एनएमबि बैंकले लालबन्दीका कृषकहरुलाई दियो वित्तिय साक्षरता तालिम

<p>काठमाडौं । एनएमबि बैंकले लालबन्दीका तरकारी उत्पादक कृषकहरुलाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ । कार्यक्रममा तरकारी उत्पादक समूहका करिव १५० जना कृषकहरुको उपस्थिति रहेको थियो । बैंकको लघुवित्त विभाग तथा शाखा कार्यालय लालबन्दीद्धारा आयोजित उक्त कार्यक्रमा उपस्थित कृषकहरुलाई उत्प्रेरणाको साथै बचत, लगानी, विभिन्न प्रकारका कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरुको विषयमा [&hellip;]</p>

काठमाडौं । एनएमबि बैंकले लालबन्दीका तरकारी उत्पादक कृषकहरुलाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ । कार्यक्रममा तरकारी उत्पादक समूहका करिव १५० जना कृषकहरुको उपस्थिति रहेको थियो ।

बैंकको लघुवित्त विभाग तथा शाखा कार्यालय लालबन्दीद्धारा आयोजित उक्त कार्यक्रमा उपस्थित कृषकहरुलाई उत्प्रेरणाको साथै बचत, लगानी, विभिन्न प्रकारका कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरुको विषयमा वित्तीय शिक्षा प्रदान गर्नुको साथै किसानहरुसँग अन्तरकृया समेत गरी उनीहरुको जिज्ञासा तथा सुझावहरु संकलन गरिएको थियो ।

कार्यक्रममा एनएमबि बैंकका तर्फबाट लघुवित्त विभागका प्रवन्धक श्री शरद पौडेलले सहजीकरण गर्नु भएको थियो भने कार्यक्रमको संयोजन बैंकको लालबन्दीका शाखा प्रमुख अरुण कुमार आचार्यले गरेका थिए ।

सर्लाहीको लालबन्दी क्षेत्र तरकारी उत्पादनको लागि अत्यन्तै महत्वपूर्ण पकेट क्षेत्र मानिन्छ । यस क्षेत्रका करिव १५ सय किसानहरु प्रत्यक्ष रुपमा व्यवसायीक तरकारी खेतीमा लागेका छन । यस क्षेत्रमा उत्पादित तरकारीहरु नेपालका काठमाडौं, पोखरा, बिराटनगर, नारायणगढ लगायतका विभिन्न शहरहरुमा पठाईने गरिन्छ ।

Share News