होटल एशियातिकमा बैंक अफ काठमाण्डुका ग्राहकलाई छुट

काठमाडौं । बैंक अफ काठमाण्डुका ग्राहकहरूले होटल एशियातिकमा २० प्रतिशत सम्मको विशेष छुट पाउने भएका छन । बैंक र होटलबीचको सम्झौतासँगै ग्राहकहरूले छुट पाउने भएका हुन् । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट भुक्तानी गर्दा बैंकका ग्राहकहरूले छुट पाउने भएका हुन् । होटल एशियातिक्वले एयरपोर्ट रोड, विराटनगरबाट सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म बैंक अफ काठमाण्डूले ९७ शाखा कार्यालयहरू, ८७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरूलाई उत्कृष्ट बैंकिङ सेवा प्रखान गरिरहेको छ ।

एभरेष्ट बैंकको मोबाइल एपमा ‘नेपाल पे क्यूआर’ एकीकृत

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप, इबिएल टच २४ मा ‘नेपालपे क्यूआर’ लाई एकीकृत गरेको छ । यससँगै ग्राहकहरूले अब विभिन्न भुक्तानी गेटवेमा उपलब्ध ‘नेपालपे क्यूआर’ मार्फत भुक्तानीहरू गर्न सक्नेछन् । एभरेष्ट बैंकले ‘नेपालपे क्यूआर’ को लागि व्यवसायहरू प्राप्ति गर्न पनि पहल गरेको छ। हाल एभरेष्ट बैंकले आफ्ना ११५ शाखा, ३१ राजश्व सङ्कलन काउन्टर, १५० एटीएममार्फत बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

नबिल बैंकले कर्मचारीको छोराछोरीलाई दियो दुई लाखको छात्रवृति

काठमाडौं । नबिल बैंकले आफ्ना कर्मचारीहरुकाे छाेराछाेरीलाई दुई लाखकाे छात्रवृति दिएकाे छ । बैंकले पूर्व अध्यक्ष स्व. शम्भु प्रसाद पौड्यालको सम्झनामा यस वर्षबाट कर्मचारी परिवारको लागि सुरु गरेकाे ‘श्री शम्भु प्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ अन्तर्गत दुई लाखकाे छात्रवृति दिएकाे हाे । स्व. पौड्यालले बैंकमा लामो समयदेखि संचालक समितिमा योगदान गर्दै आएका थिए । यस छात्रवृत्ति कार्यक्रममा प्रत्येक वर्ष नबिल बैंकका सम्पूर्ण कर्मचारीहरुले राष्ट्रिय परिक्षा बोर्डको प्लस टु तहमा उत्कृष्ट नतिजा ल्याउने मेहेनती तथा जेहेन्दार छाेराछाेरीकाे नाम मनोनयन गर्न सक्दछन् । उच्च शिक्षाको लागि प्रोत्साहन गर्ने उदेश्य सहित बैंकले यो कार्यक्रम ल्याएको जनाएकाे छ । मनोनित कर्मचारी परिवारका सन्तानहरुबाट उत्कृष्ट नतिजा ल्याउने २ जना पुरुष र २ जना महिला सन्तानहरुलाई प्रत्येक वर्ष यो पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ । बैंककाे अनुसार पुरस्कारको रकम ५० हजार प्रत्येक विजेता कर्मचारीका सन्तानहरुलाई प्रदान गरिने छ ।