सिद्धार्थ बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंकले आफ्ना सेयरधनीहरूलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र करसहित ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँ रहेको छ । उक्त लाभांशको वितरण नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भइसकेपछि आगामी साधारणसभाबाट पारित गरी सेयरधनीहरूमा वितरण गरिनेछ ।
सिद्धार्थ बैंकका ग्राहकलाई इजी डेन्टल क्लिनिकमा १५ प्रतिशतसम्म छुट
काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले इजी डेन्टल क्लिनिक प्रालिमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकका ग्राहकले कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १५ प्रतिशत छुट पाउने भएका हुन् । बैंक र इजी डेन्टल क्लिनिकबीच ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । सम्झौता अनुसार चाबहिल स्थित इजी डेन्टल क्लिनिकमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उप्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
श्रीलङ्काको मन्दीबाट रिकभरी ‘असमान’ र सुस्त : विश्व बैंक
काठमाडौं । विश्व बैंकले मङ्गलबार नगद सङ्कटमा परेको श्रीलङ्काको सबैभन्दा खराब आर्थिक मन्दीबाट पुनःप्राप्ति ‘असमान र अपूर्ण’ रहेको र धेरै घरपरिवारले सन् २०२२ को सङ्कटको समयमा गुमाएको जीविकोपार्जन पुनः प्राप्त गर्न नसकेको बताएको छ । दक्षिण एसियाली यस टापु राष्ट्रको पछिल्लो समीक्षामा विश्व बैंकले सन् २०२५ मा ४.६ प्रतिशत र सन् २०२६ मा ३.५ प्रतिशतमा अर्थतन्त्र वृद्धि हुने अनुमान गरेको छ । यो गत वर्षको ५ प्रतिशतबाट घटेको हो । श्रीलङ्काको अर्थतन्त्रले सन् २०२२ मा सबैभन्दा खराब मन्दीको सामना गरेको थियो । उक्त वर्ष अर्थचतन्त्र ७.३ प्रतिशतले सङ्कुचित भएको थियो । सोही समयमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षलाई महिनौँको सडक विरोधपछि राजीनामा दिन बाध्य पारिएको थियो । 'यद्यपि हालको आर्थिक प्रगति उत्साहजनक छ, रिकभरी असमान र अपूर्ण छ', विश्व बैंकका श्रीलङ्का विश्लेषक डेभिड सिस्लेनले कोलम्बोमा पत्रकारहरूलाई भने । गरिबी दर घटेको भए पनि सन् २०१९ को तुलनामा अझै दोब्बर उच्च रहेको छ । 'श्रम बजार सुधार गर्न ढिलो भएको छ', सिस्लेनले भने, 'दुई करोड २० लाख मानिसमध्ये करिब १० प्रतिशत अझै गरिबीको रेखामुनि बस्छन् ।' खाद्यान्न मूल्य उच्च रहिरहँदा विशेष गरी कमजोर समूहहरूमा कुपोषण गम्भीर समस्या बनेको छ । देशले सन् २०२२ अप्रिलमा ४६ अर्ब डलरको विदेशी ऋण चुकाएको थियो र सन् २०२३ को सुरुमा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट दुई अर्ब ९० करोड डलरको चार वर्षे बेलआउट प्राप्त गरेको थियो । एक वर्षअघि सत्तामा आएका राष्ट्रपति अनुरा कुमार दिसानायकेको प्रशासनले उनका पूर्ववर्तीले ल्याएका धेरै कठोर उपाय र उच्च करहरू कायम राखेको छ । रासस