विश्व बैंकले नेपाललाई थप १५ करोड अमेरिकी डलर दिने
काठमाडाैं । विश्व बैंकले नेपाललाई थप १५ करोड अमेरिकी डलर दिने भएको छ । नेपालको वित्तिय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तिय समधानको विविधिकरण गर्न र नेपालमा वित्तिय सेवामा पहुँच बढाउनका लागि विश्व बैंकले सो रकम ऋण सहायता स्वरुप नेपालमा उपलब्ध गराउने सम्झौता गरिएको हो । बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एक कार्यक्रममाबीच अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले सो सम्झौतामा हस्ताक्षर गरेका छन् । कोभिड महामारी, जलवायू परिवर्तनका जोखिमहरुको सम्बोधन गर्नुका साथै डिजिटल भुक्तानी र वित्तिय समावेशीकरणको आयोजनाहरुलाई सम्पन्न गराउन सो ऋण सहायताले सहयोग पुर्याउने अर्थ सचिव मरासिनीले बताए । सम्झौता पत्रमा कोभिड १९ महामारीको परिप्रेक्ष्यमा वित्तिय स्थायित्वका जोखिमहरुलाई सम्बोधन गर्न बैंकिङ क्षेत्रहरुको परिस्थिति परिवेक्षणलाई यो सहायताले सघाउने उल्लेख गरिएको छ । त्यसैगरी यसले पूँजी, बिमा र प्रकोप जोखिम वित्तिय बजारहरु खोल्न र नविनतम वित्तिय सेवाहरुलाई प्रवद्र्धन गर्न पनि मद्दत गर्ने अर्थ सचिव मरासिनीले जानकारी दिए । निजी क्षेत्रको नेतृत्वमा हुन सक्ने वृद्धिलाई सहयोग पु¥याउने गरी वित्तिय क्षेत्रको कार्यशैली सुधार गर्न पनि यो ऋण सहायता उपयोगी हुने अर्थ मन्त्रालयले जनाएको छ । यस्तै माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक जर्भोसले सबै वित्तिय बजारहरुमा विस्तारित जलवायु उत्थानशिलता एजेन्डाको सुरुवात गर्नुका साथै रुपान्तरणकारी वित्तिय क्षेत्र सुधारका कार्यक्रमहरुलाई सो ऋण सहायताले सघाउने बताए ।
पैसा नभएको बैंकको चेक काट्ने भक्तपुरका सुवाल पक्राउ, साढे २४ लाख जरिवाना तिर्नुपर्ने
काठमाडौं । पैसा नभएको सिभिल बैंकको चेक काट्ने भक्तपुर विक बहादुर सुवाल पक्राउ परेका छन् । भक्तपुर न.पा वडा नं. २ मा बस्ने ४७ वर्षका सुवाललाई बुधबार प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी जाहेरवालालाई झुक्यानमा पारी एनआइसि एसिया बैंकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गर्दै सुवाललाई उच्च अदालत पाटनले गत फागुन ३० गते बैंकिङ कसुरको सजाय तोकेको थियो । उनलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ६ दिन कैद र २४ लाख ५९ हजार ८२२ रुपैयाँ जरिवाना ठहर भएको थियो । तर, उनी त्यसयत फरार थिए ।
लुम्बिनी विकास बैंकको थप नयाँ दुई शाखा कार्यालयको उद्घाटन
काठमाडौं । लुम्बिनी विकास बैंकले थप दुई शाखाहरुको उद्घाटन गरेको छ । बैंकले ८० औं शाखाको रुपमा कलंकी शाखा र ८१ औँ शाखाको रुपमा नुवाकोट जिल्ला बिदुर नगरपालिकास्थित बट्टार शाखाकाे उद्घाटन गरेकाे हाे । कलंकी शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसाल र बट्टार शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र नुवाकोट उद्मोग वाणिज्य सघंका अध्यक्ष तारा बहादुर कार्कीले संयुक्त रुपमा गरेका छन् । बैंकले देशको ७ वटै प्रदेशमा ८१ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ र निकट भविष्यमा कपिलवस्तुको चन्द्रौटा,बर्दियाको ताराताल,कैलालीको लम्की र मसुरिया एवं कंचनपुरको बाणी समेत गरी थप ५ शाखा खोल्नको लागी तयारी गरिरहेकाे जानकारी दिएकाे छ ।