कामना सेवा विकास बैंकले बन्द गर्याे ६ वटा बीएलबी सेवा

काठमाडौं । कामना सेवा विकास बैंकले ६ वटा शाखारहित बैंकिङ (बीएलबी) सेवा बन्द गरेको छ । बैंकले असोज २३ गतेदेखि विभिन्न ठाउँमा रहेका ६ वटा शाखारहित बैंकिङ सेवा बन्द गरेको जनाएको छ । बैंककाअनुसार लुम्बिनी प्रदेशको देवदह नगरपालिका ८ रुपन्देही स्थित देवदह मोबाइल एण्ड कम्प्युटर पसल, गण्डकी प्रदेशको मध्यनेपाल नगरपालिका ७, रामबजार लमजुङ स्थित ईशानेश्वर इलोक्ट्रोनिक्स, कावासोती नगरपालिका १०, मगरकोट नवलपरासी स्थित विपिन अर्यालसँगको शाखारहित बैंकिङ सेवा बन्द गरिएको हो । यस्तै बागमती प्रदेशको राप्ती नगरपालिका ८, चितवन स्थित सुप्रिया थोक तथा खुदा किराना पसल, कोशी प्रदेशको रोङ गाउँपालिका ६, सलकपुर इलाम स्थित अधिकारी एग्रो बनानाज फुड जोन र मिक्लाजुङ गाउँपालिका ३, धोबेनी बजार मोरङ्ग स्थित सिमन इन्टरप्राइजेजसँगको शाखारहित बैंकिङ सेवा बन्द गरिएको बैंकले जनाएको छ । शाखारहित बैंकिङ सेवा सञ्चालनको लागि सम्झौता भई शाखारहित बैंकिङ प्रतिनिधि (बीएलबी एजेन्ट) को रुपमा काम गर्दै आएकोमा असोज २३ गतेदेखि सम्झौता रद्द गरी व्यवसायिक प्रतिनिधि खारेज गरिएको बैंकले जनाएको छ । उपरोक्त प्रतिनिधि (बिएलबि एजेन्ट) हरू मार्फत कुनै पनि कारोवार नगर्नु बैंकले अनुरोध गरेको छ ।

१ वर्ष बढीको मुद्दती निक्षेपले बढायो बैंकहरूको खर्च

काठमाडौं । गत साउनसम्म वाणिज्य बैंकहरूको मुद्दती खातामा ३२ खर्ब २५ अर्ब ८९ करोड २५ लाख रुपैयाँ निक्षेप रहेको छ । जुन गत वर्षको तुलनामा ९.११ प्रतिशत अर्थात् २ खर्ब ६९ अर्ब ३४ करोड रुपैयाँ निक्षेप बढी हो । गत वर्षको साउनमा बैंकहरूको मुद्दती निक्षेपमा २९ खर्ब ५६ अर्ब ५४ करोड रुपैयाँ निक्षेप थियो । जसरी बैंकहरूको मुद्दतीमा निक्षेप थुप्रिएको छ । सोही अनुरुप बैंकको खर्च पनि उच्च रूपमा बढेको देखिन्छ । विगतमा बैंकहरूले बजारको माग भन्दै ब्याजदर बढाएर उच्च पुर्याए । १३ प्रतिशतसम्म बैंकको ब्याजदर पुगेपछि मुद्दती खातामा निक्षेप राख्ने बढेको देखिन्छ । बैंकहरूलाई पनि निक्षेप आवश्यकता रहेको र अन्य क्षेत्रमा लगानी गर्ने वातावरण नभएपछि मुद्दतीमा लगानी गर्ने बढेको बैंकरहरू बताउँछन् । कुन बैंकको मुद्दतीमा कति निक्षेप ? राष्ट्र बैंककाअनुसार गत साउनसम्म सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको मुद्दतीमा धेरै निक्षेप रहेको छ । ग्लोबल आइएमई बैंकको मुद्दतीमा २ खर्ब ७५ अर्ब ३६ करोड रुपैयाँ निक्षेप रहेको छ । यस्तै नबिल बैंकको मुद्दतीमा २ खर्ब ५४ अर्ब ५४ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी)को मु्द्दतीमा २ खर्ब ३४ अर्ब ९९ करोड रुपैयाँ रहेको छ । यस्तै एनआईसी एशिया बैंकको मुद्दतीमा २ खर्ब २९ अर्ब ३५ करोड रुपैयाँ, कुमारी बैंकको मुद्दतीमा २ खर्ब १५ अर्ब ६ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको मुद्दतीमा १ खर्ब ९४ अर्ब २५ करोड रुपैयाँ, हिमालयन बैंकको मुद्दतीमा १ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको मुद्दतीमा १ खर्ब ७५ अर्ब ६१ करोड रुपैयाँ निक्षेप छ । यस्तै प्रभु बैंकको मुद्दतीमा १ खर्ब ७५ अर्ब ५ करोड रुपैयाँ, कृषि विकास बैंकको मु्द्दतीमा १ खर्ब ५८ अर्ब ५० करोड रुपैयाँ, प्राइम बैंकको मुद्दतीमा १ खर्ब ४८ अर्ब २२ करोड रुपैयाँ, एभरेष्ट बैंकको मुद्दतीमा १ खर्ब ३९ अर्ब ४० करोड रुपैयाँ, सिद्धार्थ बैंकको मुद्दतीमा १ खर्ब ३१ अर्ब ९५ करोड रुपैयाँ, नेपाल बैंकको मुद्दतीमा १ खर्ब ३० अर्ब १७ करोड रुपैयाँ निक्षेप रहेको राष्ट्र बैंकको तथ्याङ्क छ । यस्तै एनएमबि बैंकको मुद्दतीमा १ खर्ब २० अर्ब ६० करोड रुपैयाँ, सानिमा बैंकको मुद्दतीमा १ खर्ब १७ अर्ब ७७ करोड रुपैयाँ, सिटिजन्स बैंकको मुद्दतीमा १ खर्ब १५ अर्ब ४३ करोड रुपैयाँ, नेपाल एसबीआई बैंकको मुद्दतीमा १ खर्ब २ अर्ब ६ अर्ब रुपैयाँ, माछापुच्छ«े बैंकको मुद्दतीमा ८६ अर्ब २८ करोड रुपैयाँ र स्ट्याण्डर्ड चार्टर्ड बैंकको मुद्दतीमा ३३ अर्ब ६६ करोड रुपैयाँ निक्षेप रहेको राष्ट्र बैंकले जनाएको छ । मुद्दतीमा कति ब्याज खर्च ? बैंकहरूले ३ महिनादेखि एक वर्ष अवधिसम्मका लागि मुद्दतीमा निक्षेप राख्ने गरेका छन् । तर, अधिकांश बैंकको मुद्दतीमा एक वर्षभन्दा बढी अवधिमा धेरै निक्षेप रहेको देखिन्छ । किनभने एक वर्ष बढी अवधिको मुद्दतीमा ब्याज खर्च सबैभन्दा धेरै रहेको छ । राष्ट्र बैंककाअनुसार गत साउनमा बैंकहरूले २२ अर्ब ३६ करोड रुपैयाँ मुद्दती निक्षेपमा ब्याज खर्च गरेका छन् । जसमध्ये तीन महिना अवधिको मुद्दतीमा ९६ करोड १९ लाख रुपैयाँ, ६ महिनासम्मको मुद्दतीमा १ अर्ब ७८ करोड रुपैयाँ, एक वर्ष अवधिको मुद्दतीमा ७ अर्ब २९ करोड रुपैयाँ र एक वर्षभन्दा माथि अवधिको मुद्दतीमा १२ अर्ब २३ करोड रुपैयाँ ब्याज खर्च गरेका छन् । सबैभन्दा बढी निक्षेप रहेको ग्लोबल आइएमई बैंकको ब्याज खर्च पनि उच्च रहेको छ । यस बैंकले मुद्दती निक्षेपमा १ अर्ब ९४ करोड रुपैयाँ ब्याज खर्च गरेको छ । जसमध्ये ६ महिना अवधिको मुद्दतीमा १८ करोड रुपैयाँ, एक वर्ष अवधिको मुद्दतीमा ४५ करोड रुपैयाँ र एक वर्षमाथिको मुद्दतीमा १ अर्ब ३० करोड रुपैयाँ ब्याज खर्च गरेको छ । यस्तै नबिल बैंकले मुद्दती ब्याजमा १ अर्ब ८० करोड रुपैयाँ खर्च गरेको छ । जसमध्ये एक वर्ष अवधिको मुद्दतीमा ५४ करोड रुपैयाँ, ६ महिना अवधिको मुद्दतीमा २७ करोड रुपैयाँ, एक वर्ष अवधिको मुद्दतीमा ४८ करोड रुपैयाँ र एक वर्षमाथिको मुद्दतीमा ५० करोड रुपैयाँ ब्याज खर्च गरेको राष्ट्र बैंकले जनाएको छ । यस्तै एनआईसी एशिया बैंकले मुद्दतीमा १ अर्ब ६६ करोड रुपैयाँ ब्याज खर्च गरेको छ । अधिकांश ब्याज खर्च एक वर्षभन्दा माथिको मुद्दतीमा रहेको तथ्याङ्क छ । यस्तै नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ३ महिना अवधिको मुद्दतीमा १ करोड ५० लाख रुपैयाँ र एक वर्ष माथिको अवधिको मुद्दतीमा १ अर्ब ५८ करोड रुपैयाँ गरी कुल १ अर्ब ६० करोड रुपैयाँ ब्याज खर्च गरेको हो । राष्ट्र बैंकका अनुसार राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक र प्रभु बैंकको एक वर्षभन्दा बढी अवधिमा मात्रै निक्षेप रहेको छ । कुमारी बैंकले १ अर्ब ५६ करोड रुपैयाँ, प्रभु बैंकले १ अर्ब १८ करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ११ करोड रुपैयाँ मुद्दती निक्षेपमा ब्याज खर्च गरेका छन् । यस्तै हिमालयन बैंक र सानिमा बैंकको एक वर्ष अवधिको मुद्दतीमा मात्रै निक्षेप रहेको छ । किनभने हिमालयन बैंकले एक वर्ष अवधिको मुद्दतीमा १ अर्ब ३४ करोड रुपैयाँ र सानिमा बैंकले ८२ करोड ७४ लाख रुपैयाँ ब्याज खर्च गरेका छन् । यस्तै लक्ष्मी सनराइज बैंकले एक वर्ष अवधिको मुद्दतीमा ९२ करोड रुपैयाँ र एक वर्ष माथिको मुद्दतीमा ४१ करोड रुपैयाँ गरी कुल १ अर्ब ३४ करोड रुपैयाँ ब्याज खर्च गरेको छ । यस्तै प्राइम बैंकले ६ महिना अवधिको मुद्दतीमा ५३ करोड रुपैयाँ, एक वर्ष अवधिको मुद्दतीमा ४१ करोड रुपैयाँ र एक वर्षमाथिको मुद्दतीमा १३ करोड रुपैयाँ गरी कुल १ अर्ब ९ करोड रुपैयाँ ब्याज खर्च गरेको हो । कृषि विकास बैंकले ९७ करोड रुपैयाँ, सिद्धार्थ बैंकले ९१ करोड रुपैयाँ, एनएमबि बैंकले ८९ करोड रुपैयाँ, एभरेष्ट बैंकले ८८ करोड रुपैयाँ, नेपाल बैंकले ८७ करोड रुपैयाँ, सिटिजन्स बैंकले ८३ करोड रुपैयाँ मुद्दती निक्षेपमा खर्च गरेका छन् । नेपाल एसबीआई बैंकले ७२ करोड रुपैयाँ, माछापुच्छ«े बैंकले ५८ करोड रुपैयाँ र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १७ करोड रुपैयाँ मुद्दती निक्षेपमा ब्याज खर्च गरेको राष्ट्र बैंकले जनाएको छ ।

दशैं बिदामा पनि बैंक खुला, कुन बैंकको कुन शाखाले दिन्छ सेवा ?

काठमाडौं । भोलि (बिहीबार)देखि दशैं बिदा सुरु हुँदैछ । असोज २४ गते फूलपाती, असोज २५ गते महाअष्टमी तथा महानवमी, असोज २७ गते एकादशी र असोज २८ गते द्वादशी सार्वजनिक बिदा छ । दशैं बिदाको समयमा अधिकांश क्षेत्रका कार्यालय बन्द रहन्छन् । तर, बैंक तथा वित्तीय संस्थाहरूले भने दशैं बिदामा पनि आफ्नाे सेवा प्रदान गर्ने जनाएका छन् । दशैं बिदाको समयमा अधिकांश बैंकहरूले आफ्ना निश्चित शाखा कार्यालय खुला राखेर सेवा दिने जनाएका छन् । दशैं बिदाको समयमा बैंकहरूले ३ देखि ४ घण्टामात्रै शाखा कार्यालय खुला राख्नेछन् । लक्ष्मी सनराइज बैंक लक्ष्मी सनराइज बैंकले मधेश प्रदेशका वीरगञ्ज (आदर्शनगर, लिङ्गरोड ), जनकपुर (भानु चोक),  सिरहा (लहान) शाखाबाट सेवा दिनेछ । यस्तै, बागमती प्रदेशमा (उपत्यकाभित्र) हात्तीसार, गैह्रीधारा, भक्तपुर (सुकुलढोका), पुल्चोक सामाखुशी, कालिमाटी, सुकेधारा, तिनकुने, पुरानो बानेश्वर, खुशिबु, भक्तपुर (सल्लाघारी), बौद्ध र उपत्यका बाहिर नारायणघाट (लायन्स चोक) शाखाबाट सेवा दिनेछ । यस्तै, गण्डकी प्रदेशमा पोखरा न्यूरोड, औद्योगिक क्षेत्र, दमौली, पोखरा (अमरसिंह), रजहर पोखरा (चिप्लेढुङ्गा), सुन्दरबजार, वालिङ र बाग्लुङ शाखा, लुम्बिनी प्रदेशमा कोहलपुर, सुनवल, भैरहवा, रामपुर, नेपालगंज (कारकाँदो चोक, तौलीहवा, घोराही, तुल्सीपुर, बुटवल (मिलन चोक) शाखाबाट सेवा दिने बैंकको भनाइ छ । कर्णाली प्रदेशमा मुसिकोट, वीरेन्द्रनगर, श्रीनगर, छिञ्चु शाखा र सुदूरपश्चिम प्रदेशका महेन्द्रनगर, धनगढी (एलएन चोक), सुख्खड, धनगढी (शहिदगेट) शाखाबाट सेवा दिने बैंकले बताएको छ । यस दिन बैंकले बिहान १० बजेदेखि अपरान्ह २ बजेसम्म बैंकिङ सेवा दिने जनाएको छ । हिमालयन बैंक हिमालयन बैंकले दशैं बिदामा सातै प्रदेशमा विभिन्न शाखा कार्यालयबाट सेवा दिने जनाएको छ । बैंकका अनुसार कोशी प्रदेशका धरान १, विराटनगर १, दमक १, रोडशेष, विराटनगर, बिर्तामोड र इटहरी शाखाबाट सेवा दिनेछ । यस्तै, मधेश प्रदेशका वीरगञ्ज १, पडारी चौक, जनकपुर, बाइपास रोड, वीरगञ्ज शाखा, बागमती प्रदेशका हिटी दरबार, पाटन, न्यूरोड, टेकु, महाराजगञ्ज, कौशलटार, भरतपुर र बनेपा शाखा खुला रहने बैंकले जनाएको छ । यस्तै, गण्डकी प्रदेशका न्यूरोड, पोखर शाखा, लुम्बिनी प्रदेशका भैरहवा, बुटवल, नेपालगञ्ज, घोराही र सुदूरपश्चिम प्रदेशको धनगढी १ शाखा खुला रहनेछन् । दशैं बिदा अवधिभर बिहान १० बजेदेखि २ बजेसम्म खुला रहने र सो समयमा रकम जम्मा, चेक भुक्तानी र रेमिटेन्स भुक्तानी सेवा उपलब्ध रहेको बैंकले जनाएएको छ । प्राइम बैंक प्राइम बैंकले पनि दशैं बिदामा खुला रहने शाखा कार्यालयको सूची सार्वजनिक गरेको छ । बैंकका अनुसार कोशी प्रदेशमा कन्चनबारी, धरान, काकरभिट्टा, इटहरी, हनुमानदास रोड, दमक, पकालि ट्राफिक चोक, पुस्पलाल चोक बिर्तामोड शाखा, मधेश प्रदेशको जनकपुर, वीरगञ्ज शाखा कार्यालय खुला रहनेछन् । यस्तै, बागमती प्रदेशमा न्यूरोड, चावहिल, मंगलबजार, च्यामासिंह, हेटौंडा, न्याँ बानेश्वर, सामाखुशी, पुल्चोक, गठ्ठाघर, नारायणगढ, न्यूप्लाजा, कालिमाटी, ग्वार्काे ललितपुर, ठिमी, सोह्रखुट्टे, कलंकी, पाटन, भक्तपुर र भरतपुर शाखा खुला हुने बैंकले जनाएको छ । यस्तै, गण्डकी प्रदेशमा पृथ्वीचोक, बीपी चोक, न्यूरोड पोखरा, पाटनचोक शाखा, लुम्बिनी प्रदेशका नेपालगञ्ज, भैरहवा, पाल्पारोड बुटवल, चौरहा बुटवल शाखा, कर्णाली प्रदेशका लेकबेशी, छिन्चु, वीरेन्द्रनगर शाखा, सुदूरपश्चिम प्रदेशका धनगढी, लम्कि, अत्तरिया, चौराहा धनगढी शाखा खुला रहने बैंकले जनाएको छ । दशैं बिदामा बिहान ११ बजेदेखि २ बजेसम्म बैंकिङ सेवा दिने बताइएको छ । ग्लोबल आइएमई बैंक ग्लोबल आइएमई बैंकले दशैंका दिनमा पनि सेवा दिने गरी खुला रहने शाखा कार्यालयको सूची सार्वजनिक गरेको छ । बैंकले  बिदाको समयमा बिहान १० बजेदेखि १ बजेसम्म सेवा दिनेछ भने टीकाको दिन खुला रहने शाखाले १ बजेदेखि ३ बजेसम्म सेवा दिनेछ । बैंकले कोशी प्रदेशका झुम्का, धुलाबारी, बुद्धबारे, काँकडभिट्टा, विराटचोक, ट्राफिक चोक, कञ्चनबारी, धरान, इनरुवा, चाराली, दमक, तीनपैनी, इटहरी, गाइघाट, विराटनगर, बिर्तामोड, धुलाबारी शाखा, मधेश प्रदेशका जनकपुर, जनकपुर स्टेशन, वीरगन्ज, चन्द्रपुर, राजविराज, रुपानी, लहान, गोलबजार, गौर, लालबन्दी शाखा खुला रहेनछन् । बागमती प्रदेशका कान्तिपथ, कुलेश्वर क्षेत्रपाटी, डिल्लीबजार, त्रिपुरेश्वर, अनामनगर, शंखमुल, कमलादी, चाबहिल चोक, नक्साल, गोङ्गबु, सिनामंगल, बालाजु चोक, ज्ञानेश्वर, तिनकुने, लगनखेल, सातदोबाटो, काँडाघारी, बनेपा, इताछँे, नारायणगढ, टाँडी, बेलचोक हेटौँडा, बैंक रोड शाखा खुला रहनेछन् । यस्तै बागमतिका न्यूरोड, धापासी, ठमेल, मध्यबानेश्वर, पानीपोखरी, कोटेश्वर, कलङ्की, जावलाखेल, भरतपुर, सूर्यविनायक, सानो गौचरण, हात्तीगौँडा, कुपोण्डल, सुकेधारा, शहिदचोक, पर्सा शाखा खुला रहने बैंकले जनाएको छ । यस्तै, गण्डकी प्रदेशका न्यूरोड, पोखरा, सभागृह चोक, बेगनास, चिप्लेढुङ्गा, लेखनाथ, लेकसाइड पोखरा, बुढीबजार कास्की, बिरौटा, पामे, बगर, पावरहाउस, बेसीशहर, कावासोती, दमौली, बाग्लुङ, अमरसिंहचोक शाखा, कार्यालय खुला हुनेछन् । राष्ट्रिय वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकले दशैं बिदामा असोज २४ गते र असोज २५ गते शाखा कार्यालय खुला राख्ने भएको छ । बैंकले कोशी प्रदेशको महेन्द्रचोक, मधेशमा पिडारीचोक, बागमतीमा दरबारमार्ग, गण्डकीमा हरिचोक, लुम्बिनीमा मणिग्राम, कर्णालीमा वीरेन्द्रनगर र सुदूरपश्चिममा क्याम्पसरोड शाखाबाट बैंकिङ सेवा दिने जनाएको छ । एभरेष्ट बैंक एभरेष्ट बैंकले दशैं बिदामा असोज २५ गते शाखा कार्यालय खुला राख्ने भएको छ । बैंकले सो दिन बागमती प्रदेशका लगनखेल, न्यूरोड र बालाजु शाखाबाट सेवा दिने भएको हाे । साथै बैंकका शाखाबाट नेपाली रुपैयाँ नगद भुक्तानी र निक्षेप, इसीसी/आरटीजीएस, विदेशी मुद्रा विनिमय सुविधा उपलब्ध रहेको जनाएको छ । यसदिन बैंकले बिहान १० बजेदेखि साढे १ बजेसम्म सेवा दिनेछ । माछापुच्छ्रे बैंक माछापुच्छ्रे बैंकले दशैंको समयमा बिहान १ बजेदेखि २ बजेसम्म सेवा दिने जनाएको छ । बैंकले असोज २४ गते १५ वटा शाखा, असोज २५ गते १० वटा शाखा, असोज २७ गते ६ वटा शाखा र असोज २८ गते विभिन्न ८ वटा शाखा कार्यालयबाट सेवा दिने जनाएको छ । नबिल बैंक नबिल बैंकले दशैं बिदामा २९ वटा शाखा कार्यालय खुला राख्ने भएको छ । बैंकका अनुसार कोशी प्रदेशका विराटनगर, इटहरी, इटहरी पश्चिमलाइन, धरान बरगाछी, धरान, नाम्चेबजार, दमक, विर्तामोड, विर्तामोड विएनसी शाखा, मधेश प्रदेशमा वीरगञ्ज, जनकपुर, बागमती प्रदेश ललितपुर, कुमारीपाटी, महाराजगञ्ज, खिचापोखरी (न्यूरोड) न्यूरोड, तीनधारा, घण्टाघर, बौद्ध, बिजुलीबजार, कौशलटार, पनौती, नारायणगढ, हेटौडा शाखा खुला रहनेछन् । यस्तै, गण्डकी प्रदेशका पोखरा, लुम्बिनी प्रदेशका बुटवल, नेपालगञ्ज धम्बोजी चोक, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढी शाखाबाट सेवा दिने बैंकले जनाएको छ । दशैं होलिडे काउन्टरमार्फत् १० लाख रुपैयाँसम्म रकम जम्मा गर्ने र २ लाख रुपैयाँसम्म निकाल्न मिल्ने सुविधा रहेको बैंकको भनाइ छ । एनआईसी एशिया बैंक एनआईसी एशिया बैंकले दशैं बिदामा नगद काउन्टर सञ्चालन रहने जनाएको छ । बैंकले कोशी प्रदेशका विराटनगर, विर्तामोड, दमक शाखा, मधेश प्रदेशका वीरगञ्ज, जनकपुर शाखा, बागमती प्रदेशका भक्तपुर, पुल्चोक, कमलादी, न्युरोड (खिचापोखरी), थानकोट, नारायणगढ खुला रहने जनाएको छ । यस्तै, गण्डकी प्रदेशका महेन्द्रपुल पोखरा शाखा, लुम्बिनी प्रदेशका बुटवल, नेपालगञ्ज शाखा, कर्णालीका सुर्खेत शाखा र सुदूरपश्चिमको धनगढी चौराहा शाखा खुला रहनेछन् । बैंकका अनुसार न्यूरोड खिचापोखरी शाखा २ बजेदेखि ५ बजेसम्म खुला हुनेछ भने अन्य शाखा बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहने बताएको छ ।  सानिमा बैंक सानिमा बैंकले असोज २४ गते २९ वटा शाखा, असोज २५ गतेका दिन नक्साल शाखा, असोज २७ गतेका दिन २५ वटा शाखा र असोज २८ गतेका दिन ३० वटा शाखाबाट सेवा दिनेछ । यसदिन बैंकले बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म बैंकिङ सेवा दिने जनाएको छ । असोज २६ गते दशैंका दिन भने सबै शाखा कार्यालय बन्द रहने बैंकले जनाएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक स्ट्याण्डर्ड चार्टर्ड बैंकले असोज २४ गते बौद्ध, बुटवल, वीरगञ्ज, नारायणघाट, नेपालगन्ज, पोखरा शाखाबाट सेवा प्रदान गर्नेछ । यस्तै, असोज २५ गतेका दिन नयाँ बानेश्वर, बिराटनगर, धरान शाखा, असोज २७ गतेका दिन न्यूरोड काठमाडौं र पोखरा शाखा र असोज २८ गतेका दिन ललितपुर, विराटनगर र पोखरा शाखाबाट सेवा दिने बै.कले जनाएको छ । यसदिन बैंकले बिहान १० बजेदेखि अपरान्ह १ बजेसम्म बैंकिङ सेवा दिने जनाएको छ । यस्तै, बैंकले तिहार र छठ पर्वमा पनि सेवा प्रवाह हुने शाखाको सूची सार्वजनिक गरेको छ । कृषि विकास बैंक कृषि विकास बैंकले दशैंको बिदाको दिन खुला रहने शाखा कार्यालयको सूची सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक बिदा रहेका असोज २४ गते फूलपाती, असोज २५ गते महाअष्टमी तथा महानवमी र असोज २८ गते द्वादशीका दिन पनि सेवा दिने भएको हो । यसदिन बैंकले बिहान १० बजेदेखि अपरान्ह १ः३० बजेसम्म बैंकिङ सेवा दिने जनाएको छ । सिद्धार्थ बैंक नेपाल इन्भेष्टमेण्ट मेगा बैंक प्रभु बैंक मुक्तिनाथ विकास बैंकको दशैं काउन्टर सेवा कामना सेवा विकास बैंक सांग्रिला डेभलपमेन्ट बैंक