एनएमबि बैंकको ब्याज आम्दानी २४.४९ प्रतिशत बढ्यो, वितरणयोग्य नाफा १.९४ अर्ब रुपैयाँ
काठमाडौं । एनएमबि बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा २० प्रतिशत घटेर ९१ करोड ५९ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले १ अर्ब १४ करोड ५६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु आवको असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २४.४९ प्रतिशत बढेर २ अर्ब ४८ करोड ७२ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले १ अर्ब ९९ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यसअवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी १४.३७ प्रतिशत बढेर ७१ करोड ६१ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी २३.४७ प्रतिशत बढेर ३ अर्ब ४४ करोड ४९ लाख रुपैयाँ, सञ्चालन नाफा १४.३१ प्रतिशत घटेर १ अर्ब ४९ करोड ८४ लाख रुपैयाँ रहेको छ । १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब ६२ करोड ३ लाख रुपैयाँ छ । असोज मसान्तसम्ममा बैंकको निक्षेप संकलन ३.४५ प्रतिशत बढेर २ खर्ब ९० अर्ब ६० करोड ५३ लाख रुपैयाँ र कर्जा लगानी २.४४ प्रतिशत बढेर २ खर्ब ३४ अर्ब २ करोड ३१ लाख रुपैयाँ प्रवाह गरेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ९४ करोड ३३ लाख रुपैयाँ रहेको छ । सो आधारमा बैंकले ८.०९ प्रतिशत लाभांश क्षमता राखेको छ । बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ घटेर १९.९५ रुपैयाँमा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७८.६४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ११.७८ गुणा रहेको छ । गत वर्षको असोजमा ३.६३ प्रतिशत रहेको खराब कर्जा यस वर्ष बढेर ४.५८ प्रतिशत पुगेको छ ।
कुमारी बैंकको नाफा १ अर्ब ५ करोड रुपैयाँ, बढायो ब्याज आम्दानी
काठमाडौं । कुमारी बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा २ प्रतिशत घटेर १ अर्ब ५ करोड ६५ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले १ अर्ब ७ करोड ८१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु आवको असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ३.७७ प्रतिशत बढेर २ अर्ब ९१ करोड २० लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले २ अर्ब ८० करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यसअवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी ३९.६३ प्रतिशत बढेर ८४ करोड ९१ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १३.१२ प्रतिशत बढेर ४ अर्ब २१ करोड ५३ लाख रुपैयाँ, सञ्चालन नाफा ८.११ प्रतिशत घटेर १ अर्ब ५ करोड ६५ लाख रुपैयाँ रहेको छ । २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ८५ करोड ७० लाख रुपैयाँ छ । असोज मसान्तसम्ममा बैंकको निक्षेप संकलन १.१६ प्रतिशत घटेर ३ खर्ब ६० अर्ब ४० करोड ६६ लाख रुपैयाँ र कर्जा लगानी ३.२५ प्रतिशत बढेर २ खर्ब ६९ अर्ब ४१ करोड ८४ लाख रुपैयाँ प्रवाह गरेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ९१ करोड ९९ लाख रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ३३ पैसा घटेर १६.११ रुपैयाँमा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४५.२१ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ११.२६ गुणा रहेको छ । गत वर्षको असोजमा ४.९६ प्रतिशत रहेको खराब कर्जा यस वर्ष बढेर ६.९८ प्रतिशत पुगेको छ ।
राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब बराबरको डिबेञ्चर जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘६ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८९’ को निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले एक हजारका दरले ३० लाख कित्ता बरारबर हुन आउने रकम ३ अर्ब बराबरको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा कुमारी क्यापिटललाई दिएको हो । बिहीबार (आज) बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा उक्त सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्ररमण खनाल र कुमारी क्यापिटलका सीईओ पुष्प शर्माले हस्ताक्षर गरे । जारी गर्न लागिएको ऋणपत्रमध्ये ६० प्रतिशत (१८ लाख कित्ता) अर्थात् १ अर्ब ८० करोड बराबरको भाग संस्थागत तथा व्यक्तिगत तवरबाट निष्काशन गरिनेछ भने बाँकी ४० प्रतिशत (१२ लाख कित्ता) अर्थात् १ अर्ब २० करोड बराबरको भाग सर्वसाधारणका लागि खुला हुनेछ । उक्त ‘६ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८९’ को वार्षिक ब्याजदर ६ प्रतिशत रहनेछ र यसको अवधि सात वर्ष तोकिएको छ । राष्ट्रिय वाणिज्य बैंकले ३१० शाखा कार्यालयमार्फत देशभर आधुनिक बैंकिङ तथा वित्तीय सेवाहरू प्रदान गर्दै आएको छ ।