राष्ट्र बैंकको कारवाहीमा परे दुई वाणिज्य बैंक, नगद जरिवाना तिर्नुपर्ने

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई कारवाही गरेको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासमा एनसीसी र स्ट्याण्डर्ड चाटर्ड बैंकलाई कारवाही गरेको हो । दुबै बैंकले अनिवार्य नगद मौज्दात तथा वैधानिक तरलता अनुपात कायम नगरेको कारण राष्ट्र बैंकको कारवाहीमा परेका हुन् । सो अनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई ६३ हजार ५९७ [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई कारवाही गरेको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासमा एनसीसी र स्ट्याण्डर्ड चाटर्ड बैंकलाई कारवाही गरेको हो ।

दुबै बैंकले अनिवार्य नगद मौज्दात तथा वैधानिक तरलता अनुपात कायम नगरेको कारण राष्ट्र बैंकको कारवाहीमा परेका हुन् । सो अनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई ६३ हजार ५९७ रुपैयाँ र एनसीसी बैंकलाई ४९ हजार ८८१ रुपैयाँ बराबरको जरिवाना गरिएको राष्ट्र बैंकले जानकारी गराएको छ ।

गत आवमा पहिलो पटक यी दुई बैंकलाई कारवाही गरेको हो । राष्ट्र बैंकले गत आवको तेश्रो त्रैमासमा कुनै पनि वाणिज्य बैंकलाई कारवाही गरेको थिएन ।

Share News