नारायणी डेभलपमेन्ट बैंकका ग्राहकलाई होटल स्टार चितवनमा विशेष छुट

<p>काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक र होटल स्टार चितवन बीच सम्झौता भएको छ । बैंक र  होटलबीच बैंकका विशेषधिकार कार्ड होल्डरहरुलाई होटलमा छुट दिने सम्झौता भएको हो । नारायणी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र होटल स्टार चितवनका अध्यक्ष भेषराज दुवाडीले उक्त छुट सुविधाको सम्झौतामा हस्ताक्षर गरेका छन् । बैंकका विशेषधिकार कार्ड होल्डरहरुले [&hellip;]</p>

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक र होटल स्टार चितवन बीच सम्झौता भएको छ । बैंक र  होटलबीच बैंकका विशेषधिकार कार्ड होल्डरहरुलाई होटलमा छुट दिने सम्झौता भएको हो ।

नारायणी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र होटल स्टार चितवनका अध्यक्ष भेषराज दुवाडीले उक्त छुट सुविधाको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

बैंकका विशेषधिकार कार्ड होल्डरहरुले होटल स्टार चितवनको सेवा उपयोग गर्दा रुम चार्जमा २० प्रतिशत, खानामा १० प्रतिशत र कार्यक्रम तथा समारोह गर्दा ६ प्रतिशत छुट प्राप्त गर्ने छन ।

बैंकले विभित्र बचतकर्ताहरु, शेयरधनीहरु लगाएत अन्य सरोकारवालाहरुलाई विभित्र मापदण्डको आधारमा विशेषधिकार कार्ड उपलब्ध गराउने र सो कार्डको आधारमा स्टार होटलबाट लिने सेवामा छुट लिन सक्ने बैंकले जनाएको छ ।

Share News