नयाँ वर्ष अफर : बाइक/स्कुटर किन्दा करसँगै बीमा छुट, ५० हजार क्यासब्याक पनि
काठमाडौं । नयाँ वर्ष २०८० का लागि बाइक तथा स्कुटर बिक्रेता कम्पनीहरुले अफर सार्वजनिक गर्न थालेका छन् । ग्राहकलाई आफ्ना साधनमा आकर्षण गर्न बिक्रेता कम्पनीहरुले नगद पुरस्कार, कर तथा बीमा छुटदेखि क्यासब्याक सम्मका अफर सार्वजनिक गर्न थालेका हुन । पछिल्लो समय कोरोना महामारि, सरकारले आयातमा लगाएको प्रतिबन्ध तथा तरलता अभावका कारण बिक्री कम भएका दुई पांग्रो बाइक तथा स्कुटर खरिदका लागि कम्पनीहरुले आर्कषण अफर सार्वजनिक गर्न थालेका हुन । आयातमा लगाईएको प्रतिबन्ध र तरलता अभावका कारण पछिल्लो समय अटो बजार अस्तव्यवस्त भएको छ । अटो व्यवसायीले बजार चलायमान बनाउन अफरले केही सहयोग पुग्ने विश्वास गरेका छन् । मोटरहेडको बाइक किन्दा बीमादेखि कर छुट मोटरहेड मोटरसाइकलले नयाँ वर्ष २०८० लाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ । नेपालका लागि मोटरहेडको आधिकारिक वितरक एस.एल.आर टेक्नो एण्ड ट्रेडले ‘सुपर पावर २०८०, यो नयाँ वर्ष सुरक्षा र सुविधा हाम्रो, सवारी तपाईंको’ नामक अफर ल्याएको हो । कम्पनीले सबै मोडलको बाइकको खरिदमा नगदरफाइनान्स र एक्सचेन्ज लगायतका अफर पनि ल्याएको छ । मोटरहेडका बाइक नगद खरिद गरे वापत ग्राहकले २०२२ का मोडलमा २०८०/८१ सम्मको कर छुट, पूर्ण बीमाको सुविधा कम्पनीबाटै पाउने छन् । यस्तै, बाइक सट्टापट्टा गरी लिँदा ग्राहकले आफ्नो पुरानो बाइकको बजार मुल्याङकनमा कम्पनीबाट थप १५ हजार रुपैयाँ मुल्याङकन अफर स्वरुप प्राप्त गरी नयाँ बाइक लिन सकिने कम्पनीले जनाएको छ । मोटरहेडका स्पोर्ट २५०, टेक्कन आर २५०, टेक्कन २५०, एमएच १५०, स्क्रयाम्बल र एक्सटोर्क गरी जम्मा ६ वटा मोडलहरू बाइकहरु खरिद गर्दा फूल हेल्मेट निशुल्क रुपमा दिईने कम्पनीले घोषणा गरेको छ । टिभिएसले बाइक किन्दा ८ हजार डिस्काउन्ट टिभिएसले नयाँ वर्षको अवसरमा आफ्ना हरेक बाइकको खरिदमा ८ हजार र स्कुटरको खरिदमा ७ हजारको पक्का डिस्काउन्ट दिने जनाएको छ । यस्तै, कम्पनीले अपाचे बाइकको किन्दा ५ हजार मुल्य बराबरको हेल्मेट पनि सित्तैमा पाइनेछ । यस्तै, कम्पनीले ० प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा तथा बाएक एक्सचेन्जमा थप १० हजार रुपैयाँ दिने जनाएको छ । यामाहाको बाइक किन्दा ५० हजार क्यासब्याक यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले ‘पावर अफ फाइभ’ योजना सार्वजनिक गरेको छ । कम्पनीले यामाहाको नयाँ बाइक वा स्कुटर किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका दिईएको जनाएको छ । यस्तै, बाइक खरिदपछि वाइल्ड कार्ड मार्फत १ लाखसम्मको ग्यारेन्टी क्यासब्याक जित्नै जनाईएको छ भने तीन जनालाई साप्ताहिक रुपमा आइफोन १४ वा एप्पल वाच वा एप्पल एयरपोड दिनेछ । सेगवे नाइन वट इलेक्ट्रीक स्कुटर खरिदमा २० हजार छुट सेगवे नाइन वट इलेक्ट्रीक स्कुटर खरिद गर्दा २० हजार रुपैयाँ नगद छुट पाईने भएको छ । सेगवे नाइन वट इलेक्ट्रीकका लागि नेपालको आधिकारिक विक्रेता आइ हवले नगद छुटसहितको नयाँ वर्ष स्कीम सार्वजनिक गरेको हो । कम्पनीले ल्याएको नयाँ वर्ष स्कीम अनुसार ग्राहकले २० हजार रुपैयाँसम्मको नगद छुटमा स्कुटर किन्न सक्नेछन् । साथै, ग्राहकले स्कुटर खरिदमा सेगवे ब्याग, स्कुटर कभर साथै १ वर्षको इन्स्योरेन्स निःशुल्क प्राप्त गर्नेछन् । कम्पनीको नयाँ वर्ष स्कीम अन्तर्गत सेगवे ई १०० एलमा नगद २० हजार, ई ११० एलमा १५ हजार, ए १२५ र एन १०० मा नगद १० हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् ।
टिभिएस एनटर्क १२५ रेस एडिसन नयाँ मरिन ब्लु रंगमा पनि
काठमाडौं । टिभिएस मोटर्सले बुधबार टिभिएस एनटर्क १२५ रेस एडिसन नयाँ मरिन ब्लू रंगमा सार्वजनिक गरेको छ । यो नयाँ रंग रेस संस्करणको रातो र पहेँलो रंगसँगै राखिने कम्पनीले बताएको छ । जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले नेपालमा टिभिएस एनटोर्क आरटि एफ आई १२५ रेस एडिसन मरिन ब्लुमा सार्वजनिक गर्न पाउँदा खुशी भएको बताए । ‘स्मार्ट स्कूटर आरटि एफआई को समावेश संग एक बेस्ट–इन–क्लास अनुभव प्रदान गर्न डिजाइन गरिएको हो. यो प्रक्षेपणको साथ हामी हाम्रा युवा ग्राहकहरूका लागि बेस्ट अनुभव सिर्जना गर्न प्रतिबद्ध छौं,’ उनले भने । स्टिल्थ एयरक्राफ्टको डिजाइनबाट प्रेरित टिभिएस एनटर्क १२५ रेस एडिसनले सिग्नेचर एलईडी टेल र हेडल्याम्पसहितको तीखो, आक्रामक शैलीलाई मूर्त रूप दिन्छ । स्कूटरमा रहेको अद्वितीय ‘रेस एडिसन’ प्रतीकले टिभिएस रेसिङ पेडिग्रीलाई थप जोड दिन्छ । स्पोर्टी स्टब मफलर, टेक्सचर्ड फ्लोरबोर्ड र डायमण्ड कट एलोय ह्वीलले स्कूटरको स्टाइललाई अझ बढाउँछ । स्मार्टएक्सनोटेक कनेक्टिभिटी प्ल्याट्फम मार्फत संचालित यस स्कुटरलाई टिभिएस कनेक्ट मोबाइल एप मार्फत सजिलै कनेक्ट गर्न सकिन्छ । ६० भन्दा बढी सुविधाहरूका साथ पूर्ण रूपमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर प्रदान गर्दछ । टिभिएस एनटर्क १२५ रेस एडिसन १२४.८ सिसि, सिंगल–सिलिन्डर, ४–स्ट्रोक, ३–भल्भ, एयर–कूल्ड एसओइचसि, फ्युल इन्जेक्टेड इन्जिनले सञ्चालित छ । पास बाइ स्वीच, डुअल साइड स्टियरिङ लक, पार्किङ ब्रेक र इन्जिन किल स्विच जस्ता मुख्य विशेषताहरूले स्कूटरको सुविधा अझ बढाउँछ । यसका अतिरिक्त, टिभिएस एनटर्क १२५ रेस एडिसनमा बाह्य इन्धन भर्ने सुविधा, युएसबि चार्जर, ठूलो २०–लिटर अन्डरसेट स्टोरेज र टिभिएस प्याटेन्टेड इजेड सेन्टर स्ट्यान्ड रहेको छ । मरिन ब्लू कलरमा उपलब्द नयाँ टिभिएस एनटर्क १२५ रेस एडिसनको नेपाली बजारमा मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।
चांगन अटोले ल्यायाे बबाल अफर, वैदेशिक भ्रमणदेखि ४० हजारसम्मकाे छुट
काठमाडौं । चांगन अटो नेपालले नयाँ वर्ष २०८० लाई लक्षित गरी ुनयाँ साल, साह्रै बबाल अफरु सार्वजनिक गरेको छ । चांगन अटो नेपालले प्रिमियम सेडान अल्सिभन र यसै चांगनको प्रिमियम पिकअप हन्टर लिन ईच्छुक ग्राहकको लागि आकर्षक अफरहरु सार्वजनिक गरेको हो । कम्पनीको अनुसार यो अफर वैशाख १ गतेदेखि ३१ गतेसम्मको लागि लागु हुनेछ । यस अफर अन्तर्गत ग्राहकले चांगनको कुनै पनि सवारी साधनको खरिदमा सिंगापुर र मलेसियाको ५ रात र ६ दिनको लागि वैदेशिक भ्रमण वा एप्पलको उत्पादन आइफोन १४, आइवाच र एयरपड्स जित्न सक्नेछन् । यसका साथै चांगनको कुनै पनि सवारी साधनको खरिदमा ५० हजार रुपैयाँसम्मको फेस्टिव बोनस तथा स्क्राच कार्ड मार्फत ५० हजार रुपैयाँसम्मको अधिक छुट पाउन सक्नेछन् । साथसाथै, ग्राहकले आफ्नो कुनै पनि ब्राण्डको साधन साट्न चाहे थप २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन् । चांगन अटो नेपालले टेस्ट राइड गर्ने ग्राहकवर्गहरुलाई आकर्षक उपहार तथा हरेक हप्ता एक भाग्यमानी विजेतालाई १ रात र २ दिनको लागि नगरकोटमा होलिडे प्याकेजको व्यवस्था पनि मिलाएको छ ।