आजसम्म यी २ बैंकको सेयर खरिद गर्यो भने लाभांश पाइने, कुनको कति ?

काठमाडौं । आइतबार विभिन्न २ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । सांग्रिला डेभलपमेन्ट बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज मंसिर १० गते अन्तिम दिन हो । साधारणसभा तथा लाभांश प्रयोजनार्थ सांग्रिला डेभलपमेन्ट बैंकले मंसिर ११ गतेदेखि मंसिर २४ गतेसम्म र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले मंसिर ११ गतेदेखि मंसिर २३ गतेसम्म सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म सेयर खरिद गर्नेले लाभांश प्राप्त गर्नेछन् । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद गरी कूल ५.२६३ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले १९औं वार्षिक साधारणसभा मंसिर २४ गते लैनचौर ब्याङ्क्वेट काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५५ नगद गरी कूल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले १५औं वार्षिक साधारणसभा मंसिर २३ गते रुपन्देहीमा बिहान ११ बजे बोलाएको हो

लक्ष्मी सनराइज बैंकका शाखा कार्यालय गाभिने, कुन–कुन हुन् ?

काठमाडौं । लक्ष्मी सनराइज बैंकका शाखा कार्यालयहरु गभिने भएका छन् । साविक लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर भएको ५ महिना पछि शाखा कार्यालय गाभिने भएका हुन् । लक्ष्मी बैंक र सनराइज बैंकबीच गत असार २९ गते एकीकृत कारोबार भएको थियो । दुवै बैंकका एउटै स्थानमा रहेका २ वटा शाखा कार्यालय गाभिएर कायम रहेको शाखाबाट कारोबार सुरु हुने बैंकले जनाएको छ । बैंकका अनुसार इलाम नगरपालिका ७ चोक बजार शाखा कार्यालय गाभिएर साविक सनराइज बैंकको शाखा कार्यालय रहेको स्थान इलाम नगरपालिका ७ निकुञ्जपथबाट कारोबार हुनेछ । यस्तै, भिमदत्त नगरपालिका ४ गल्ली नम्बर ५मा रहेको शाखा कार्यालय शाखा गाभिएर साविक लक्ष्मी बैंकको शाखा कार्यालय गल्ली नम्बर २बाट कारोबार हुने बैंकले बताएको छ । मंसिर १७ गतेदेखि गाभिएर उक्त शाखा कार्यालयबाट कारोबार सुरु हुने बैंकको भनाइ छ ।

एभरेष्ट बैंकद्वारा टोखामा १२८औं शाखा विस्तार

काठमाडौं । एभरेष्ट बैंकले काठमाडौंको टोखामा नयाँ शाखा विस्तार गरेको छ । देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यका साथ मंसिर ८ गते टोखा नगरपालिका वडा नं. ६, टोखामा आफ्नो १२८ औं शाखा उद्घाटन गरेको हो । उक्त शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य र टोखा नगरपालिकाका उप–मेयर मुरारी तामाङले संयुक्त रुपमा गरेका छन् । उक्त उद्घाटन समारोहमा नेपाल चेम्बर अफ कमर्शका कार्यकारी सदस्य कृष्णमान श्रेष्ठ, टोखा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष शान्ता खनाल पौडेल, बैंकका नायब महाप्रबन्धक केशव राज पौडेल, बाग्मती प्रदेश प्रमुख सन्तोष कुमार भट्टराई, बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । सो उद्घाटन समारोहमा बैंकका सञ्चालक समिति अध्यक्ष डा. वैद्यले बैंकहरु विश्वासको सहयात्री भएको साथै साथै टोखा र सो आसपासका बासिन्दाहरुलाई सबल, सरल, उत्कृट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिवद्दता व्यक्त गरे । सो अवसरमा टोखा नगरपालिकाका उप–मेयर तामाङले टोखामा बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए । यो संगै बाग्मती प्रदेशमा बैंकको शाखा संख्या ४६ पुगको छ भने काठमाडौं उपत्यकामा ३६ पुगेको छ ।