विकासन्युज

राष्ट्र बैंकले बुधबार दिउसो २ बजे मौद्रिक नीति सार्वजनिक गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार दिउसो २ बजे आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । केन्द्रीय बैंकले सरकारले लिएको ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पुरा गर्नका लागि लगानीयोग्य पुँजीको व्यवस्थापन, साढे ६ प्रतिशत मुद्रास्फिती कायम गर्ने र वित्तीय स्थायित्व कायम राख्ने गरी नयाँ नीति सार्वजनिक गर्दैछ । २ वर्षयता लगातार लगानीयोग्य पुँजीको अभाव देखिएकाले यसको व्यवस्थापन गर्न केन्द्रीय बैंकलाई चुनौति छ । अर्कोतर्फ शैक्षिक प्रमाणपत्र धितोममा राखेर कर्जा दिने नीति कार्यन्वयमा ल्याउनु पर्ने दायित्व केन्द्रीय बैंकको छ । संघ, प्रदेश र स्थानीय तहले आगामी वर्षका लागि बजेट सार्वजनिक गरिसकेका छन् ।

सूचिकृत कम्पनीमा जनशक्तिकाे दाेहाेराे भूमिका निषेध, सयाैं उच्चपदाधिकारीकाे जागिर जाेखिममा

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूचिकृत पब्लिक कम्पनीहरूमा जनशक्तिकाे दाेहाेराे भूमिका निषेध गर्ने भएकाे छ । बाेर्डले साउन १ गतेदेखि लागू गर्न लागेको सुचिकृत संगठित संस्थाको संस्थागत सुशासन सम्बन्धित निर्देशिका सूचिकृत कम्पनीकाे सञ्चालकहरू अरू कुनै पनि तलबी पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारी भइ काम गर्न नपाउने व्यवस्था गरिएकाे छ । हाल धेरै बैंकका उच्च तहका कर्मचारी बीमा कम्पनीकाे सञ्चालक तथा बीमा कम्पनीकाे उच्च तहका कर्मचारी बैंकमा सञ्चालक भएकाे पाइएकाेले त्यसलार्इ बाेर्डले अंकुश लगाएकाे हाे । तर सहायक कम्पनीकाे रूपमा स्थापित भएकाे कम्पनीमा माउ कम्पनीकाे प्रमुख कार्यकारी अधिकृतलार्इ सहायक कम्पनीकाे सञ्चालन बन्न बाटाे खुला राखिएकाे छ । यस व्यवस्थाले एउटै व्यवसायिक समूहद्वारा प्रवर्द्धित बैंक र बीमा कम्पनीमा दाेहाेराे भूमिकामा रहेका जनशक्तिलार्इ एकसराे भूमिकामा ल्याउने भएकाे छ । यसबाट पब्लिक कम्पनीकाे सयाै उच्च पदाधिकारीहरूकाे जागिर जाेखिममा परेकाे छ । यस्तै, कुनै पनि सुचिकृत कम्पनीमा कार्यकारी अध्यक्ष रहन नपाउने व्यवस्था गरिएकाे छ । याे व्यवस्थाले जलविद्धुत कम्पनी, हाेटल, उत्पादन मुलक तथा व्यापार समूहकाे कम्पनी, लघुवित्तहरूकाे उच्च व्यवस्थापनलार्इ प्रभावित पार्ने भएकाे छ । यस्तै कुनै एक सुचिकृत संस्थामा सञ्चालक रहेको व्यक्ति समान उद्देश्य भएको कम्पनीको सञ्चालक र जागिरे हुन नपाउने व्यवस्था गरेको बोर्डका सहायक प्रवत्ता निरञ्जय घिमिरेले बताए । उनका अनुसार कुनै पनि कम्पनीकाे अध्यक्षले सञ्चालक समितिको नेतृत्व गर्ने र प्रमुख कार्यकारीले संस्थाको व्यवस्थापकीय, प्रशासनिक र आर्थिक कारोबार गर्ने व्यवस्था गरिएकाे छ । त्यस्तै, कुनै पनि कम्पनीकाे सञ्चालक पद खाली भएकाे ३५ दिनभित्र बाँकी कार्यकालकाे लागि नियुक्त गर्नु पर्नेछ । त्यस्तै, हरेक कम्पनीमा परिपालन (कम्प्लाइन्स) अधिकृत राख्नु पर्ने नयाँ व्यवस्था गरिएकाे छ । सूचिकृत कम्पनीहरूले बस्तु तथा सेवा खरिद विधि बनाएर लागू गर्नु पर्ने भएकाे छ । नयाँ निर्देशिकाबारे बोर्डले मंगलबार आयोजना गरेको छलफलमा सरोकारवालाले यो व्यवहारिक नभएको भन्दै निर्देशिकामा भएकाे विभिन्न प्रावधान हटाउन माग गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल (ईपान) का उपाध्यक्ष कुमार पाण्डेले यस्तो व्यवस्थाले लगानीकर्तालाई हत्तोसाहित बनाउने बताएका छन् । अर्बौ रुपैयाँको कर्जा ग्यारेन्टी बसेको व्यक्ति सञ्चालक हुन नपाउने व्यवस्था व्यवहारिक नभएको बताउदै यसलाई हटाउन उनले माग गरे । उनले यो व्यवस्थाबाट जलविद्युत कम्पनीका ठूला लगानीकर्ता मारमा पर्ने बताए । सुचिकृत संगठित संस्थाको संस्थागत सुशासन सम्बन्धित निर्देशिका पूर्ण पाठ    

बेल्जियमलाई कसरी हराउनु पर्छ, त्यो मलाई राम्ररी थाहा छ: केलियन एम्बाप्पे

काठमाडौं । सनसनी पुर्ण अर्जेन्टिनालाई २ गोल गर्दै फ्रान्सलाई अघि बढाएका युवा स्ट्रार केलियन एम्बाप्पेले आफुले धेरै कुरा सिक्न बाँकी रहेको बताएका छन् । इंग्लिस अनलाइन गोल डटकमलाई अन्र्तवार्ता दिदैं एम्बाप्पेले भने-‘मैले खेलबाट धेरै कुरा सिक्नु पर्नेछ । म कति महत्वपुर्ण छु त्यो टिमले महसुस गर्दै आएको छ । आज म जिवनको सबैभन्दा ठूलो प्रतिस्पर्धामा उत्रिदैं छु, यसमा कसरी खेल्नु पर्छ त्यो मलाई राम्ररी थाहा छ । मलाई आशा छ सबै कुरा राम्रै हुनेछ ।’ सबैको आखा एम्बाप्पे माथि ऐम्बाम्पे धेरै क्षमतावन युवा खेलाडी भएको बेल्जियमका डिफेन्डर नासिर चाड्लीले बताएका हुन् । उनी यस्ता खेलाडी हुन् जसलाई रोक्न धेरै गार्हो पर्नेछ । उनले यो उमेरमा यस्तो खेल देखाइरहेका छन् यो उमेरमा लियोनल मेसी पछि ऐम्बाप्पेले खेल देखाइरहेका छन् । एम्बाप्पेले सानो ठाउँबाटै बल खेलाउन सक्ने बालासी माटुडीले बताएका छन् । एम्बाप्पेकै समकक्षी समेत रहेका माटुडीले भने-‘उनी यति चलाख छन् कि कति बेला बल माग्ने कति बेला विपक्षीलाई मार्क गर्ने सबै चलाखीपन उनमा रहेको छ । उनले समग्र खेलको भावनालाई परिवर्तन गर्न सक्छन् ।’ एम्बाप्पेमा असिमित क्षमता रहेको फ्लोरिन थाउभानले बताएका छन् । फ्रान्सका खेलाडी समेत रहेका थाउभानले भने-‘उनको क्षमताले हाम्रा सर्मकलाई असिमित खुशि दिनेछ ।’ यसै गरी मिडफिल्ड ग्रीजम्यानले भने-‘पहिलो पटक देख्दैछु, म तिमीलाई हेर्छु मन पराउछु, अनि भन्छु कस्तो खेल देखाइदियौ बेइमान ?’ एम्बाप्पे सन् १९९८ देखि नकआउट चरणमा एकै खेलमा दुई गोल गर्ने पहिला खेलाडी हुन् । नेपाली समय अनुसार विश्वकप राती ११ बजेर ४५ मिनेटमा शुरु हुनेछ । फाइनल पुग्ने को दुई युरोपियन मुलक बेल्जियम र फ्रान्स एक अर्का विरुद्ध मैदान उत्रिदाँ खेल कस्को पक्षमा जान्छ यो सबैको चासोको विषय बनेको छ । दुबै देशका खेलाडीहरु उच्च फर्मममा रहेका छन् । गोलरक्षक तुलनात्मक रुपमा बेल्जियमका गोलकिप्पर निकोसल कोर्टियस् विश्वकपमा निकै सफल देखिएका छन् । निर्णायक मानिएको ब्राजिलसँगको खेलमा उनले २७ पटकको प्रहारमा २६ पटक रोक्न सफल भएका थिए । डिफेन्स फ्रान्सका सामुयल उमटीटी र कान्टेलाई प्रमुख रुपमा डिफेन्डरको रुपमा हेरिएको छ । बेल्जियमका भिसेन्ट कम्पनीको आगमनले पनि फ्रान्सलाई थप चनौति थपिने छ । मिडफिल्ड फ्रान्सका ग्रीजम्यानले उरुग्वेलाई हराउदा मुख्य खेलाडी रहेका थिए । उनलाई थप साथ पाउल पोग्बाले दिनेछन् । उता बेल्जयका हाजार्ड र डि ब्रुनेको पनि जोडी चलिरहेको छ । स्ट्राइकर तुलनात्मक रुपमा फ्रेन्च स्ट्राइकर आक्रमक रहेका छन् । ओलिभर जिरोड, एम्बाप्पे, डेम्बेले र ग्रीजम्यानको आक्रमण रोक्न बेल्यिमलाई हम्मेहम्मे पर्नेछ । बेल्जियमले आफ्ना भएका सबै स्ट्रार खेलाडीहरुलाई एकै पटक मैदान उतारी रहेको छ । यसले बेल्जियमलाई थप चुनौती थपिनेछ । यरो कपको फाइनलको अनुभव लिएको फ्रान्ससँग बेल्जियम गर या मरको स्थितिमा मैदानमा उत्रिनेछ । फ्रान्सले बल पोजिसन राम्रो बनाएको खण्डमा बेल्जियमलाई काउन्टर आक्रमण गर्न सजिलो हुनेछ । यदि बेल्जियमका गोलपिरकप्परले उत्कृष्ट प्रर्दशन गर्न नसकेको खण्डमा फ्रान्सले सहज जित निकाल्नेछ ।

१४.२९ हेक्टरकाे क्षेत्रफलमा सूर्यविनायकमा चिडियाखाना बन्दै, ठूला जनावरलाई सहज हुने

ललितपुर । सदर चिडियाखाना केही वर्षमा सूर्यविनायकमा विस्तार गर्नका लागि तयारी थालेको छ । अहिले जावलाखेलको सानो क्षेत्रमा रहेको चिडियाखाना यहाँसँगै सूर्यविनायकको ठूलो क्षेत्रफलमा पनि फैलने सदर चिडियाखानाले जनाएको छ । सूर्यविनायक जङ्गलमा प्राणी उद्यान केन्द्रका रुपमा राखिने सदर चिडियाखानाका प्रमुख चीरञ्जीवी पोखरेलले बताए । जावलाखेलमा भन्दा सूर्यविनायकको जग्गा क्षेत्रफलका हिसाबले ठूलो छ । यहाँ चिडियाखाना ६ हेक्टर रहेको छ भने सूर्यविनायकमा १४.२९ हेक्टरमा जनावरलाई राखिनेछ । उनी भन्छन्, “यहाँ जनावरलाई विभिन्न खोरभित्र राखिने गरिएकामा सूर्यविनायकमा खुल्ला हुनेछ ।” क्षेत्रफल ठूलो हुँदा ठूला जनावरलाई सहज हुने उनले बताए । यहाँ सानो क्षेत्रफलमा व्यवस्थापन गरेर जनावरलाई राखिएको छ । उनी भन्छन्, “हामीले प्राणी उद्यान केन्द्र अन्तर्राष्ट्रिय स्तरको बनाउन लागेका छौँ ।” सूर्यविनायकमा अहिले विभिन्न किसिमका भौतिक पूर्वाधार निर्माणको काम भएको छ । सूर्यविनायकमा चिडियाखाना विस्तारको काममा प्राविधिक रुपमा प्रकृति संरक्षण कोषले गरिरहेको छ । कोषले झण्डै २२ वर्षपहिले देखि सदर चिडियाखानाको व्यवस्थापन गर्दै आएको छ । नेपाल सरकार र कोषका बीचमा ३० वर्षसम्म कोषले व्यवस्थापन गर्ने सम्झौता भएको थियो । चिडियाखानाको स्थापना १९८९ सालमा भएको थियो । चिडियाखानामा वार्षिक झण्डै ११ लाख आगन्तुक आइरहेका छन् । १२४ प्रजातिका ८३७ वटा जनावर यहाँ रहेका छन् । रासस

एनआईसी एशिया बैंकको २ नयाँ शाखा डडेल्धुरा र डोटीमा

काठामाडौं । एनआईसी एशिया बैंकको २ नयाँ शाखा डडेल्धुरा र डोटीमा विस्तार गरेको छ । बैंकले मंगलबार डडेल्धुराको अमरगढी र डोटीको दिपायल सिलगढी कार्यालयदेखि कारोबार शुरु गरेको हो । डडेल्धुरा शाखाको उद्घाटन अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझा र डोटीको शाखाको उद्घाटन दिपायल सिलगढी नगरपालिकाका मेयर मञ्जु मलासीले गरेका हुन् । बैंकले २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

वृज सिमेन्टका ब्राण्ड एम्बेसडर श्रेष्ठद्धारा बनेपाको स्कुललाई फुटबल सामाग्री हस्तान्तरण

काठमाडौं । राष्ट्रिय फुटबल टिमका युवा खेलाडी नवयुग श्रेष्ठले बनेपा–८ काभ्रेमा अवस्थित शिक्षा सदन माध्यमिक विद्यालयलाई फुटबल सामाग्री हस्तान्तरण गरेका छन् । श्रेष्ठले पुष्पतारा केडिया सेवा संस्थाद्धारा आयोजित एवं वृज सिमेन्ट इण्डष्ट्रिज प्रा. लि. द्धारा प्रायोजन गरिएको फुटबल सामाग्री वितरण कार्यक्रमबीच उक्त सामाग्री विद्यालयलाई हस्तान्तरण गरेका हुन् । नवयुग श्रेष्ठ वृज सुपर प्रिमियिम ओपिसी सिमेन्टको ब्राण्ड एम्बेसडरको रुपमा विगत एक बर्षदेखि आवद्ध छन् । यस विद्यालयका प्रधानाध्यापक पुकार कर्णजितले विद्यार्थीहरुको चौतर्फी विकासको लागि शिक्षाको साथसाथ सहक्रियाकलाप अझ खेलकुद महत्वपुर्ण विषय रहेकाे बताएका छन् । साथै, उनले यस सार्वजनिक विद्यालयलाई फुटवल सामाग्री प्रदान गरेकोमा वृज सिमेन्टलाई धन्यवाद दिएका छन् । उनले निजी क्षेत्रबाट यस किसिमको सहयोगले आम खेलकुदमा लाग्ने युवाहरुलाई हौसला प्रदान हुने तथा उनीहरुले आफनो खेललाई अझ राम्रो तरिकाले प्रर्दशन गर्न सक्ने बताएका छन् । भविष्य कर्णधार साना साना प्रशिक्षण लिइरहेका खेलाडी भाईबहिनीहरुलाई यो सामाग्री अत्यन्तै प्रभावकारी हुने उनले बताए । यसका साथसाथै वृज सिमेन्टका काभ्रे जिल्लाका आधिकारिक बिक्रेताहरुको उपस्थिति समेत रहेको थियो । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत वृज सिमेन्ट इण्डष्ट्रिजले पहिलो चरणमा बनेपाको यस सार्वजनिक विद्यालयलाई छनौट गरिएको सिनियर ब्राण्ड मेनेजर अमित श्रेष्ठले बताए । आगामी दिनहरुमा पनि यो फुटबल सामाग्री वितरण कार्यक्रम देशका अन्य क्षेत्रहरुमा कार्यन्वयन गर्ने उनले बताए ।

मध्य भोटेकोसी जलविद्युतले १ अर्ब ४४ करोडको आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन

काठमाडौं । मध्य भोटेकोसी जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले कर्मचारी संचय कोषका संचयकर्ता, प्रवद्र्धक कम्पनीका कर्मचारी र ऋण लगानीकर्ता संस्थाका कर्मचारीलाई १ अर्ब ४४ करोड रुपैयाँ बराबरको १ करोड ४४ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले २ अर्ब ९४ करोड रुपैयाँ बराबरको २ करोड ९४ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएपनि पहिलो चरणमा संचय कोषका संचयकर्ता, प्रवद्र्धक कम्पनीका कर्मचारी र ऋण लगानीकर्ता संस्थाका कर्मचारीलाई बिक्री गर्न लागेको हो । १० प्रतिशत आयोजना प्रभावित स्थानीय बासिन्दा र १५ प्रतिशत सर्वसाधारणलाई निष्कासन गर्ने छ । प्रथम चरणमा संचय कोषका संचयकर्ताका लागि १९.५ प्रतिशतले हुन आउने १ अर्ब १७ करोड रुपैयाँ बराबरको १ करोड १७ लाख कित्ता सेयर निष्कासन गर्ने छ । यस्तै संस्थापक सेयरधनी संस्थाका कर्मचारीका लागि साढे ३ प्रतिशतले हुन आउने २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता शेयर र ऋणदाता संस्थाका कर्मचारीका लागि १ प्रतिशतले हुन आउने ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । यस्तै दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानिय बासिन्दाका लागि १० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर तथा तेस्रो चरणमा सर्वसाधारण तथा कम्पनीका कर्मचारीलाई १५ प्रतिशतले हुन आउने ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता सेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्नको लागि सम्झौता भएको भोटेकोसीले जनाएको छ । भोटेकोसीले आईपीओ निष्कासन गर्न ग्लोबल आइएमई क्यापीटल लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, सिभिल क्यापिटल मार्केट लिमिटेड, एस क्यापिटल लिमिटेड, सिबिआईएल क्यापिटल लिमिटेड, सानिमा क्यापिटल लिमिटेड. र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडसँग संयुक्त निष्काशन तथा बिक्री प्रबन्ध नियुक्त गरेको छ । छैठौ वार्षिक साधारणसभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गरेपछि आईपीओ निष्कासनको बाटो खुला भएको हो । कुल पुँजीको ४९ प्रतिशत सर्वसाधारणको लगानी हुने छ । ५१ प्रतिशत संस्थापक स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । कम्पनीले सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजना आउँदो ३ वर्षमा सम्पन्न हुने छ । नेपाल विद्युत प्राधिकरण, चिलिमे हाइड्रोपावर लिमिटेड र सर्वसाधारणको लगानीमा निर्माण शुरु भएको आयोजना आँउदो सन् २०१९ को जुन ३० मा सम्पन्न हुने गरी ९ अर्ब रुपैयाँ अनुमानित लागतमा शुरु भएको आयोजनाको काम जुरेपहिरो, भूकम्प र सीमा नाकावन्दीले गर्दा ढिलाइ भएपछि लागत बढेर १२ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । ३४ मेगावाट क्षमताका ३ वटा युनिटबाट वार्षिक ५४ करोड २२ लाख युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ । नदीको बहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिको आयोजनाको कुल हेड २३५ मिटर छ ।