सीएफमोटो बाइक केयर क्याम्प सुरु

काठमाडौं । सीएफमोटो बाइक केयर क्याम्प र जीहो व्राण्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले, कालोपुल स्थित आफ्नो अत्याधुनिक प्रविधि तथा दक्ष मेकानिक्स सहितको सर्भिस सेन्टरमा मंगलबारदेखि ७ दिने सीएफमोटो सर्भिस केयर क्याम्प सञ्चालन गर्ने भएको छ । कम्पनीका अनुसार सीएफमोटो व्राण्ड युवाहरुमा लोकप्रिय रहेको व्राण्ड र कोभिड पश्चात विभिन्न कारणले यसको बिक्री तथा सेवामा केही ढिलाई भएता पनि अहिले नयाँ आधिकारिक वितरक परिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टर नियुक्त भएसँग कम्पनीले यो पहिलो वृहत सर्भिस केयर क्याम्प सञ्चालन गर्न लागेको हो । ‘बिक्रीपछिको सेवा नै अटोमेटिक्स व्यापारको टेवा’को नारा साथ कम्पनीले सीएफमोटोका सम्पूर्ण प्रयोगकर्ताहरुलाई यसरी नै सर्भिस र स्पेयर पार्टस्को सेवा निरन्तर दिइरहने जानकारी दिएको छ । यस क्याम्पमा सहभागी हुने सीएफमोटो बाइकका प्रयोगकर्ताहरुले क्याम्प अवधिभर स्पेयर पार्टसमा १० प्रतिशत छुट, फ्रि-बाइक वास, लेबर केयरमा ५० प्रतिशत छुट, लुब ओयलमा ५ प्रतिशत छुट तथा हरेक दिन लक्की ड्र मार्फत सात जनाले सात दिनमा एक सालको लागि सीएफमोटोको स्पेयर पार्टस्मा १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । यसका साथै गोला प्रथा मार्फत सात दिनमा आफ्ना सीएफमोटोका बाइक सर्भिसिङ गराउन आउने ग्राहकहरुमध्ये एक जना भाग्यशाली बिक्रेताले फ्रि बाइक कोटिङ गराउन सक्ने छ । सीएफमोटोको सर्भिस सेन्टर काठमाडौंको धोविखोलामा अवस्थित छ । जहाँबाट ग्राहकहरुले सीएफमोटोलगायत जीहोको पनि सर्भिस तथा पार्टसको सुविधा पाउन सक्नेछन् । सीएफमोटोको एनके २५०, एनके ४५०, एसआर २५० जस्ता आकर्षक तथा हाइ पर्फमेन्स बाइकहरु पुनः यस सेन्टरले नेपाली बजारमा पुनस् पहिचान गरेको छ । साथ साथै इभी टु ह्वीलर सेग्मेन्ट मै प्रिमियम र डुरेबल मानिने उच्च प्रविधि जडित जीहोका इलेक्ट्रिक स्कुटर एइ ६ र एई६ प्लस एलआर तथा एई८ मोडलहरु पनि यसै ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले आफ्नो नक्साल, झम्सिखेल तथा सल्लाघारी स्थित शोरुमहरुबाट बिक्री वितरण गर्दै आएको कम्पनीले जनाएको छ ।

टिभिएस एन्टर्क ओनर्स ग्रुप राइडको दोस्रो च्याप्टर सम्पन्न

काठमाडौं । टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंमा टिभिएस एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइडको दोस्रो च्याप्टर सम्पन्न गरेको छ । जेठ १३ गते शनिबार आयोजना भएको यस राइड टिभिएसको बानेश्वर शोरूमबाट शुरु भएर ह्वाइट हाउस रिसोर्ट, बोसन डाँडा पुगेर समापन भएको थियो । उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । साथमा सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र पनि प्रदान गरिएको थियो । करिब ५० जना राइडरहरु सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरु अपनाई नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । टिभिएसको बानेश्वर शोरुमका सञ्चालक श्रीकृष्ण थापाले सबै सहभागीहरूलाई स्वागत गरेका थिए । टिभिएसकी प्रोडक्ट हेड करुणा पुडासैनीका अनुसार उक्त राइड गर्नुको मुख्य लक्ष्य नेपालमा १ लाख एनटर्क बिक्री भएको उपलब्धि मनाउनु थियो । उक्त राइडमा हेड मार्सलले सडक सुरक्षाको बारेमा विभिन्न जानकारी तथा राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरेका थिए ।

सुरु भयो जीहो एक्सचेन्ज एन्ड अपग्रेड

काठमाडौं । सीएफमोटो तथा जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले ‘एक्सचेन्ज एन्ड अपग्रेड’ नामक ५ दिने सट्टापट्टा क्याम्प सञ्चालनमा ल्याएको छ । कम्पनीले नक्साल, सल्लाघारी तथा झम्सिखेलस्थित शोरुमबाट यो सेवा ग्राहकहरुलाई उपलब्ध गराउँदै छ । जीहोको एई६ प्लस, एई६ प्लस एलआर (डबल ब्याट्री) र एई८ मोडल हाल उपलब्ध रहेको कम्पनीले बताएको छ । यस क्याम्पमा भने कम्पनीले एई६ प्लस र एई६ प्लस एलआरलाई लक्ष्यित गर्दै आकर्षक अफर ल्याएको जनाएको छ । क्याम्प अवधिभर जीहोका यी मोडल एक्सचेन्जमा बजार मूल्यांकनमा २० हजार रुपैयाँ थप मूल्यांकन हुनेछ भने नयाँ खरिदमा १५ हजार रुपैयाँ सिधै छुटका साथै २ वर्षको निःशुल्क कर तथा थर्ड पार्टी इन्स्योरेन्स पनि निःशुल्क उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । ‘दुई पांग्रे ईभी बजारमा छोटो समयमै आफ्नो बलियो उपस्थिति जनाउन सफल जीहोका स्कुटर आकर्षक डिजाइन, टफ बिल्ट क्वालिटी, एड्भान्स प्रविधि र हाई पर्फमेन्स फिचरका साथ उपलब्ध छन् । जीहो एई६ प्लसमा ५.५ किलोवाटको पिक पावरको साइड मोटर दिइएको छ, जसको टप स्पिड ८० किलोमिटर प्रतिघण्टा छ’, कम्पनीले सोमबार जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ, ‘यसमा १.८ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिइएको छ, जसको अधिकतम रेन्ज ७० देखि ९० किलोमिटर रहेको छ । एई६ प्लस एलआर (डबल ब्याट्री) मा ३.६ किलोवाट आवरको दुई वटा ब्याट्री पाइन्छ, जसको अधिकतम रेन्ज १६० किलोमिटर रहेको छ ।’ कम्पनीका अनुसार यी स्कुटरमा जीहो राइड एप्सको सहायताले राइडरले आफ्नो स्कुटरको सम्पूर्ण जानकारी मोबाइलमै पाउन सक्छन् । जीहोको आफ्नै ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) दिइएको स्कुटरले प्रयोगकर्तालाई ब्याट्री सुरक्षा तथा सवारी साधनको सुुरक्षामा शतप्रतिशत ग्यारेन्टी दिने हुँदा यी स्कुटर अन्य ईभी स्कुटर भन्दा फरक रहेको जानकारी कम्पनीले दिएको छ । यी स्कुटरमा क्रुज कन्ट्रोल, गाइड मी होम, स्लोप हिल असिस्टेन्ट, पार्क असिस्टेन्ट, सिट र स्ट्यान्ड सेन्सर, वेदर प्रोटेक्टेड सिट, आईपी६७, ६ विभिन्न कलर ट्रिम च्वाइस रहेका छन् । जीहोका यी मोडलहरुमा मोटरमा २ वर्ष, ब्याट्रीमा ३ वर्ष तथा कन्ट्रोलर र चार्जरमा १ वर्षको वारेन्टी दिइएको कम्पनीले बताएको छ ।