ह्वावे ‘सिड्स फर द फ्युचर नेपाल’ कार्यक्रमका लागि आवेदन खुला
काठमाडौं । ह्वावे ‘सिड्स फर द फ्युचर नेपाल’ कार्यक्रमका लागि आवेदन खुला भएको छ । सूचना प्रविधिको क्षेत्रमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिनको लागि ह्वावेले आवेदन माग गरेको हो । स्नातक तहका विद्यार्थीले वेबसाइटमार्फत् आवेदन दर्ता गर्न सक्छन् । कम्पनीको वेबसाइटमा गएर जुन ९ तारिखसम्म आवेदन दिन सकिने हुवावे नेपालले जनाएको छ । ‘सिड्स फर द फ्युचर’ नेपालमा लगातार आयोजना गरेको यो ह्वावेको चौथो वर्ष हो । यस बृहत् कार्यक्रममार्फत ह्वावेले नेपालमा आईसीटी पारितन्त्र प्रवर्द्धन डिजिटलाइजेशन, नवप्रवर्तन, उद्यमशीलता, र दिगोपनको सेशनद्वारा गरेको छ । यस वर्ष ह्वावेले सरकार, शिक्षाविद् र उद्योग विज्ञहरू सम्मिलित विविध निर्णायक समिति गठन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पनि यहाँ सह-आयोजक र युनेस्को रणनीतिक रूपमा रहेको थिए । यो प्रतियोगिताको दुई महिनामा अन्तर्वार्ता, कार्य, र प्रस्तुतीकरणका धेरै चरणहरू हुनेछन् । ‘सिड्स फर द फ्युचर नेपाल’ को विजेता चीन गइ, त्यहाँ तालिम र छेत्रीय प्रतियोगितामा भाग लिने अवसर पाउनेछन् । भ्रमणका क्रममा उनीहरुले उद्योग विशेषज्ञहरु द्वारा प्राविधिक नवाचार बारे अत्याधुनिक सेमिनारमा भाग लिने हुवावे नेपालले जनाएको छ ।
मारुती गाडी बिक्रीमा गिरावट
काठमाडौं । मारुती सुजुकीका कार बिक्रीमा गिरावट आएको छ । मारुतीको बिक्री सन् २०२४ मे महिनामा दुई प्रतिशतले घटेको हो । मारुती सुजुकी इन्डिया (एमएसआई) को गाडी बिक्री वार्षिक आधारमा मे महिनामा दुई प्रतिशतले घटेर १ लाख ७४ हजार ५ सय ५१ युनिटमा सीमित भएको हो । कम्पनीले वितरकहरूलाई १ लाख ७८ हजार ८३ सवारीसाधन आपूर्ति गरेको थियो । एमएसआईले शनिबार एक विज्ञप्ति सार्वजनिक गर्दै आन्तरिक बजारको यात्रुवाहक सवारी खण्डमा यसको बिक्री केही बढेर १ लाख ४४ हजार युनिट पुगेको छ, जुन गत वर्षको मे महिनामा १ लाख ४३ हजार ७ सय ८ युनिट रहेको जनाएको छ । कम्पनीका अल्टो र एस–प्रेसो जस्ता साना कारहरूको बिक्री गत वर्षको मे महिनामा १२, हजार २ सय ३६ युनिटको तुलनामा मे महिनामा घटेर ९ हजार ९ सय २ युनिटमा अडिएकाे छ । कम्प्याक्ट कारहरू बलेनो, सेलेरियो, डिजायर, इग्निस, स्विफ्ट, टुर एस र वागन आरको बिक्री पनि मे महिनामा घटेर ६८ हजार २ सय ६ युनिटमा पुगेको छ, जुन अघिल्लो वर्षको सोही महिनामा ७१ हजार ४ सय १९ युनिट थियो । बहुउद्देश्यीय सवारीसाधनहरू (ब्रेजा, ग्रान्ड भिटारा, एर्टिगा, एस–क्रस र एक्सएल६) को बिक्री मे महिनामा बढेर ५४ हजार २ सय ४ युनिट पुगेको छ, जुन मे २०२३ मा ४६ हजार २ सय ४३ युनिट थियो । भ्यान बिक्री गत वर्षको सोही महिनामा १२ हजार ८ सय १८ युनिटको तुलनामा मे महिनामा १० हजार ९ सय ६० युनिटमा झरेको छ । हल्का व्यावसायिक गाडी सुपर क्यारीको बिक्री गत वर्षको मे महिनामा २ हजार ८ सय ८८ युनिटको तुलनामा मे महिनामा २ हजार ६ सय ९२ युनिट थियो । कम्पनीको सवारी निकासी वैशाखमा १७ हजार ३ सय ६७ युनिटमा झरेको छ, जुन अघिल्लो वर्षको सोही महिनामा २६ हजार ४ सय ७७ युनिट थियो । एजेन्सी
कोमाकी ब्रान्डका स्कुटर र मोटरसाइकलको मूल्य घट्यो
काठमाडौं । नेपालका लागि कोमाकी ब्रान्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक युनिटी ट्रेडिङ कन्सर्नले इलेक्ट्रिक स्कुटर र मोटरसाइकलको मूल्य घटाएको छ । कम्पनीले बिहीबार नयाँ मूल्यसूची सार्वजनिक गरेर कोमाकी स्कुटर र मोटरसाइकलमा २० हजारदेखि ३५ हजार रुपैयाँसम्म सस्तो बनाइएको जानकारी दिएको हो । अन्तर्राष्ट्रिय बजारमा ब्याट्रीको मूल्य घटेका कारण मूल्य समायोजन गरिएको कम्पनीको भनाइ छ । कम्पनीले एसई स्पोर्टको नयाँ मूल्य ३ लाख १९ हजार रुपैयाँ तोकेको छ । यो मोडेलको पुरानो मूल्य ३ लाख ४९ हजार थियो । कम्पनीले यसमा ३० हजार रुपैयाँ घटाएको हो । त्यस्तै एसई प्रोको नयाँ मूल्य २ लाख ७९ हजार तोकिएको छ जसको पुरानो मूल्य २ लाख ९९ हजार रुपैयाँ थियो । यो मोडेलमा २० हजार रुपैयाँ कम भएको छ । यसैगरी कम्पनीले अर्को मोडेलको एसई प्रोको नयाँ मूल्य २ लाख ५९ हजार रुपैया तोकेको छ । यो मोडेलको पुरानो मूल्य २ लाख ७९ हजार थियो । यसमा पनि कम्पनीले २० हजार रुपैयाँ कम गरेको छ । एसई प्रो डुअलको पुरानो मूल्य ३ लाख ५९ हजार रुपैयाँ थियो भने अहिले कम्पनीले यसको मूल्यमा २० हजार रुपैयाँ घटाएर नयाँ मूल्य ३ लाख ३९ हजार तोकेको छ । त्यसैगरी फ्लोराको नयाँ मूल्य २ लाख ३९ हजार रुपैयाँ कायम गरिएको छ । यसको पुरानो मूल्य २ लाख ६९ हजार रुपैयाँ थियो । यसमा पनि कम्पनीले ३० हजार रुपैयाँ घटाएको छ । यस्तै कम्पनीले एलवाई प्रिमियमको नयाँ मूल्य ३ लाख २४ हजार तोकेको छ, यसको पुरानो मूल्य ३ लाख ५९ हजार थियो । यो मोडेलमा पनि कम्पनीले ३५ हजार कम गरेको छ । डीटी ३००० को पुरानो मूल्य ३ लाख ३० हजार रुपैयाँ भएकोमा अहिले यसको मूल्यमा २१ हजार कम गर्दै कम्पनीले नयाँ मूल्य ३ लाख ९ हजार तोकेको छ । यस्तै भेनिसको नयाँ मूल्य ३ लाख २४ हजार तोकिएको छ भने यसको पुरानो मूल्य ३ लाख ४४ हजार रुपैयाँ थियो । यो मोडेलमा २० हजार रुपैयाँ कम गरिएको छ । रेन्जरको पुरानो मूल्य ४ लाख ४९ हजार रुपैयाँ भएकोमा कम्पनीले यसको मूल्यमा ३० हजार रुपैयाँ घटाएर ४ लाख १९ हजार रुपैयाँ मूल्य तोकेको छ ।