कुमारी बैंकको नयाँ शाखा जनबाहल, भेडासिंह संचालन

काठमाडाैं । कुमारी बैंकले बागमती जिल्लास्थित वडा नं.२५ मा रहेको जनबाहल, भेडासिंह शाखा पुस २५ गतेबाट सञ्चालनमा ल्याएको छ । काठमाण्डौं महानगरपालिका वडा नं. २५ का अध्यक्ष राजेश डंगोलले उक्त शाखाकाे उद्घाटन गरेका थिए । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको जनाएकाे छ । बैंकले आफ्ना देशभर रहेका २९९ शाखा सञ्जाल, ३४५ एटिएम, ४७ एक्सटेन्सन काउन्टर तथा ६२ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकलाई सेवा दिँदै आएकाे छ ।  

नेपाल एसबिआई बैंकको १०.५३ प्रतिशत लाभांश पारित, मर्जरको लागि खोल्यो बाटो

काठमाडाैं । नेपाल एसबिआई बैंककाे लाभांश पारित भएकाे छ । बैंककाे २९औं वार्षिक साधारण सभाले प्रस्तावित १०.५३ प्रतिशत लाभांश पारित भएकाे हाे । बैंकले गत वर्षकाे नाफाबाट सेयरधनीलाई चुक्ता पूँजीमा १०.५३ प्रतिशत लाभांश (३ प्रतिशत बोनश सेयर तथा ७.५३ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । साेमबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न भएकाे सभाले बैंकको आ.व. २०७८/७९ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (असार मसान्त २०७९ को वासलात, आ.व. २०७८/७९ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेकाे छ । सभाले बैंकका सेयरधनीहरुलाई चुक्ता पुँजीमा १०.५३ प्रतिशतका दरले लाभांश (३ प्रतिशत बोनश सेयर र ७.५३ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । साधारण सभाले बैंकको सहायक कम्पनी ‘नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग’ को आ.व. २०७८/७९ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ । उक्त साधारण सभाले आ.व. २०७९/८० मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स एस.ए.आर. एसोसियट्स्, चार्टर्ड एकाउण्टेन्ट्स्लाई लेखापरीक्षकमा नियुक्ति गरी निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै, उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु मर्जर वा प्राप्ति गर्न आवश्यक सहमति र सम्झौता गर्ने/गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न/गराउन सक्ने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

एनएमबि बैंकको लाभांश पारित

काठमाडौं । एनएमबि बैंककाे प्रस्तावित लाभांश पारित भएकाे छ । बैंककाे साेमबार बसेकाे २७औं वार्षिक साधारण सभाले प्रस्तावित ८.२५ प्रतिशत (कर सहित) नगद लाभांश पारित गरेको हाे । बैंकले गत आर्थिक वर्षकाे नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीकाे ८.२५ प्रतिशत नगद लाभांश घाेषणा गरेकाे थियाे । बैंकको २०७९ आषाढ सम्ममा खुद नाफा ३ अर्ब २९ करोड, निक्षेप १८६.४० अर्ब र कर्जा र १८२.०९ अर्ब रहेको छ । बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।