केईको इलेक्ट्रीक मोडल एक्स-३ प्रोको बुकिङ खुला, सुरुवाति मूल्य ४६ लाख ९६ हजार

काठमाडौं । केई मोटर्सको आधिकारीक वितरक लक्ष्मी ई-मोविलिटी प्राइभेट लिमिटेडले केईको इलेक्ट्रीक एसयूभी एक्स-३ प्रोको बुकिङ खुला गरेको छ । कम्पनीले काठमाडौंको भाट भटेनीमा सुविधा सम्पन्न शोरुम निर्माण गरेर शोरुम सञ्चालनमा ल्याएसँगै बुकिङ खुला गरेको हो । कम्पनीले बिहीबार एक विज्ञप्तिमार्फत सुरुमा एक्स–थ्री प्रो मोडल दुई भेरियन्टमा बुकिङ खुला गरिएको जानकारी दिएको छ । अहिले केई एक्स-३ प्रोको डिलक्स र फ्ल्यागसिप भेरिएन्ट उपलब्ध हुनेछ । इन्टोडक्टरी प्राइसको हिसावले डिलक्स भेरिएन्टको मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरिएन्टको ४८ लाख ९६ हजार रुपैयाँ रहने कम्पनीको भनाई छ । कटिङ एज टेक्नोलोजी, स्लीक डिजाइन र उत्कृष्ट पर्फमेन्स दिनसक्ने एक्स-३ प्रो मोडल कम्प्याक्ट एसयूभी सेग्मेन्टमा शान्दार मोडल बन्ने कम्पनीले विश्वास लिएको छ । यसमा ५३.६ किलोवाट आवर क्षमताको लिथियम आयोन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क २८० एनएम छ । कम्पनीका अनुसार यसले सिंगल चार्जमा ४०१ किलोमिटर रेन्ज दिनेछ । यसलाई ७ किलोवाट क्षमताको एसी चार्जरले ८ घन्टामा फुल चार्ज गर्न सकिन्छ । साथै, १०० किलोवाटसम्मको चार्जर सपोर्ट गर्ने एसयूभीलाई ३० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आउने एक्स-३ प्रो मोडलको लम्बाई ४४०० मिलिमिटर, चौडाई १८३१ मिलिमिटर र उचाई १६५३ मिलिमिटर रहेको छ । ५ सिट क्षमताको एसयूभीमा २६३२ एमएम लामो ह्वीलवेस रहनेछ । यसको अगाडि म्याकफेर्सनको इन्डिपेन्डेन्ट सस्पेन्स प्रयोग भएको छ । पछाडि भने मल्टी लिंक इन्डिपेन्डेन्ट सस्पेन्स दिइएको छ । यसमा १८३ एमएमको ग्राउन्ड क्लियरेन्स छ । ग्राहकले यसमा विभिन्न ५ कलर अप्सन पाउने कम्पनीले जानकारी दिएको छ । ‘वातावरण मैत्री इलेक्ट्रीक एसयूभीको पर्फमेन्ससँगै स्लीक डिजाइन र मोर्डन फिचरहरु रहेका छन् । केई एक्स–३ प्रोमा प्रयोग भएका सम्पूर्ण लाइटहरु एलइडी छन् । १०.२५ इन्चको आधुनिक इन्फोटेन्टमेन्ट सिस्टम, ७ इन्चको एलसीडी इन्फर्मेशन क्लष्टर, इन्टेलिजेन्ट स्काईरुफ, ड्यूल जोन एसी, वायर लेस चार्जर, पावर एड्जस्टेवल ड्राइभर सिट रहेको छ’, कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चालकलाई पृथक ड्राइभिङ अनुभव प्रदान गर्न सक्ने किसिमले डिजाइन गरिएको एक्स–३ प्रो सुरक्षाको हिसावले पनि उत्कृष्ट रहेको कम्पनीको भनाई छ । एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टमसँगै एडास फिचर यसमा छन् । एडास भित्र विशेष गरी हिल होल्ड एसिस्ट, हिल डिसेन्ट कन्ट्रोल, क्रुज कन्ट्रोल, इबीडी सहितको एबीएस ट्रयाक्सन कन्ट्रोल सिस्टम छन् । यसको ब्याट्रीमा पनि कटिङ एज टेक्नोलोजीको प्रयोग गरिएको छ । सुरक्षाको हिसावले राम्रो रहेको ब्याट्रीसहित सबै किसिमका मोटर लगायत इलेक्ट्रीकल कम्पोनेन्टमा ८ वर्षको वारेन्टी रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल भित्रियो नयाँ सेरेस ३, मूल्य कति ?

काठमाडौं । नेपालका लागि सेरेस इभीको आधिकारिक आयातकर्ता एमएडब्लु वृद्धि अटोकर्पले अत्याधुनिक फिचर र क्षमताको समीश्रण भएको इलेक्ट्रिक एसयुभी नयाँ सेरेस ३ सार्वजनिक गरेको छ । कम्पनीले एक विज्ञप्तिमार्फत नेपालमा नयाँ सेरेस ३ भित्र्याएको जानकारी दिएको हो । इलेक्ट्रिक एसयुभीको असीमित क्षमता दर्शाउन ‘लिमिटेडलेसनेस’ अर्थात ‘असीमितता’ ट्यागलाइन प्रयोग गरिएको यो एसयुभी सहरका चिल्ला सडकमा मात्र होइन असहज ग्रामिण भुगोलका लागि पनि उपयुक्त हुने कम्पनीले जनाएको छ । नयाँ सेरेस ३ लाई सेरेसका उपाध्यक्ष जो झोउ र एमएडब्लु वृद्धिका अध्यक्षा विष्णु कुमार अग्रवालको उपस्थितिमा काठमाडौंमा आयोजित भव्य कार्यक्रममा सार्वजनिक गरेका हुन् । कम्पनीका अनुसार एक्सटेरियरलाई व्यापक रिडिजाइन गरिएको सेरेस ३को अगाडिको बम्परमा परम्परागत लोगोलाई प्रतिस्थापन गरी आधुनिक लुक दिने उद्देश्यले पातलो तर स्पष्ट सेरेस लेखिएको छ । यसको भर्टिकल डेटाइम रनिंग लाइटले कारको सौन्दर्यलाई अझ बढाएको छ । ‘यसको स्टेरिंगमा नयाँ सेरेस लेखिएको जसले सेरेस ३ को इन्टेरियरलाई राम्रो बनाएको छ । क्याबिनमा प्रयोग भएको लक्जरियस डबल कुशन सिट, पर्याप्त लेग रुम र १०.२५ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टमले यात्रालाई अझ बढी शानदार र विलासिता दिनेछ’, कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पर्फमेन्स र सुविधिमा पनि सेरेस ३ निकै अगाडि छ । यसमा कम्फर्ट, स्पोर्ट र इको ड्राइभ मोडहरु छन् जसको मद्दतले चालकले आफ्नो ड्राइभिंग मोडअनुसार गाडि चलाउन सक्ने कम्पनीको दाबी छ । एड्भान्स्ड एडास फिचर, अफलाइन जीपीएस नेभिगेसन र युरोपेली मापदण्डको सेग्मेन्ट फस्र्ट ड्यास क्यामले सजिएको सेरेस ३ मा प्रविधि र सुरक्षाको उत्तम सम्मीश्रण रहेको छ । यसमा ६ वे इलेक्ट्रिकल्ली एड्जस्टेबल सिट छ जसले यात्रालाई आरामदायी बनाउँछ । साथै यसमा फराकिलो सनरुफ र ६ वटा एअरब्याग रहेको छ । अटो होल्ड, इबीडी, टीपीएमएस र इएसपीसहितको व्यापक सुरक्षा व्यवस्था गरिएको सेरेस ३ मा तपाईं निश्चिन्त यात्रा गर्न सक्ने कम्पनीको भनाई छ । सेरेस ३ कम्फर्ट र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ जसको मूल्य क्रमसः ४९ लाख ९९ हजार रुपैयाँ र ५२ लाख ९९ हजार रुपैयाँ रहेको छ । पर्फमेन्स, लक्जरी र प्रयाक्टिकेलिटीको अतुलनीय संयोजनले नेपाली ग्राहकलाई आकर्षित गर्ने विश्वास एमएडब्लु वृद्धिले लिएको छ ।

प्रिमियम इलेक्ट्रिक एसयूभी एलईभी ०१ नेपाल आउने

काठमाडौं । शंघाई लन्च अटोमोटिवको पहिलो प्रिमियम एसयूभी एलईभी ०१ को आधिकारिक बिक्रेतमा वेबोर ग्रुप अन्तर्गतको नेक्सन वेंचर्स प्रालि नियुक्त भएको छ । शंघाई लन्च अटोमोटिवले आफ्नो पहिलो राइट ह्याण्ड ड्राइभ मोडलको रुपमा तयार पारेको प्रीमियम एसयूभी एलईभी ०१ नेपालमा छिट्टै आउने कम्पनीले बताएको छ । कम्पनीका अनुसार प्योर ईवी प्लेटफार्ममा निर्मित प्रिमियम इलेक्ट्रिक एसयूभी एलईभी –०१ को लम्बाई ४६४० एमएम, चौडाई १८७० एमएम, उचाई १६५५ एमएम छ । यसको ह्वीलबेस २७६० एमएम छ । १९ इन्चको ह्वील रहेको एल ई भी –०१ को ग्राउण्ड क्लियरेन्स १९० एमएम छ । यसमा ६७.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री र ९९ किलोवाटको मोटर छ । यसले ५०० प्लस किलोमिटर रेञ्ज दिने कम्पनीको दाबी छ । डीसी फास्ट चार्जरको प्रयोग गरी यसलाई ३५ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने छ ।