कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर ठमेलमा २० प्रतिशतसम्म छुट

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले ठमेलस्थित रमदा अन्कोर बाइ विइन्डम होटलका विभिन्न सेवा तथा सुविधामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

यसका लागि कुमारी बैंक र रमदा अन्कोर बाइ विइन्डम होटलबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको हो ।

सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले होटल तथा रेस्टुरेन्टमा उपलब्ध खाना, पेय पदार्थ र स्पा सेवामा १५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन् । साथै, होटलका विभिन्न सेवा तथा सुविधा लिन ग्राहकलाई किस्ताबन्दी (ईएमआई) सुविधा समेत उपलब्ध गराइनेछ ।

त्यस्तै, वार्षिक न्यूनतम १५ हजार रुपैयाँ खर्च गर्ने ग्राहकले आफ्नो जन्मदिनमा निःशुल्क केक प्राप्त गर्नेछन् । पारिवारिक जमघट तथा कार्यक्रमका लागि पनि केक र कर्केज शुल्क नलाग्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

रेस्टुरेन्टमा वार्षिक ५० हजार रुपैयाँ खर्च गर्ने कुमारी बैंकका ग्राहकले एक दिनको कोठा निःशुल्क पाउने सुविधा समेत प्राप्त गर्नेछन् । ग्राहकलाई लक्षित गरी ‘फ्यामिली डे आउट प्याकेज’ र ‘फ्यामिली स्टे प्याकेज’मा पनि विशेष छुटको व्यवस्था गरिएको छ ।

कुमारी बैंकले विगत २५ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको जनाएको छ । बैंकका देशभर २७९ शाखा, २९५ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ एकाइ सञ्चालनमा रहेका छन् ।

बैंकले ग्राहकलाई थप सरल, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न संस्थासँग सहकार्य गर्दै जाने जनाएको छ ।

Share News