काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर, युरो र पाउन्ड स्टर्लिङको भाउ घटेको छ।
त्यस्तै, अस्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको मूल्य पनि घटेको छ। स्विस फ्र्यांकको भाउ भने बढेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८९ पैसा रहेको छ। मंगलबार डलरको खरिददर १५१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५२ रुपैयाँ १५ पैसा थियो।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ १९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८६ पैसा कायम भएको छ। अघिल्लो दिन युरोको खरिददर १७० रुपैयाँ १ पैसा र बिक्रीदर १७० रुपैयाँ ६८ पैसा थियो।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६९ पैसा रहेको छ। मंगलबार यसको खरिददर २०३ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०४ रुपैयाँ २२ पैसा थियो।
यता, स्विस फ्र्यांकको मूल्य भने बढेको छ। आज एक स्विस फ्र्यांकको खरिददर १८४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८५ रुपैयाँ ५६ पैसा पुगेको छ। मंगलबार यसको खरिददर १८४ रुपैयाँ ६० पैसा र बिक्रीदर १८५ रुपैयाँ ३३ पैसा थियो।
अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ५० पैसा र बिक्रीदर १०५ रुपैयाँ ९२ पैसा कायम भएको छ। अघिल्लो दिन यसको खरिददर १०६ रुपैयाँ ४० पैसा र बिक्रीदर १०६ रुपैयाँ ८२ पैसा थियो।
त्यस्तै, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ २६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६९ पैसा रहेको छ। मंगलबार यसको खरिददर १०८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९४ पैसा थियो।
सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ११ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५८ पैसा कायम भएको छ। अघिल्लो दिन यसको खरिददर ११८ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११९ रुपैयाँ थियो।
राष्ट्र बैंकले तोकेको विनिमयदर आवश्यकताअनुसार परिवर्तन हुन सक्नेछ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विदेशी मुद्राको विनिमयदर भने यसभन्दा फरक हुन सक्ने राष्ट्र बैंकले जनाएको छ।