ग्लोबल आइएमई बैंकले दशैं बिदामा पनि सेवा दिने, कहिले कुन शाखा खुल्छ ? (सूचीसहित)

काठमाडौं । नेपालीहरुको महान पर्व बिजयादशमीको अवसरमा हुने सार्वजनिक विदाको समयमा पनि ग्लोबल आइएमई बैंकले सेवाग्राहीहरुलाई बैंकिङ सेवा उपलव्ध गराउने भएको छ । बैंकले सबै प्रदेश निश्चित शाखा कार्यालयहरु पालैपालो गरेर खुल्ने जनाएको छ । हेर्नुहोस कुन शाखा कार्यालय कहिले खुल्छ ?

कर्णाली प्रदेशमा सिटिजन्स बैंकको १० शाखा मार्फत बैकिङ्ग सेवा

काठमाडौं । कर्णाली प्रदेशमा सिटिजन्स बैंकको १० शाखा मार्फत अत्याधुनिक बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको छ । बैँकले कर्णाली प्रदेशका विभिन्न जिल्लाका १० वटा शाखाहरु माफर्त करिब ७७,००० भन्दा बढि ग्राहकलाई आधुनिक बैँकिङ सेवा सुविधा प्रदान गर्दै आएको हो । बैँकले कर्णाली प्रदेशको बैँकिङ विस्तारलाई विशेष प्राथमिकता दिदै आएको छ । देशकै उचाईमा रहेको हुम्ला जिल्लाको सदरमुकाम सिमिकोट सहित नाम्खा र सार्केगाड एवं भौगोलिक हिसाबले देशकै सबैभन्दा ठुलो जिल्ला डोल्पाको दुनै र जुफाल लगायत मुगुको गमगढी, जाजरकोटको खलङ्गा र सुर्खेतको विरेन्द्रनगर शाखा मार्फत बैँकिङ सुविधा प्रदान गर्दै आएको छ । यसका साथै बैँकले कर्णाली प्रदेशको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै यस क्षेत्रका ग्राहकलाई सहज रुपमा कृषि , पशुपालन र जडिबुटी सम्बन्धी कर्जा उपलब्ध गराउदै आएको छ । जसले गर्दा यस प्रदेशको अर्थतन्त्र चलायमान भई समग्र विकासमा टेवा पुगेको विश्वास बैँकले लिएको छ । बैँकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल ज्युले कर्णाली प्रदेशको प्रदेश कार्यालय सुर्खेतमा आज आयोजित एक कार्यक्रमका विच महान चाड बडा दशैंको उपलक्ष्यमा समस्त कर्णालीवासी लगायत सम्पूर्ण कर्मचारी एवं बैंकसँग सम्बन्धित सरोकारजनलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गरे । साथै यस प्रदेश अन्तर्गतका १० वटै शाखा प्रबन्धकहरुसँग जुमको माध्यमबाट बैठक एवं छलफल गर्दै यस प्रदेशलाई विशेष प्राथमिकतामा राखेर सरल सहज र गुणस्तरीय बैकिङ्ग सेवा मार्फत यस क्षेत्रका सर्वसाधारणको मन जित्न सवैलाई निर्देशन दिए । बैँकले कर्णाली प्रदेशको प्रदेश कार्यालय सुर्खेतमा र जुम्ला शाखा कार्यालय आफ्नै भवनबाट संचालनमा ल्याई सकेको छ । साथसाथै बैँकले यस क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर स्वास्थ्य शिवीर सञ्चालन, सामुदायिक विधालय, वृद्धाश्रम र अनाथालयहरुलाई आर्थिक सहयोग पनि प्रदान गर्दै आएको जनाएको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६लाख ६४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

सानिमा बैंकले ल्यायो सजिलो ई बैंकिङ सेवा, मंसिर ३ गतेसम्म लागू हुने

काठमाडौं । सानिमा बैंकले सानिमा सजिलो ई बैंकिङ सेवा ल्याएको छ । बैंकले एफवान सफ्टको सहकार्यमा उक्त योजना ल्याएको हो । यो योजना असोज २८ गतेदेखि मंसिर ३ गतेसम्म लागू हुने छ । यस अन्तर्गत मोबाइल बैंकिङ्गबाट अधिकतम रकमान्तर कारोबार गर्ने १० जाना ग्राहकहरु बिजेता हुन सक्नेछन् । यसमा सहभागीताका लागी ग्राहकहरुले न्युनतम ५०० रुपैयाँको टपअप, १०० रुपैयाँको डाटा प्याक र २०० रुपैयाँको रकमान्तर गर्नुपर्ने हुन्छ । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटीएम सञ्चालनमा रहेका छन् ।