राष्ट्रिय वाणिज्य बैंकले किङ्गस कलेजमार्फत युवाहरुलाई सहुलियतमा कर्जा दिने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र किङ्गस कलेजबीच उद्यमशीलता विकासका लागि इन्क्युवेसन कार्यक्रममा सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र किङ्गस कलेजका अध्यक्ष नरोत्तम अर्यालले हस्ताक्षर गरेका छन् । सम्झौतापछि ओथारो कार्यक्रम मार्फत किङ्गस कलेजले उद्यम तथा व्यवसाय गर्न चाहने देशभरका युवाहरुबाट व्यवसायीक नवप्रवर्तन योजना माग गरी उत्कृष्ठ योजना छनौट गरी परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने छ । त्यसपछि, कलेजले तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोही उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले उक्त सम्झौता बैंकले उद्यमशीलता बन्न चाहने युवाहरुलाई लक्षित कार्यक्रमले देशलाई समृद्धसँग जोड्न सघाउ पुर्याउने बताए । किङ्गस कलेजका अध्यक्ष नरोत्तम अर्यालले यस्तो सम्झौताले उद्यमशीलता गर्न चाहने युवाहरुलाई व्यवसायी बन्न सहयोग पुग्ने बताए । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले ब्याज अनुदान सहितको सहुलियतपूर्ण कर्जा प्रवाह र राज्यले अबलम्बन गरेको यस सम्बन्धी नीतिका बारेमा प्रकाश पार्दै सम्पूर्ण सहभागीहरुलाई स्वागत गरेका थिए ।
एनआईसीले १३ अर्बले निक्षेप बढाउँदा प्रभुको १३ अर्बले घट्यो, कर्जा लगानीमा नेपाल इन्भेष्टमेन्ट आक्रमक
काठमाडौं । दुई महिनामा बैंकहरुको निक्षेप औषतमा ५५ अर्ब ९२ करोड रुपैयाँले घटेको छ । गत असारको तुलनामा भदौसम्ममा २६ वटा वाणिज्य बैंकहरुको निक्षेप रकम सो मात्राले घटेर ४४ खर्ब ८५ अर्ब रुपैयाँमा झरेको हो । सञ्चालित बैंकहरुमध्ये प्रभु बैंकको निक्षेप सबैभन्दा बढीले घटेको छ । गत असारमा १ खर्ब ८२ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप रकम भदौसम्ममा घटेर १ खर्ब ६८ अर्ब रुपैयाँमा झरेको छ । जुन असारको तुलनामा आधारमा १४ अर्ब रुपैयाँले घटी हो । त्यस्तै, एनसीसी बैंकको निक्षेप संकलन पनि घटेर १३ अर्ब ४ करोड रुपैयाँले घटेको छ । गत असारमा बैंकहरुमा यस्तो रकम १ खर्ब ४१ अर्ब रुपैयाँ थियो भने गत भदौमा घटेर १ खर्ब २८ अर्ब रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा बैंकहरुमा निक्षेप घटेनि कर्जा लगानी गर्नेको संख्या भने बढेको छ । एनबीएका अनुसार कर्जा लगानी १५ अर्ब ४४ करोड रुपैयाँले बढेको छ । गत असारमा ४१ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले भदौमा ४१ खर्ब ९० अर्ब रुपैयाँ गरेका छन् । २६ कम्पनीमध्ये नेपाल इन्भेष्टमेन्ट बैंकको सबैभन्दा बढी कर्जा लगानी बढेको छ । गत असारमा १ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बैंकले भदौमा बढाएर १ खर्ब ७४ अर्ब रुपैयाँ पुर्याएको छ । जुन ६ अर्ब रुपैयाँले बढी हो । त्यस्तै, एनसीसी बैंकले सबैभन्दा बढी रकमको कर्जा लगानी घटाएको छ । गत असारमा १ खर्ब २६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बैंकले भदौमा जम्मा १ खर्ब १८ अर्ब रुपैयाँ गरेको छ । जुन दुई महिनामै ८ अर्ब ४७ करोड रुपैयाँले घटी हो । कुनको कतिले घट्यो ?
स्वदेशी सीप र उत्पादनको प्रवद्र्घन गर्न असोज ८ गते ‘एनएमबि बजार’ हुँदै
काठमाडौं । एनएमबि बैंकले ‘एनएमबि बजार’ आयोजना गर्ने भएको छ । स्वदेशी सीप र उत्पादनको दिगो प्रवद्र्घन र प्रोत्साहन गर्ने प्लाष्टिक रहित ‘एनएमबि बजार’ आयोजना गर्ने लागेको बैंकले जनाएको छ । दशैं र तिहारलाई लक्षित गरी संचालन गरिएको एनएमबि बजारमा ६० भन्दा बढी स्टलहरु राख्ने बैंकले जानकारी दिएको छ । बैंकको अनुसार बजारमा जुत्ता, लत्ताकपडा, चिया, केक, ह्याण्डीक्राफ्ट, साबुन, सर्फ, झोला लगायत दैनिक जीवनमा आवश्यक सामान क्युआररपोस मार्फत सहूलियत मुल्यमा खरिद गर्न सकिने छ । एनएमबि बैंकले असोज ८ गते सानेपास्थित हेरिटेज गार्डेनमा बिहान ९ बजेदेखी बेलुका ५ बजेसम्म आयोजना गर्ने जनाएको छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्च स्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।