नेपालमै वर्षमा १० हजार विद्युतीय स्कुटर उत्पादन गर्ने ग्रन्थ इभीको लक्ष्य, अन्यभन्दा १ लाख सस्तो

काठमाडौं । ग्रन्थ इलेक्ट्रिक भेइकलले एफडी मोटर्स नेपाल ब्राण्डको स्कुटर उत्पादनको तयारी थालेको छ । कम्पनीले नेपालमै एसेम्बल गरेर ग्रन्थ ब्राण्डका इभी स्कुटर उत्पादनको तयारी थालेको हो । कम्पनीले आगामी वर्षको बैशाखदेखि ईभी स्कुटर उत्पादन गर्ने तयारीका साथ काम गरिरहेको बताएको छ । भैरहवामा एसेम्बल प्लान्ट जडान गर्ने काम सम्पन्न भएपछि सो ठाउँमा ग्रन्थ ईभी स्कुटरको उत्पादन सुरु हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजन ढुंगेलले बताए । उनका अनुसार कम्पनीले पहिलो चरणमा कम्पनीले चीनबाट तयारी ईभी आयात गरेर बिक्री गर्ने र एसेम्बल प्लान्ट तयार भएपछि नेपालमै स्कुटर उत्पादन गर्ने तयारी भइरहेको बताए । कम्पनीका अनुसार नेपालै उत्पादन हुने भनिएको ग्रन्थ ईभीका दुइटा मोडल छन् । उक्त मोडल ‘एफ फाइभ’ र ‘एफ फाइभ ए’ हुन् । कम्पनीले एफ फाइभको २ लाख ६० हजार र एफ फायब एको २ लाख ९० हजार रुपैयाँभन्दा कम मूल्य तोकेको छ । बजारमा उपलब्ध अन्य स्कुटर भन्दा ग्रन्थ ईभी एक लाख सस्तो रहेको कम्पनीको भनाइ छ । सीईओ ढुंगेलका अनुसार ग्रन्थ इलेक्ट्रिक स्कुटर आगामी वैशाखको १५ देखि बुकिङ खुल्ला भइ बिक्री हुन सुरु हुनेछ । ‘यो स्कुटर बजारमा नआए पनि धेरैले चासो देखाएका छन्, बुकिङको लागि विभिन्न कम्पनी तथा व्यक्तिहरूले कुरा गरिरहनु भएको छ,’ उनले भने । नेपालमा पाइने अन्य स्कुटरहरु भन्दा सस्तो मूल्यमा गुणस्तरीय विद्युतीय स्कुटर उत्पादन गर्ने तयारीमा रहेको सो कम्पनीका स्कुटर बैशाखदेखि सस्तो मूल्यमा पाइनेछ । १० करोडमा एसेम्बल प्लान्ट कम्पनीले भैरहवामा इलेक्ट्रिक स्कुटरको एसेम्बल प्लान्ट स्थापना गर्दैछ । सो प्लान्टको निर्माणको काम पनि अन्तिम चरणमा पुगेको सीईओ ढुंगेलले बताए । कम्पनीले उक्त एसेम्बल प्लान्ट निर्माणको लागत ५ करोड रुपैयाँ लाग्ने अनुमान गरे पनि काम सम्पन्न हुँदासम्म १० करोड रुपैयाँ लागत लाग्ने बताइएको छ । उनका अनुसार सो इभी स्कुटरमा प्रयोग हुने पार्टपुर्जाहरु चीनबाट आयात गरिनेछ । कम्पनीले इभीमा जडान हुने ब्याट्री, मोटर लगायतका अन्य पार्टहरू अन्य भेन्चरहरुबाट ल्याउने योजना बनाएको छ । भैरहवामा इलेक्ट्रिक स्कुटरको एसेम्बल प्लान्ट सञ्चालन आएपछि दैनिक २०/२५ वटा इभी तयार हुनेछन् । भैरहवामा निर्माणाधीन प्लान्टबाट वार्षिक १० हजार इभी स्कुटरको उत्पादन गर्न सकिने ढुङ्गेलको दाबी छ । मूल्य नबढाउने केही समयअघि विदेशी उत्पादक तथा तिनका वितरकले विद्युतीय स्कुटर ग्रन्थको मूल्य बढाउन दवाव दिएको भन्दै कम्पनीले विज्ञप्ति नै जारी गरेको थियो । विदेशी स्कुटकर उत्पादकहरुले ग्रन्थ ईभीको मूल्य कम भएको र त्यसलाई बढाउन दबाब दिएको ढुंगेलले बताए । आफ्नो स्कुटरहरूको मूल्य अनुसार ग्रन्थ ईभीको मूल्य नराखे उद्योगमा गा¥हो हुने भन्दै घुमाउरो पारामा घम्की दिइरहेको र विशेष गरी बैंकमा सञ्चालक रहेका व्यक्तिको स्कुटर कम्पनीबाटै दबाब आएको कम्पनीले विज्ञप्ति नै जारी गरेको थियो । तर, विदेशी उत्पादक तथा तिनका वितरकले दबाब दिए पनि ग्रन्थ ईभीका मूल्य नबढाउने ढुंगेलले बताए । मूल्य बढाउनु पर्याे भन्दै दुई कम्पनीबाट दबाब आएको ढुङ्गेलको भनाइ छ । पहिलो चरणमा स्कुटर काठमाडौंमा बिक्री हुनेछ भने त्यसपछि उपत्यका बाहिर पनि शाखा विस्तार गर्दै बिक्री गर्ने उनले बताए । यस्ता छन् विशेषता अहिले ग्रन्थ स्कुटरको विषयमा धेरैले चासो राखेका छन् । ग्रन्थले बनाउने विद्युतीय स्कुटरमा साइड ड्राइभ मोटर प्रयोग गरिएको छ । यो मोटरका कारण उकालो ओरालोमा स्कुटर सजिलै गुडाउन सकिने कम्पनीको दाबी छ । अन्य स्कुटरहरुमा सामान्यतया हब मोटर प्रयोग गरिएको हुन्छ । यो प्लेन एरिया गुड्न सजिलो सक्छ । यो स्कुटरमा लिथिमय आइरन फस्पेट ब्याट्री प्रयोग गरिएको छ । यो ब्याट्रीको रेञ्ज बढी दिन्छ । ब्याट्री र मोटरमा ३ वर्ष वारेन्टी पाइनेछ । ४ देखि साढे ४ घण्टामा उक्त स्कुटर फुल चार्ज हुनेछ भने अधिकतम रेञ्ज ११० किलोमिटर दिनेछ । यसमा ब्याट्री ब्रेक रिजेनेरेटेड सिस्टम प्रयोग गरिएको छ । यसले गर्दा ब्रेक हान्दा खर्च भएको शक्तिले फेरि ब्याट्रीमा आएर रिचार्ज हुन्छ, जसले गर्दा रेञ्ज बढी दिनेछ । स्कुटरमा फास्ट चार्जर प्रविधि पनि राखिएको छ । राम्रो र पावरफुल पफर्मेन्स पनि हुन्छ । पर्मानेन्ट म्यागनेट सिङ्क्रोनाइजेसन मोटर प्रविधिमा आधारित साइड ड्राइभ मोटर प्रविधि टेस्लाले समेत प्रयोग गर्ने गरेको ढुंगलले बताउँछन् । उनका अनुसार यसमा प्रयोग भएका विशेषताहरु नेपालमा उपलब्ध स्कुटरमा पनि छैन ।

सार्वजनिक हुनुअघि विशेष मूल्यमा जिपको पहिलो सेभेन–सिटर मेरिडियनको बुकिङ खुल्ला

काठमाडौं ।अमेरिकी अटोमोबाइल ब्रान्ड जिपले नेपालमा नयाँ प्रिमियम एसयुभी जिप मेरिडियनको बुकिङ खुल्ला गरेको छ । नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले जिप मेरिडियनलाई नेपाली बजारमा सार्वजनिक गर्नुअघि विशेष मूल्यमा बुकिङ खुल्ला गरेको हो । जिप मेरिडियन अमेरिकी विरासत बोकेको जिप ब्रान्डको पहिलो ‘सेभेन–सिटेड’ ‘फोर बाई फोर’ क्षमता भएको एसयुभी हो जसलाई एमएडब्लु लाइफले केही सातामा नेपालमा सार्वजनिक गर्ने तयारी थालेको छ । नेपालमा जिप मेरिडियनको लन्चअघिको विशेष मूल्य एक करोड ८० लाख ९० हजार रुपैयाँ कायम गरिएको छ । यसैबीच, एमएडब्लु लाइफले आफ्नो काठमाडौं नक्सालस्थित सोरुमबाट जिप मेरिडियनको ‘डिस्प्ले’ तथा ‘टेस्ट ड्राइभ’ पनि सुरु गरिसकेको छ । नेपालमा मेरिडियनको टप भेरियन्ट लिमिटेड (ओ) उपलब्ध हुनेछ । मेरिडियनमा २.० लिटरको ‘मल्टिजेट डिजेल इन्जिन’ हुनेछ जसको ‘नाइन–स्पिड अटोमेटिक ट्रान्समिसन’ले १६८ बीएचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्नेछ । यसमा ‘स्यान्ड’, ‘मड’, ‘स्नो’ र ‘अटो अप्सन’ रहेको ‘सेलेक–टेरेन’सहितको जिपको ‘लेजेन्डरी फोर बाई फोर सिस्टम’ रहेको छ । जिप मेरिडियन ‘एड्भेन्चर’ र ‘सोफिस्टिकेसन’को अनुपम मिश्रण हो जसमा धेरै ‘सेग्मेन्ट–फस्र्ट’ फिचरहरु छन् र यो ‘अनरोड’ र ‘अफरोड’ दुवैका लागि क्षमतावान् छ । प्रिमियम इन्टेरियर, ठूलो क्याबिन स्पेस, अत्याधुनिक प्रविधि र व्यवहारिक फिचरहरुले जिप मेरिडियनलाई बजारमा उपलब्ध ‘सभेन–सिटर एसयुभी’ मध्येमा अब्बल बनाएको छ । भारतमा केही समयअघि सार्वजनिक गर्नुअघि जिपले मेरिडियनलाई यसको ‘ड्युरेबिलिटी’ र ‘कन्सिस्टेन्ट पर्फमेन्स’ प्रत्याभुत गर्न एक लाख किलोमिटर कठोर परीक्षणमा राखेको थियो । जिप मेरिडियन कठोर भौगोलिक अवस्थाका लागि जबरदस्त मात्र छैन सुन्दर पनि छ । जिपको ‘आइकनिक सेभेन–स्लट ग्रिल’, ‘डीआरएल’सहितको ‘पावरफुल एलइडी प्रोजेक्टर हेडल्याम्प’, ‘बम्परमा राखिएका सिल्भर लाइनहरु र ‘क्रोम फिनिस’ले मेरिडियनलाई आधुनिक ‘एसयुभी’को रुप दिएको छ । मेरिडियनमा जिपको ‘यु–कनेक्ट’ जडित १०.१ इन्चको टचस्क्रिन, १०.२ इन्चको ‘डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर’, ‘पानोरामिक सनरुफ’, ‘वायरलेस स्मार्ट कनेक्टिभीटी’, ‘वायरलेस फोन चार्जिङ’, ‘डुअल–जोन क्लाइमेट कन्ट्रोल’, ‘भेन्टिलेटेड पावर्ड फ्रन्ट सिट’ र ‘पावर टेलगेट’ लगायतका फिचर छन् । साथै, सुरक्षाका लागि यसमा ६ वटा ‘एअर ब्याग’, ‘३६० डिग्री क्यामेरा’, ‘टायर प्रेसर मनिटरिङ’, ‘ट्रयाक्सन कन्ट्रोल’, ‘इएससी’, ‘हिल–स्टार्ट एन्ड डिसेन्ट कन्ट्रोल’ जस्ता फिचर छन् ।

टिभिएसले ल्यायो नयाँ वर्षको अफर, पक्का डिस्काउन्टदेखि नि:शुल्क हेलमेट पनि

काठमाडौं । टिभिएसले नयाँ वर्षको अवसरमा आकर्षक अफरहरु लिएर आएको छ । कम्पनीले नयाँ वर्षको अवसरमा आफ्ना हरेक बाइकको खरिदमा ८ हजार र स्कुटरको खरिदमा ७ हजारको पक्का डिस्काउन्ट दिने जनाएको छ । यस्तै, कम्पनीको अनुसार यस अवसरमा अपाचे बाइकको खरिदमा ५ हजार मुल्य बराबरको हेल्मेट पनि सित्तैमा पाइनेछ । त्यसका साथै, कम्पनीले ० प्रतिशत ब्याजदरको फाइन्यान्स सुविधा र बाइक एक्सचेन्जमा बजार मुल्यभन्दा १० हजार बढी भ्यालुएसन पनि दिने जनाएको छ । चैत्र १९ बाट सुरु भएको यो अफर देशैभर सिमित अवधिको लागि मात्र लागु हुने कम्पनीले बताएको छ ।