स्टार्टअप एण्ड आइडिया फेष्टमा एनआइबिएल एस क्यापिटलको सहभागिता
काठमाडौं । बुटवलमा सम्पन्न भएको स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआइबिएल एस क्यापिटलले सहभागिता जनाएको छ । संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको यस कम्पनीले उक्त कार्यक्रममा पनि सहभागीहरूलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउँदै सो सेवामार्फत् नविनतम् योजना र सोचहरूलाई व्यावसायिक पूर्णता दिने उद्देश्य राखेको बताएको छ । यही चैत १८ गतेबाट लिभिङ विथ आइसीटीले सातै प्रदेशमा इ-बिमाको मुख्य प्रायोजनमा स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ आयोजना आरम्भ गरेको थियो । यसैक्रममा मिति २०७८ चैत्र २३ गते सो फेष्टको दोस्रो कार्यक्रम बुटवलमा सम्पन्न भएको हो । डिजिटल क्षेत्रमा क्रियाशिल स्थानीय नवप्रवर्द्धकहरूलाई प्रवर्द्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।
हिमाल डेन्टलमा महालक्ष्मी विकास बैंकका ग्राहकलाई छुट
काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौंको धुम्बाराहीमा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साईन्ससङ्गग सहकार्य गरेको छ । दुई कम्पनीबीचको सहकार्यसँगै यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरूले सम्पूर्ण दन्त सेवाहरूमा आकर्षक छुट प्राप्त गर्न गर्ने बैंकले जनाएको छ । तर छुटको मात्रा कति हो भनेर विज्ञप्तिमा उल्लेख गरिएको छैन । महालक्ष्मी विकास बैंकले प्रदेश नं १ मा ५, मधेश प्रदेशमा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कूल १०३ वटा शाखाहरूमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ ।
केही समयको लागि ईसेवाको भुक्तानी सेवा बन्द
काठमाडौं । आज नेपाल विद्युत् प्राधिकरण अनलाइन भुक्तानी संकलन प्रणाली माइग्रेशनका लागि बन्दै इसेवाले आफ्नो ट्रान्स्फर सेवा बन्द गरेको छ । आज साढे ३ बजेदेखि साँझ ६ बजेसम्मका लागि बन्द गरिएको इसेवाले जनाएको छ । इसेवाका अनुसार सो समयावधिमा इसेवाको भुक्तानी रोकिन सक्ने भन्दै इसेवाले सूचना निकालेको छ । उक्त माइग्रेशनको अवधिमा भएको असुविधाप्रति इसेवाले क्षमा मागेको छ भने ६ बजेपछि सेवा पूर्ण रुपमा सञ्चालनमा आउने जनाएको छ ।