शाखा लहान र कटारीमा ज्योति विकास बैंकको शाखा विस्तार

<p>काठमाडौं । ज्योति विकास बैंकले बिहीबार लहान र कटारीमा नयाँ शाखा विस्तार गरी सेवा सुरु गरेको छ । बैंकिङ पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्&#x200d;याउने उद्देश्यका साथ नयाँ शाखाहरू सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । लहान नगरपालिका-८ सिरहास्थित लहान शाखाको उद्घाटन लहान उद्योग वाणिज्य संघका अध्यक्ष अशोक लाल अमात्य र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त [&hellip;]</p>

काठमाडौं । ज्योति विकास बैंकले बिहीबार लहान र कटारीमा नयाँ शाखा विस्तार गरी सेवा सुरु गरेको छ ।

बैंकिङ पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्‍याउने उद्देश्यका साथ नयाँ शाखाहरू सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

लहान नगरपालिका-८ सिरहास्थित लहान शाखाको उद्घाटन लहान उद्योग वाणिज्य संघका अध्यक्ष अशोक लाल अमात्य र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरे ।

साथै, कटारी नगरपालिका-४ उदयपुरस्थित कटारी शाखाको उद्घाटन कटारी उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर खड्का र बैंकका संचालक सुरेन्द्र बहादुर नेपालीले संयुक्त रुपमा गरे ।

उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्यहरु,बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु,ग्राहक तथा स्थानीय व्यवसायीहरूको पनि उपस्थिति थियो।

Share News