अब बजाजका मोटरसाइकल किन्न नागरिकता भए पुग्ने, झन्झट हट्यो

काठमाडौं । बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड को प्रालिले अब बजाजका मोटरसाइकल नागरिकताको आधारमा मात्रै सरल फाइनान्स मार्फत खरिद गर्न सकिने स्कीम लिएर आएको छ । मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो फाइनान्स प्रकृयालाइ अझ सरल होस भनि आफ्ना ग्राहकहरुको लागि यो स्कीम ल्याएको कम्पनीले जनाएको छ । यसअघि मोटरसाइकल खरिद गर्दा घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आफ्नो आयस्रोतको सर्टिफिकेट लगायतका विभिन्न कागजात आवश्यकता पर्दथ्यो । यी झन्भटहरुलाइ हटाएर अब भने बजाजका ग्राहकहरुले यी कागजातको सट्टामा नागरिकता मात्रै लगेर सहजै बजाजका मोटरसाइकल फाइनान्स मार्फत किन्न सक्नेछन् । किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टा भित्रै लोन पास गरेर ९.९९ प्रतिशत प्रतिशत सुलभ ब्याजदरमै सरल फाइनान्स मार्फत यो सुविधा पाउन सक्नेछन् । यो स्कीम बजाजका देशभरका आधिकारिक शोरुमहरुमा उपलब्ध सबै मोडलहरुमा लागू हुने कम्पनीले जानकारी दिएको छ ।

सवारी पार्टपुर्जामा मनलाग्दी मूल्य, महँगीको मारमा उपभोक्ता

काठमाडाैं । गत साउनमा विशाल भण्डारी (नाम परिवर्तन) बजाजको एनएस १६० पल्सर मोटरसाइकलमा सामाखुसीदेखि ठमेलतिर जाँदै थिए । सोही क्रममा पछाडिबाट एउटा यूनिकन मोटरसाइकलले उनको मोटरसाइकललाई ठक्कर दियो । एनएसको फुटरेष्ट (मोटरसाइकलको पछाडि बस्ने यात्रुले खुट्टा अड्याउने पार्ट्स) भाँच्चियो । भण्डारीले सो फुटरेष्ट परिवर्तन गर्न नजिकैको वर्कसपमा गए । वर्कसप पसलको व्यापारीले त्यसको मूल्य १ हजार ५ सय रुपैयाँ भनेपछि भण्डारीले त्यहाँ फुटरेष्ट चेन्ज गरेनन् । भाँचिएको फुटरेष्ट भएको मोटरसाइकल दौडाउँदै उनी टेकु पुगे । टेकुमा रहेको एउटा पार्ट्स पसलमा गएर उनले फुटरेष्टको मूल्य सोधे । पसलका साहुले भने, ‘यसको मूल्य ८ सय रुपैयाँ पर्छ, ओरिजिनल सामान हो ।’ वर्कसपका साहुले भनेको भन्दा करिब आधा नै सस्तो पाउँदा भण्डारी खुसी भए । र, उनले अझै सस्तो पाइन्छ कि भनेर अर्काे दुइवटा पसलमा सोध्न थाले । पसलअनुसार सामानको मूल्य फरक-फरक सुनेपछि विशाल अचम्ममा परे । कुनै पसलेले ८ सय, कसैले ९ सय र कसैले एक हजार रुपैयाँ मूल्य भनेपछि उनी दोधारमा परे । कुन सक्कली र कुन नक्कली ? कुन किन्ने ? भन्नेमा उनी दोधारमा परे । दोधारका बीच भण्डारीले बुद्धनगरमा रहेको बजाजको आधिकारिक सर्भिस सेन्टरमा नै गएर त्यो पार्ट्स फेर्ने निधो गरे । सर्भिस सेन्टरले त्यसको मूल्य १२ सय भन्यो । सर्भिस सेन्टरको ओरिजिनल हुने भन्दै उनले १२ सयमा फुटरेष्ट फेरे । यसैगरी, दोलखाका केशव अधिकारी (नाम परिवर्तन)को यूनिकन मोटरसाइकललको ईन्धन ट्याङकीको ढकनी परिवर्तन गर्नु पर्ने अवस्था आयो । उनले बानेश्वरको एक वर्कसपमा गएर नयाँ ढकनीको मूल्य सोधे । पसलेले एक हजार रुपैयाँ लाग्ने बताए । अझै सस्तो पाइन्छ कि भनेर उनी टेकु पुगे । टेकुमा एक पसलमा सोधदा त्यसको मूल्य ९ सय रुपैयाँ भनेपछि अन्य पसलमा पनि उनी सोध्दै गए । एक पसलेले ७ सय भनेपछि उनले ७ सयमा नयाँ ढकनी जडान गरे । यसरी एउटै सामानको मूल्य ठाउँअनुसार फरक-फरक मूल्य बताएपछि अधिकारीले निकै झन्झट बेहोर्नुपर्‍यो । कुनै पसलेले ओरिजिनल हो भन्दै महँगो महँगो मूल्य भने पनि ओरिजिनल भएको प्रमाण कसैले दिन भने सकेनन् । भण्डारी र अधिकारीले पार्ट्सको मूल्य एउटै नभएका कारण र बजारमा डुब्लिकेट सामान पनि छ्यापछ्याप्ती भएका कारण धेरै हैरानी बेहोरे । भण्डारी र अधिकारी यस प्रकारको हैरानी बेहोर्ने एक उदाहरणमात्रै हुन् । बजारमा डुब्लिकेट पार्ट्स र स्पष्ट मूल्य नहुँदा यस प्रकारको हैरानी बेहोर्ने उपभोक्ताहरू प्रशस्तै रहेका छन् । यसरी उपभोक्ता ठगीमा परेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्त संरक्षण विभागमा उजुरी गर्ने उपभोक्ताको संख्या पनि धेरै छ । यसरी उपभोक्ताहरूको गुनासो आउन थालेपछि वाणिज्य विभागले अटोमोबाइल्स व्यवसायीसँग छलफल नै गर्‍यो । साथै, यस प्रकारको डुब्लिकेसनलाई कसरी समाधान गर्न सकिन्छ भनेर विभागले अटो व्यवसायहरूको छाता संगठन नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालसँग राय पनि माग्यो । गत शुक्रबार मसिंर १४ गते वाणिज्य विभाग, नाडाका पदाधिकारीहरू, पार्ट्स विक्रेता व्यवसायी, लुब्रिकेन्ट विक्रेता व्यवसायीबीच छलफल पनि भयो । विभागका निर्देशक डिकबहादुर कार्कीको अध्यक्षतामा सरोकारवाला निकायबीच छलफल भएको कार्कीले बताए । विभागका सूचना अधिकारीसमेत रहेका कार्कीका अनुसार शुक्रबार डुब्लिकेसनलगायत अन्य विभिन्न विषयमा छलफल भएको थियो । पार्ट्सको डुब्लिकेसनको समाधानका लागि भने नाडाले विभागलाई लिखित सुझाव दिएको कार्कीले जानकारी दिए । नाडाका अनुसार पार्ट्सहरू अत्यधिक सानासमेत हुने भएकाले यसमा मूल्य सूची टाँस्न सम्भव नभएको सुझाव विभागलाई दिइएको छ । यस्तै, एउटा सवारीसाधनमा १८ हजार प्रकारका स्पेयर पार्ट्सहरू लाग्ने भएकाले यसको मूल्य सूची टास्ने काम आंशिक रूपमा मात्र लागु गर्न सकिने नाडाको भनाइ छ । नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाले केही पार्ट्सहरू अत्यधिक साना भएकाले मूल्य टाँस्न सम्भव नरहेको बताए । उनले उपभोक्ता नठगिऊन् भनेर यसबारे के गर्न सकिन्छ, आफूहरूले सक्दो प्रयास गर्ने उल्लेख गर्दै सम्भव भएसम्म मूल्य सूची टाँस्ने बताए। मूल्य सूची टाँस्ने प्रक्रिया पनि खर्चिलो, झण्झटिलो भएकाले साना आयातकर्ताले सूची टाँस्न गाह्रो हुने उनको भनाइ छ । यस्तै, नाडाको जवाफअनुसार विभागले मूल्य (एमआरपी) टाँस्न नसकिने पार्ट्सहरूको लिष्ट माग गरेको सूचना अधिकारी कार्कीले जानकारी दिए । नाडाले साना स्पेयर पार्ट्सको लिष्ट दिएपछि विभाग कसरी अघि बढ्छ भन्ने प्रश्नमा उनले भने,  ‘अन्तर्राष्ट्रिय अभ्यास के छ त्यसको अध्ययन गरेर के गर्न सकिन्छ भन्ने विषयमा हामि छलफल गर्छौं ।’

बीएमडब्ल्यू एक्स ७ एक सातामै बिक्री, मूल्य ७ करोड

काठमाडौं । नेपालको सबैभन्दा महँगो लक्जरी गाडी बीएमडब्ल्यू एक्स ७ एक्सड्राइभ ४० आई बिक्री भएको छ । नेपालमा बीएमडब्ल्यू अटोमोबाइल्सका एकमात्र आधिकारिक आयातकर्ता र डिलर लक्ष्मी प्रिमियम मोटर्सले यो गाडी बिक्री गरेको हो । नेपाल भित्रिएको एक सातामै लक्जरी गाडी बिक्री भएको हो । यो गाडीको मूल्य ७ करोड नेपाली रहेको छ । अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन, सुरक्षा शक्ति र विलासी सुविधाले सुसज्जित यो गाडी अहिलेसम्मको सबैभन्दा महँगो लक्जरी गाडी हो । यस बिक्रीले नेपाली उपभोक्ताबीच प्रिमियम गाडीप्रतिको चासो र रुचिलाई प्रष्ट रूपमा उजागर गरेको छ । यो उपलब्धिले नेपाली बजारमा लक्जरी गाडीहरूको बढ्दो प्रभावलाई थप सशक्त बनाएको लक्ष्मी प्रिमियम मोटर्सले जनाएको छ ।