संसारभरि नै सरकार र केन्द्रीय बैंकबीच टसल हुन्छ : पूर्वगभर्नर नेपाल
काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले संसारका धेरै देशमा सरकार र गभर्नरबीच टसल हुने गरेको बताएका छन् । आज रिपोर्टर्स क्लवमा भएको एक कार्यक्रममा उनले भने,‘गभर्नर पनि सरकारले नै बनाउने हो, नेपाल राष्ट्र बैंकको काम मौद्रिक नीति बनाएर कार्यान्वयन गर्ने हो, देशमा वित्तीय स्थायित्व लिएर आउने हो, शोधान्तरको स्थितिलाइ राम्रो गर्ने अनि भुक्तानी प्रणालीलाई राम्रो गर्ने हो, सरकारलाई सल्लाहकारको रुपमा काम गर्ने हो ।’ उनका अनुसार सरकारले बनाएको नियम, कानूनअनुसार बैंक अघि बढ्नुपर्छ । केन्द्रीय बैंक स्वायत्त संस्था भएकाले दिगो वित्तीय स्थायित्वको लागि स्वायत्तता आवश्यक रहेको उनको भनाइ छ । उनका अनुसार राष्ट्र बैंकले वित्तीय क्षेत्रलाई स्थायित्व गर्नको लागि दीर्घकालिन नीति तर्जुमा गर्नुपर्छ । ‘अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबीच समन्वय हुनुपर्छ, सरकार र गभर्नरबीच संसारभरि नै टसल पर्छ, मेरो बेलामा पनि भएको थियो ।’ उनले भने । उनका अनुसार आज पनि ३०४ अर्ब रुपैयाँ सरकारको ढुकुटीमा छ । पुँजीगत खर्च भएन, नेपालको अर्थतन्त्रको मेरुदण्ड भनेको रेमिट्यान्स हो, विदेशी सञ्चिति कम भयो, अहिले विदेशी सञ्चितीमा प्रेसर भएको छ, ११ महिना पुग्ने वस्तु तथा सेवा आयात गर्ने पुग्ने विदेशीसञ्चिति घटेर ६.७ मा पुग्ने भएको छ, अब अनुशासित हुनुपर्छ ।’ उनले भने । साथै, नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको बाटोमा नरहेको स्पष्ट पारेका छन् । उनले नेपालको अर्थतन्त्रमा देखिएको अहिलेको समस्या छिट्टै समाधान हुने पनि उनले विश्वास दिलाए ।
खोटाङको बुइपामा ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपामा नयाँ शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ। नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएसँगै बैंकका शाखारहित बैंकिङ सेवाको संख्या २७५ पुगेको छ। शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत बैंकिङ सेवा लिन सक्नेछन्। कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेका ग्रामीण क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनका लागि ग्लोबल आइएमई बैंकले शाखारहित बैंकिङ सेवा सुरु गरेको हो। बैंकले मुलुकभर २८८ शाखा, २७५ शाखारहित बैंकिङ सेवा, २५६ एटीएम, ५१ एक्सटेन्सन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।
स्मार्टच्वाइस र माइपेबीच भुक्तानी सेवाबारे सम्झौता
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र स्माटकार्ड नेपाल(माइपे वालेट) बीच स्मार्ट क्यूआरमार्फत भुक्क्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ । राजधानी काठमाडौंमा आयोजित विशेष कार्यक्रमकाबीच स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र स्माटकार्ड नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले स्मार्ट क्यूआर सेवा सञ्चालनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात माई पे वालेट प्रयोगकर्ताले माई पे वालेट मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरूलाई भुक्क्तानी गर्न सक्छन भने माईपेमार्फत विभिन्न व्यवसायमा आवद्व व्यवसायीहरूले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिनलाई क्यूआरको सुविधा लिन सक्नेछन् ।