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले आफ्नो २० औं स्थापना दिवस तथा कारोबार शुभारम्भ दिवस साउन १९ गते विविध कार्यक्रमका साथ मनाएको छ । स्थापना दिवसका अवसरमा आयोजित मुख्य कार्यक्रमको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव राम प्रसाद थपलियाले गरेका थिए ।

सो अवसरमा बोल्दै सचिव थपलियाले सहकारी क्षेत्रमार्फत समाज रुपान्तरण गर्न सकिने योगदानलाई थप वृद्धि गर्नका लागि सरकार र अभियानबीचको निरन्तर सहकार्य र समन्वय आवश्यक रहेको बताए । सहकारी क्षेत्रको थप सुधारका लागि नीतिगत व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु पर्नेमा उनकाे भनाइ छ ।

कार्यक्रममा पूर्वमन्त्री केशव प्रसाद बडालले सहकारी भनेको करयोग्य नागरिक निर्माण गर्ने क्षेत्र भएकाले सहकारीलाई करमुक्त बनाउन सरकारले ध्यान दिनु पर्ने र सहकारीले त्यस अनुकुलका काम गर्नु पर्ने बताएका थिए ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले नेपालको सहकारी अभियानलाई प्रभावकारी बनाउन निरन्तर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको राष्ट्रिय सहकारी बैंकलाई पूर्ण बैकिङ कारोबारको अनुमति दिनका लागि सरोकारवाला निकायले ध्यान दिनु पर्नेमा जोड दिए ।

सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले सहकारीको प्रवद्र्धनका लागि निर्माण गर्ने गरी ऐनमा व्यवस्था भएका कर्जा न्यायाधिकरण, कर्जा सूचनाकेन्द्र सञ्चालनका लागि विभाग तदारुकताका साथ लागि परेको बताएका छन् ।

कार्यक्रममा बैंकले सञ्चालन गरेको इ–लाइब्रेरी को सहकारी सचिव राम प्रसाद थपलियाले शुभारम्भ गरेका थिए ।

सो अवसरमा राष्ट्रिय सहकारी बैंकको बारेमा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं, कोपोमिस सम्बन्धी प्रस्तुतीकरण सहकारी विभागका अधिकृत आमोद प्रसाद पुडासैनी र सहकारीका लागि कर सम्बन्धी संशोधित कानुनी व्यवस्थाहरु विषयमा चार्टर्ड एकाउण्टेण्ट शेषमणी दाहालले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बैंकले सञ्चालन गरेको वित्तिय साक्षरतामा सहकारीको भूमिका विषयक निवन्ध प्रतियोगितामा पुरस्कृत भएका विद्यार्थीहरुको नाम घोषणा बैंकका सञ्चालक एवम् शिक्षा, तालिम तथा सम्मान उपसमितिका संयोजक राम बहादुर जिसीले प्रस्तुत गरेका थिए ।

स्थापना दिवस तथा कारोबार शुभारम्भ दिवसका अवसरमा आयोजित कार्यक्रमको अध्यक्षता बैंकका अध्यक्ष के.बी.उप्रेती, स्वागत लेखा समितिका सदस्य तथा राष्ट्रिय विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडी र सञ्चालन बैंकका सञ्चालक केदार मानन्धरले गरेका थिए ।

भौतिक तथा भर्चुअल रुपमा समेत सञ्चालन भएको कार्यक्रममा देशभरका बैंकका सदस्य सहकारी संघ संस्थाका प्रतिनिधि तथा अभियानका विभिन्न निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Share News