प्रतिकित्ता ३६० रुपैयाँमा एनआईसी एसिया बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा

काठमाण्डौ । एनआईसी एसिया बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको असोज ४ गतेदेखि ५ लाख कित्ता सेयर सेयर बिक्रीमा राखिएको हो । बैंकको संस्थापक समूहको ५ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकले बिक्रीमा राखेको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ३६० रुपैयाँ तोकिएको छ । बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । बैंकको सेयरमा इच्छुक जोकोही लगानीकर्ताले आवेदन दिन सक्ने बैंकले जनाएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिनु पर्नेछ । बैंकको सेयर बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटलको रहेको छ । बोलपत्र पेस गर्ने अन्तिम मिति असोज १० गतेसम्म तोकिएको छ ।

स्वेता फाउण्डेशनले तिरेन लक्ष्मी सनराइज बैंकको कर्जा, नतिरे कानुनी कारवाही गर्ने

काठमाडौं । नायिका स्वेता खड्काको स्वेता फाउण्डेशनले कर्जा चुक्ता नगरेपछि लक्ष्मी सनराइज बैंकले धितो लिलामीमा राखेको छ । बैंकबाट लिएको कर्जा चुक्ता गर्न पटक–पटक ताकेता गर्दा पनि नतिरेपछि धितोमा राखिएको सम्पत्ति लिलामी गर्ने बैंकले जनाएको हो । लक्ष्मी सनराइज बैंक (साविक लक्ष्मी बैंक) र स्वेता श्री फाउण्डेशनकाबीच वि.सं. २०७५ असार २६ गतेका दिन कर्जा लगानी सम्बन्धि सम्झौता भएको थियो । ऋणीहरुले बैंकबाट उपभोग गरेको कर्जाको बक्यौता रकम तिरी बुझाई कर्जा नियमित गर्ने गरी स्वेता श्री फाउण्डेशनले सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो । साथै, ऋणीले कर्जा नतिरेको खण्डमा बाँकी बक्यौता कर्जा तिर्ने दायित्व स्वेता श्री फाउण्डेशनको हुने सम्झौतामा उल्लेख गरिएको छ । तर, पटक–पटक मौखिक तथा लिखित ताकेता गर्दा समेत पूर्ण बेवास्ता गरी कर्जा नियमित नगराएको र बक्यौता रकम चुक्ता गर्न चासो नदेखाएको हुँदा अबको ३५ दिनभित्र चुक्ता गर्न बैंकले ताकेता गरेको हो । कर्जाको सम्पूर्ण बक्यौता रकम साँवा, ब्याज तथा हर्जाना तिरी कर्जा नियमित गर्न स्वेता श्री फाउण्डेशन, ऋणी, धितो सुरक्षणधनी तथा जमानतकर्तालाई आग्रह गरेको छ । यदि ३५ दिनभित्र चुक्ता नगरे कालोसूचीमा नाम समाविष्ट गर्न सिफारिस गरिने र धितो सुरक्षणको रुपमा रहेका सम्पत्ति कर्जा असुल उपरको लागि आवश्यक कानुनी प्रक्रिया अवलम्बन गरिने बैंकले जनाएको छ । कानून बमोजिम स्वेता श्री फाउण्डेशनमाथि कारवाही चलाइने बैंकले चेतावनी दिएको छ । विनाशकारी भूकम्प पछि स्वेता फाउण्डेशनले सिन्धुपाल्चोक भिमटारको माझी बस्तीका स्थानीयलाई घर निर्माण गरेकी थिइन् । चौतारा साँगाचोकगढी नगरपालिका–१४ भिमटार माझी बस्तीमा नायीका खड्काको समन्वयमा एकीकृत माझी बस्ती निर्माण गरेकी हुन् ।

कामना सेवा विकास बैंकका ग्राहकलाई एटिक रेस्टुरेन्टमा छुट

काठमाडौं । कामना सेवा विकास बैंक र एटिक ग्रुप प्रालिबीच मंगलबार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरूले काठमाडौँ महानगरपालिका–३० ज्ञानेश्वर स्थित एटिक रेस्टुरेन्टले  प्रदान गर्ने रेस्टुरेन्ट सेवामा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सबैले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।