सांग्रीला मोटोर्स प्राइभेटमा गाडी किन्ने ग्राहकलाई नबिल बैंकले कर्जा दिने
काठमाडौं । प्युजो र सिट्रोन आधिकारीक बिक्रेता सांग्रीला मोटोर्स प्राइभेटले बिक्री गर्दै आएको गाडीहरुमा नबिल बैंकले कर्जा दिने भएको छ । बैंक र सांग्रीला मोटोर्स बीच भएको सम्झौँता अनुसार अब प्युजो र सिट्रोनका गाडीहरुमा खरिद गर्ने ग्राहकहरुले नबिल बैंकबाट सहजै कर्जा लिन सक्नेछन् । दुई संस्था बीच भएको सम्झौँता पत्रमा बैंकको तर्फबाट प्रबन्धक सचिन अमात्य र सांग्रीला मोटोर्सको तर्फबाट सहायक महाप्रबन्धक किरण श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौँतापछि प्युजो र सिट्रोनले उत्पादन गरेका गाडीहरुमा खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने जारी विज्ञप्तीमा उल्लेख छ । समझौता अनुसार, योजना सबै नबिल बैंकका सबै शाखाहरूबाट ग्राहकहरूलाई गाडीको लागि सुलभ ऋण सुविधाहरू सजिलो उपलब्ध हुनेछ। अहिले नबिल बैंकको देशभर रहेका २४८ शाखाबाट नै कर्जा सुबिधा ग्राहकले लिन सक्नेछन् । ऋणलाई नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशिका र निर्देशनहरूसँग समायोजन गरिएको छ । यो योजना सांग्रीला मोटोर्स प्राइभेटको आधिकारिक ब्रिक्रेता र नबिल बैंकका सबै शाखाहरुबाट नेपाल भरी लागु हुने कम्पनीले जनाएकाे छ।
बेनेली मोटरसाइकल किन्दा ६० हजारसम्मको छुट
काठमाडौं । बेनेली मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक विक्रता केटिएम इन्टरनेशलन ‘ट्रेडिङ नयाँ सफर दमदार’ अफर ल्याएकाे छ । कम्पनीकाे अनुसार यो अफर बेनेली मोटरसाइकल र स्कुटर दुवैमा लागू हुनेछ । यस अफरमा ग्राहकहरुले ६० हजारसम्म छुट जसमा नगद छुट, बेनेली ब्राण्डको हेल्मेट, आर्थिक वर्ष २०८०/८१ को सडक कर सहुलियत तथा अन्य आकर्षक उपहारहरु हुनेछन् । यस अफरबाट ३५ हजार नगद छुट, १२ हजार रकम बराबरको बेनेलीको हेल्मेट, आर्थिक वर्ष २०८०/८१ को सडक कर सहुलियत (सरकारी नियम अनुसार) तथा आकर्षक उपहारहरु पाइने कम्पनीले जनाएकाे छ ।
होण्डा नयाँ वर्ष स्किम : एक लाखको कुपनदेखि दुई वर्षसम्मको फ्रि सर्भिसिङसम्म
काठमाडौं । नेपालको लागि होण्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ वर्षको अवसरमा नयाँ उपहार योजना ल्याएको छ । कम्पनीले यस अवसरमा ‘होण्डा चुज योर स्किम’ नामक उपहार योजना ल्याएको हो । योजना अन्तर्गत होण्डाको कुनैपनि बाइक वा स्कुटरको खरिदमा नगद १ लाखसम्म जित्न सकिने स्क्रायच कुपनसँगै ८ हजारसम्मको स्पेयर पार्टस्, इन्जिन आयल र २ वर्षसम्मको फ्रि सर्भिसिङ्ग वा १० हजारसम्मको अतिरिक्त स्क्र्याच कुपन वा १२ हजार ५०० सम्मको ५ वर्षको लागि एनुअल मेन्टिनेन्स् कन्ट्र्याक ९एएमसी० मध्ये कुनै एक स्किम रोज्न सकिने छ । याँ वर्षको अवसर पारेर ल्याइएको यस उपहार योजनाले ग्राहकहरुमा नयाँ उत्साह थप्ने विश्वास कम्पनीले लिएको जनाएको छ । हाल होण्डाले १ प्रतिशतको ब्याजदरमा सरल फाइनान्स सुविधा प्रदान गरिरहेको छ ।