महिन्द्राले ल्यायो बोलेरो मर्मत र सर्भिसिङमा ज्याला नलाग्ने योजना
काठमाडौं । अग्नी ग्रुप अन्तर्गत बालाजु अटो वर्कसले बोलेरो गाडीका ग्राहकहरुलाई लक्षित गरी यही असार ९ देखि २१ गतेसम्मका लागि ‘ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङमा बचत बढी’ योजना सुरु गरेको छ । कम्पनीले ल्याएको स्कीम डेन्ट पेन्ट र बाहिरी श्रममा भने लागु हुने जनाएको छ । कम्पनीले ल्याएको स्कीमको लाभ पाउन ग्राहकले कम्तीमा एक हजार रुपैयाँको स्पेयर पार्ट्स खपत गरेको हुनु पर्नेछ । बालाजु अटो वर्कसका सर्भिस हेड शिव सुदन श्रेष्ठले स्कीमको बारेमा बताउँदै भने, ‘ग्राहकमैत्री स्कीम हाम्रो प्राथमिकतामा रहँदै आएको छ । विगतमा पनि हामीले यस किसिमका अफर दिएका थियौ । अहिले पनि यो स्कीम त्यसकै निरन्तरता हो ।’ कम्पनीले उक्त योजना हाल बागमती र गण्डकी प्रदेशका बालाजु अटो वर्कस अन्तर्गत रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरहरुमा मात्र लागु गरिएको छ । साथै, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालीले समेत यसै योजना अन्तर्गत महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्रि वा एक्सचेन्ज गर्ने योजना पनि ल्याएको छ । जसअन्तर्गत गाडी खरिद गर्दा थप वारेन्टी, फ्री सर्भिसिङ, अग्नि हायर पर्चेज मार्फत सरल फाइनान्सिङ, लगायत अन्य सुविधा पाउनेछन् ।
जेके टायरका दुई ओटीआर टायर नेपालमा सार्वजनिक
काठमाडौं । भारतको प्रतिष्ठित टायर उद्योग कम्पनी जेके टायर इन्डियाले नेपाली बजारका लागि विशेष रुपमा डिजाइन गरिएको अफ–द–रोड (ओटीआर) क्याटागोरीका दुई नयाँ उत्पादन थप गरेको छ । कम्पनीले हार्ड रक च्याम्पियन र जीटीएल प्लसको नयाँ भेरिएन्ट लन्च गरेको छ । यसले नेपाली बजारमा नयाँ इनोभेसनका साथ उपस्थित हुने कम्पनीको प्रतिबद्धतालाई प्रमाणित गर्छ । जेके टायर इन्डियाका अध्यक्ष अनुज कथुरियाले जेके टायरको नेपालका लागि आधिकारिक वितरक डेल्टा डिस्ट्रिब्युटर्सको एक्सक्लुसिभ माइनिङ एन्ड कन्स्ट्रक्सन प्याभिलियनमा ती टायर सार्वजनिक गरे । नेपाली सडकमा दुई नयाँ हेभी ड्युटी ओटीआर टायर उपलब्ध गराउन पाएकोमा खुसी व्यक्त गर्दै जेके टायर एन्ड इन्डष्ट्रिज लिमिटेडका अध्यक्ष अनुज कथुरियाले भने, ‘नेपाल हाम्रा लागि महत्वपूर्ण बजार हो र नेपाली ग्राहकको विभिन्न चाहनालाई परिपूर्ति गर्ने कार्यलाई हामीले प्राथमिकतामा राखेका छौ । यी नयाँ टायरले असाधारण स्थायित्व र विश्वसनियता प्रदान गर्छन् तथा विभिन्न भौगोलिक अवस्थाका लागि उपयुक्त हुने किसिमले निर्माण गरिएका छन् । यसले हाम्रा ग्राहकलाई अद्वितीय क्षमता सहितको परफर्मेन्स उपलब्ध गराउने कुरामा हामी ढुक्क छौ । हामीले उपलब्ध गराउने एड्भान्स टेक्नोलोजी र प्रोडक्ट इनोभेसनले हाम्रो बजार हिस्सालाई समेत थप मजबुत बनाउन भूमिका खेल्ने छ ।’ नेपाली बजार मागलाई नै विशेष किसिमले ध्यानमा राखेर यी टायरको डिजाइन गरिएको छ र यसले सवारी साधनलाई पहिले भन्दा अतिरिक्त स्थायित्व र सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ । जेके टायरको हार्ड रक च्याम्पियन नेक्स्ट जेन प्रिमियम माइनिङ टायर हो र यसको साइज १२.०० –२० २० पीआर छ । नेपालको माइनिङ अपरेसनलाई ध्यानमा राखेर उत्पादन गरिएका यी टायर टिपरहरुमा प्रयोग गर्न सकिन्छ । यसमा भएका नन–डिरेक्सनल ट्रेड प्याटर्न र ड्युअल बेन्ड ग्रुभले स्ट्रेस कन्सन्ट्रेसन घटाउछ र मेसिनलाई सुपेरियर परफर्मेन्स दिने कम्पनीको भनाई छ । त्यसैगरी जीटीएल प्सलको साइज १७.५–२५ २० पीआर छ र यसलाई ग्रेडर र लोडरमा प्रयोग गर्न सकिन्छ । जस्तोसुकै लोडमा पनि सहज तरिकाले प्रयोग गर्न सकिने गरी यसमा नाइलन प्रयोग गरिएको हुन्छ । विभिन्न निर्माण क्षेत्रमा यसको प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
एक्सपेरियन्स टोयोटा असार ५ गतेदेखि सुरु हुने, १२ वर्ष सम्मको फाईनान्सिङ सुविधा पाइने
काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले असार ५ देखि असार ७ गते सम्म ‘एक्सपेरियन्स टोयोटा’ आयोजना गर्ने भएको छ । काठमाडौंको आनन्दनगर, धुम्बाराहीस्थित टोयोटा शोरुममा सो इभेन्ट आयोजना गरिने छ । कम्पनीका अनुसार २०८१ लाई विशेष लक्षित गरि आयोजना गरिएको सो इभेन्टमा ग्राहकले हरेक गाडीको खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसेसरिज, फ्रि इन्स्योरेन्स, १२ वर्ष सम्मको बैंकिङ सुविधा, रोड कर छुट तथा विभिन्न उपहारहरु समेत पाउने छन् । टोयोटाको हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार पाउनुको साथै ग्राहकलाई प्रदान गरिने विभिन्न सुबिधाको बारेमा जानकारी गराइने छ । नेपाली बजारका लागि टोयोटा नेपाल (युनाइटेड ट्रेडर्स सिन्डिकेट – यूटीएस) सँग विभिन्न मोडलका गाडीहरु उपलब्ध रहेको हुँदा आफ्ना ग्राहकलाई निर्धक्कका साथ टेस्ट ड्राइभ गर्न आउनको लागि अनुरोध गरिएको छ । सो उत्सवमा ग्राहकलाई सहजीकरण गर्नका निम्ति गरिमा विकास बैंक र अन्य विभिन्न बैंकसंग बैंकिङ फाइनान्सको पनि व्यवस्था गरिएको कम्पनीले बताएको छ । टोयोटाको ग्लोबल भिजन ‘मोबिलिटी फर अल’ लाई सहयोग गर्दै यूटीएसले ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधनको अधिकतम मूल्यांकन गर्ने सुवर्ण अवसर उक्त उत्सवमार्फत ल्याएको कम्पनीले जनाएको छ ।