दशैं–तिहारको अवसरमा जीडब्यूएमका ईभीमा ३ लाख छुट

काठमाडौं । दशैं–तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै जीडब्यूएम नेपालले आफ्नो योजना सार्वजनिक गरेको छ । 

योजनाअनुसार कम्पनीले ‘जीडब्यूएम फेस्टिभ अफर–गो विथ मोर’ अन्तर्गत ओरा ५ ईभी र हवाल जोलिओन म्याक्स ईभी खरिद गर्ने ग्राहकलाई ३ लाख रुपैयाँसम्मका विभिन्न लाभ दिने जनाएको छ ।

योजनाअन्तर्गत ‌ओरा ५ ईभी खरिदमा २ लाख रुपैयाँसम्म र हवाल जोलिओन म्याक्स ईभी खरिदमा ३ लाख रुपैयाँसम्मका लाभ प्राप्त गर्न सकिनेछ । 

अफरमा निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स, सडक दस्तुर, स्पेयर टायर, ७ किलोवाटको चार्जर तथा एसेसरिज समावेश छन् ।

त्यस्तै, ग्राहकले नगद छुट, आकर्षक एक्सचेन्ज मूल्यांकन तथा सहज फाइनान्सिङ सुविधा पनि पाउने कम्पनीले जनाएको छ । यी सुविधा कम्पनीले तोकेको नियम तथा सर्तअनुसार उपलब्ध हुनेछन् ।

‘गो विथ मोर’ अभियानमार्फत गाडी खरिदमा मात्रै नभई ग्राहकको समग्र स्वामित्व अनुभवमा थप मूल्य प्रदान गर्ने उद्देश्य रहेको जीडब्यूएम नेपालले जनाएको छ । 

नेपाली उपभोक्तामाझ विद्युतीय सवारीप्रतिको आकर्षण बढ्दै गएकाले कम्पनीले आफ्नो विद्युतीय सवारीको पोर्टफोलियो विस्तार गर्दै आएको जनाएको छ ।

जीडब्लूएम ओरा ५ मा एनईडीसी मापदण्डअनुसार ५२० किलोमिटरसम्मको रेन्ज रहेको कम्पनीले जनाएको छ । यसमा ५ स्टार एएनक्याप तथा युरो एनक्याप सुरक्षा रेटिङ, २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र २० भन्दा बढी लेभल–२ एडीएएस अर्थात् उन्नत चालक सहायता प्रणालीका फिचर उपलब्ध छन् ।

त्यसैगरी, हाभाल जोलियन म्याक्स ईभीमा ५८.३ किलोवाट घण्टाको ब्याट्री रहेको छ । यसले डब्लूएलटीपी मापदण्डअनुसार ४०० किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीको दाबी छ ।

यसमा १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, १४.६ इन्चको टचस्क्रिन र भीटुल सुविधा उपलब्ध छ । यसको अफर मूल्य ५९ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

भीजी इम्पेक्स जीडब्यूएमको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक हो । कम्पनीका अनुसार यो अफर काठमाडौं, बुटवल, विराटनगर, चितवन, पोखरा, भक्तपुर र धनगढीस्थित आधिकारिक डिलरमा उपलब्ध हुनेछ । 

ग्राहकले सम्बन्धित शोरुममा पुगेर अफर, एक्सचेन्ज तथा फाइनान्सिङ सुविधाबारे थप जानकारी लिन सक्ने पनि कम्पनीले जनाएको छ ।

Share News