१०.७५ प्रतिशत व्याज पाइने सिद्धार्थ बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

<p>काठमाडौं । सिद्धार्थ बैंकको &#8216;१०.७५% एस.बि.एल. डिबेन्चर (ऋणपत्र) २०८९&#8217; नेप्सेमा सूचीकृत भएको छ । मंगलबार मात्रै बैंकको १० वर्षे अवधि भएको ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र नेप्सेमा थपिएको हो । उक्त सूचीकरण सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल र नेप्सेको तर्फबाट नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले हस्ताक्षर गरेका हुन् [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ बैंकको ‘१०.७५% एस.बि.एल. डिबेन्चर (ऋणपत्र) २०८९’ नेप्सेमा सूचीकृत भएको छ । मंगलबार मात्रै बैंकको १० वर्षे अवधि भएको ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र नेप्सेमा थपिएको हो ।

उक्त सूचीकरण सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल र नेप्सेको तर्फबाट नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले हस्ताक्षर गरेका हुन् ।

बैंकले सर्वसाधारणमा निष्कासन गरेको ४० लाख थान अर्थात ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र वितरण भई साउन ३१ गते नेप्सेमा सूचीकृत भएको हो ।

उक्त ऋणपत्र भदौ १ गतेदेखि नै दोश्रो बजारमा कारोबारमा आइसकेको छ ।

Share News