स्वदेशी सीप र उत्पादनको प्रवद्र्घन गर्न असोज ८ गते ‘एनएमबि बजार’ हुँदै

<p>काठमाडौं । एनएमबि बैंकले &#8216;एनएमबि बजार&#8217; आयोजना गर्ने भएको छ । स्वदेशी सीप र उत्पादनको दिगो प्रवद्र्घन र प्रोत्साहन गर्ने प्लाष्टिक रहित &#8216;एनएमबि बजार&#8217; आयोजना गर्ने लागेको बैंकले जनाएको छ । दशैं र तिहारलाई लक्षित गरी संचालन गरिएको एनएमबि बजारमा ६० भन्दा बढी स्टलहरु राख्ने बैंकले जानकारी दिएको छ । बैंकको अनुसार बजारमा जुत्ता, लत्ताकपडा, चिया, केक, [&hellip;]</p>

काठमाडौं । एनएमबि बैंकले ‘एनएमबि बजार’ आयोजना गर्ने भएको छ । स्वदेशी सीप र उत्पादनको दिगो प्रवद्र्घन र प्रोत्साहन गर्ने प्लाष्टिक रहित ‘एनएमबि बजार’ आयोजना गर्ने लागेको बैंकले जनाएको छ ।

दशैं र तिहारलाई लक्षित गरी संचालन गरिएको एनएमबि बजारमा ६० भन्दा बढी स्टलहरु राख्ने बैंकले जानकारी दिएको छ ।

बैंकको अनुसार बजारमा जुत्ता, लत्ताकपडा, चिया, केक, ह्याण्डीक्राफ्ट, साबुन, सर्फ, झोला लगायत दैनिक जीवनमा आवश्यक सामान क्युआररपोस मार्फत सहूलियत मुल्यमा खरिद गर्न सकिने छ ।

एनएमबि बैंकले असोज ८ गते सानेपास्थित हेरिटेज गार्डेनमा बिहान ९ बजेदेखी बेलुका ५ बजेसम्म आयोजना गर्ने जनाएको छ ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्च स्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Share News