
काठमाडौं । आज नेपाल विद्युत् प्राधिकरण अनलाइन भुक्तानी संकलन प्रणाली माइग्रेशनका लागि बन्दै इसेवाले आफ्नो ट्रान्स्फर सेवा बन्द गरेको छ ।
आज साढे ३ बजेदेखि साँझ ६ बजेसम्मका लागि बन्द गरिएको इसेवाले जनाएको छ । इसेवाका अनुसार सो समयावधिमा इसेवाको भुक्तानी रोकिन सक्ने भन्दै इसेवाले सूचना निकालेको छ ।
उक्त माइग्रेशनको अवधिमा भएको असुविधाप्रति इसेवाले क्षमा मागेको छ भने ६ बजेपछि सेवा पूर्ण रुपमा सञ्चालनमा आउने जनाएको छ ।