बससेवाबाट टिकट काट्नेलाई सुनको उपहार
काठमाडौं । बससेवा डटकमले नयाँ वर्ष २०८० सालको नयाँ वर्षमा घुम्न जाने व्यक्तिहरूलाई लक्षित गर्दै ‘सुनको हार’ उपहार योजना सार्वजनिक गरेको छ । चैत्र १५ गतेदेखि बैशाख ५ गतेसम्म लागु हुने यस योजनामा सहभागी यात्रुहरूले अनलाइन मार्फत टिकट काटेको हुनुपर्नेछ । साथै आफु जाने दिनमा अनलाइन टिकट काट्ने यात्रुहरूलाई अग्रिम टिकट काट्न बानि बसाल्न पनि यस किसिमको योजना सञ्चालन गरिएको हो । २० दिनको अवधिमा अनलाइन मार्फत टिकट काट्ने यात्रुहरूमध्ये एक जनाले गोलाप्रथा मार्फत सुनको हार जित्न सक्नुहुनेछ भने अर्का २ जना विजेताले कम्पनीको तर्फबाट आकर्षक उपहार प्राप्त गर्न सकिनेछ । बससेवाबाट नेपालका अधिकांश रूटहरूका बस टिकट अनलाइन मार्फत काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशन तथा अन्य सेवा प्रदायकका मोबाईल एप्लीकेशनबाट टिकट काट्न सक्नु हुनेछ । नयाँ योजनाबारे बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले भने ‘हामीले बिगत देखि नै यात्रुहरुलाई सहज होस् भनेर अनलाइनबाट टिकट काट्ने व्यवस्था मिलाउँदै आएका छौँ । नयाँ वर्षमा यात्रुहरूको मुभमेन्ट पनि बढ्ने भएकाले यो समयमा टिकट काट्न भञ्झट नहोस् भन्ने उदश्यले ओ अफर सार्वजनिक गरेका हौँ । अन्तिम अवस्थामा टिकट काट्नु भन्दा पनि अग्रिम रूपमा टिकट काट्दा जाने यात्रु, यातायात व्यवसायीलाई सहज हुने नै भयो, त्यसका साथै हामीलाई पनि व्यवस्थापन गर्न सहज हुने भएकाले अग्रिम टिकट बुकिङ गर्न आग्रह गर्दछौँ ।’ अनलाइनबाट टिकट काट्न बससेवाको मोबाईल एप्लीकेशनबाट टिकट काट्न सकिनेछ । बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवामा अधिकांश यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् । जसबाट १ सय ८० वटा बस कम्पनीका ३५ हजार सिट बुक गर्न सकिन्छ ।
रोयल इनफिल्डको एक्सचेन्ज अफर सुरु
काठमाडौं । नेपालको लागि रोयल इनफिल्डको लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ एक्सचेन्ज मेला सुरु गरेको छ । चत १५ गतेदेखि सुरु भएको एक्सचेन्ज मेला १७ गतेसम्म एक्सचेन्ज मेला चैत १७ गतेसम्म संचालन हुने कम्पनीले जनाएको छ । कम्पनीको अनुसार यस एक्सचेन्ज कार्यक्रममा ग्राहकहरूलाई स्पट एक्सचेन्ज, बेस्ट भ्यालुएसन र ट्ठपट फाइनान्सको सुविधा उपलब्ध हुनेछ । साथसाथै, ग्राहकले क्लासिक ३५००० कालो रङको रोयल इन्फिल्ड मोटरसाइकल खरिद गर्दा विशेष अफर अन्तर्गत १५ हजार मूल्य बराबरको मोटरसाइकल एक्सेसरिज पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ । कम्पनीको अनुसार रोयल इन्फिल्डको नेपालभरको शोरूम र डिलर पोइन्टमा यो एक्सचेन्ज अफर चल्ने छ ।
एमजि जेडएस इभिको लागि बुकिङ खुल्ला, १ लाखमा बुक गर्न सकिने
काठमाडौं । एमजि भेइकलको लागि नेपालका एक मात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नेपालमा आफ्नो नयाँँ इलेक्ट्रिक भेरीयन्टको एसयुभि एमजि जेड एसयुभिको लागि प्रि–बुकिङ खुल्ला गरेको छ । यो मोडलमा २८० एनएमको अधिकतम टर्क प्रदान गर्न सक्ने ९९ किलोवाटको मोटर र ५१ केडब्ल्युएचको ब्याट्रि क्षमता रहेको कम्पनीले जनाएको छ । आधा घण्टामै ८० प्रतिशत चार्ज हुने यसको ब्याट्रिले सिङल चार्जमै ३२० किमिको वाइड रेन्ज प्रदान गर्ने पनि कम्पनीले जानकारी दिएको छ । यस एसयुभिको ब्याट्रि लाइफ भने ८ वर्षको रहेको छ । सुरक्षाको लागि यसमा ६ वटा एयर ब्याग, इएसपि, इएबि, एचडिसि, अटो होल्ड जस्ता फिचरहरु राखिएका छन् भने मनोरन्जनको लागि प्रिमियम पानोरमिक सन–रुफ, डिएबि रेडियो र ब्लुटुथ युक्त १०।१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ड्राइभरको लागि ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट रहेको छ । यसका साथै यसमा क्लस्टर, वायरलेस फोन चार्जिङ, कि–लेस एन्ट्री र स्टार्ट, ६ वटा स्पिकर सहितको थ्री डि साउन्ड सिस्टम, ड्राइभरको लागि ६ वे र फ्रन्ट पेसेन्जरको लागि ४वे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिट, दुईवटा इसोफिक्स चाइल्ड सिट एन्कोरेज पोइन्टहरू (आउटर रियर सीटहरू), ६०/४० फोल्डिङ रियर सिटहरू, रूफ रेल, पावर–फोल्डिङ जस्ता फिचरहरु राखिएको कम्पनीले जनाएको छ । दुई वटा भेरीयन्टमा उपलब्ध यस एसयुभिको कम्फर्ट भेरियन्टको मुल्य ४८ लाख ४९ हजार रुपैयाँ राखिएको छ भने डिलक्स भेरियन्ट्को मुल्य ५२ लाख ४९ हजार राखिएको छ । वैशाखबाट उपभोक्ताहरुलाई डेलिभरी गर्न शुरु गरिने भनिएको यस एसयुभीलाई १ लाख डिपोजिट तिरेर प्रि–अर्डर अथवा बुक गर्न सकिने कम्पनीले जनाएको छ ।