मुक्तिनाथ विकास बैंकका ग्राहकलाई एथलेट ल्यान्डमा छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले ललितपुरको बालकुमारीस्थित एथलेट ल्यान्ड एण्ड ट्रेनिङ क्लबमा विभिन्न सेवा लिँदा विशेष छुट पाउने भएका छन् ।

बैंकले आफ्ना ग्राहकलाई थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले एथलेट ल्यान्ड एण्ड ट्रेनिङ क्लबसँग विभिन्न सेवा तथा सुविधामा छुट दिने सम्बन्धमा व्यावसायिक सम्झौता गरेको हो ।

सम्झौताअनुसार बैंकका ग्राहकले क्लबमा उपलब्ध विभिन्न सेवामा ७.५० प्रतिशतदेखि १७.५० प्रतिशतसम्म विशेष छुट पाउनेछन् ।

एथलेट ल्यान्ड एण्ड ट्रेनिङ क्लबमा एमएमए, बक्सिङ, एडभान्स्ड कार्डियो, ग्रुप फिटनेस क्लास, जुम्बालगायतका सेवा उपलब्ध रहेको बैंकले जनाएको छ । साथै, वर्कआउटपछि रिल्याक्सेसनका लागि साउना सुविधासमेत उपलब्ध रहेको जनाइएको छ ।

छुट तथा सुविधा लिन बैंकका ग्राहकले मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।

बैंकले ग्राहकलाई बैंकिङ सेवासँगै विभिन्न क्षेत्रका सेवा तथा सुविधामा सहुलियत उपलब्ध गराउने उद्देश्यले यस्ता व्यावसायिक साझेदारी गर्दै आएको जनाएको छ ।

Share News